• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १२७२ - ज्यान

साल: २०११ महिना: चैत्र फैसला मिति :2011/12/31 ७९

अभिलेख दर्ता नं १२७२

२०११ सालको मि.नं

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्‍च

फौ.दा.नं.१७५

मुद्दा ज्यां


वादी वद्री नारायणको जाहेरीले सरकार

प्र. विराटनगर प्रगंन्‍ना बरीयानी मौजे परासीगछ पुलीस डामी वस्ने वद्री नारायण कान कुवज वाहुं-


 

इजलास

श्रीमाननीय प्रधान न्यायाधिस हरिप्रसाद प्रंधान एमए विएल्

फैसला

            यस्मा ०७ साल भाद्र ३० गते वेलुका श्र्वास्नी विष्नुमाया घरमा नदेखी खोजी गर्दा वस्नी माझी थारुको पटुवा वारीमा देखी हपकाउन पीठीउमा मामुली १ लात हानेको सोही चोटले २ घंटा पछी भवीतव्यवाट मरेकीले अैं सवाल वमोजीं होस भंने वद्री नारायण वाहुंको दर्खास्त वयां रहेछ ।

     वुझीय सम्मवाट वद्री नारायेणका चोटले भवीतव्य भै वीस्नु माया मरेको हुदा ज्यां संबंधीका ११ नं ले वद्री नारायेणलाई २ वर्ष कैद गर्ने ठहराई ०८।५।४ मा वीराटनगर अमीनीले जाहेरी फैसला गरेको रहेछ ।

     कुटीमारेमा वद्री नारायण सावीत हुदा दामल हुने घटी सजाये लाई तजवीज भनी राये स्मेत लगाइ १०।३।२३ मा वीराटनगर अपीलले जाहेर गरेको रहेछ ।

     ज्यां संवंधीका ३३ नं वमोजीं वद्री नारायणलाई ६ मैन्हा देखी ३ वर्ष सम्म कैद नीकासा भए वमोजीं गर्ने गलती गरेमा अपील अमीनीलाइ रु १।१ का दर्ले जरीवाना गर्ने ठहराइ ११।९।६ मा सदर अमिनी गोश्र्वाराले जाहेर गरेको रहेछ ।

     साधकद्वारा पेस हुन आएको वुझ्दा मर्ने विस्नुमाया वद्री नारायेणको श्र्वास्नी देखिएको नीजहरुको रीस इवी परेको  मीसील व्यहोरावाट नदेखिएको आफ्नी श्र्वास्नीलाइ मार्नुपर्ने अवस्था वद्री नारायेलाई परेको कुनै कारण नदेखियेको भै हपकाउन सम्म १ लाती कुटेकोवाट भर्न गएको सो कुरा नीजै वद्री नारायेणले नै जाहेरी गरेको आफुले कर्तव्य गरी मारेको भए अडामा आफै आइ जाहेर गर्न पनी असंभवै हुदा ज्यां संवंधीका ३३ नं वमोजीं सजाञे नीकासालाई जाहेर गरेको इन्साफ सदर अमीनी गोश्र्वाराको मुनासीव नीज वद्री नारायेण कान कुवडा वाहुंके ज्यां संवंधीका ३३ नं वमोजीं कैद वर्ष २ दुई हुन्छ वेरुजु हुदा असुल गर्न तहसीलमा लगत दी मीसील जील्ला अमीनीमा पठाइ दीनु ।

 

                                   हरिप्रसाद

                                प्रधान न्यायाधीश

फाट वी दुर्गा प्रसाद

इति संवत २०११ साल चैत्र ३१  गते  रोज ४ सुभं

 

 

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563