• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १२७३ - थुनुवा भागे

साल: २०११ महिना: चैत्र फैसला मिति :2011/12/31 ८१

अभिलेख दर्ता नं १२७३

२०११ सालको मि.नं

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्‍च

फौ.सा.नं. ७९

मुदा थुनूवा भागे

 


वादी सु हुकुं सीं को रिपोट

प्रतेवादी सी सेरवहादुर घले हनुमाननगर अमीनी तहसील


इजलास

श्रीमाननीय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम.ए.बि.एल.

 

फैसला

            यस्मा ०९ साल जेष्ट ५ गते रात सी सेर वहादुरका पालावाट १।।। वजे कैदी थुनूवा ज्वां ६ भागे भंने सु हुकुं सीं को रीपोट रहेछ ।

     मेरा पालावाट कैदी थुनूवा भागेको छैन भंने स्मेत सी सेरवहादुरको वयां रहेछ ।

     वुझीए सम्मवाट सी सेर वहादुरका पालावाट कैदी थुनूवा भागेको ठहरछ सेर वहादुर श्रीलाललाई खोर झेलखानाका ७६ नं ले कंरु २०।२० का दरले जरीवाना गर्ने ठहराइ १०।३।३२ मा सप्तरी अपीलले जाहेर गरेको रहेछ ।

     सी सेर वहादुरलाइ खोर झेलखानाका ६५ नं ले कंरु २० डंड हुनेमा अपीलवाट भैसकेको हुदा जागीरवाट वर्षास्त गर्नु पर्ने र अरु अपीलको इन्साफ मुनासीवै ठहराइ ११।२।३१ मा सदर अमीनी गोश्र्वाराले जाहेरी फैसला गरेको रहेछ ।

     साधकद्वारा पेस हुन आएको पेस भयो इन्साफ सदर अमीनी गोश्र्वाराले ठहराइ जाहेर गरेको मुनासीव सी सेर वहादुरलाइ खोर झेलखानाका ६४ नं ले डंड कंरु २० हुनेमा सप्तरी अपीलवाट गरी सकेकै हुदा श्र्व खोर झेलखानाका ६४ नं वमोजीं जागीरवाट वर्षास्त गर्नु भनी यो मीसील जील्ला पठाउन सदर अमीनी गोश्र्वारामा पठाई दीनु नलागने खोर झेलखानाको ६५ नं लगाएमा सदर अमीनी गोश्र्वारालाई केही गर्नु पर्दैन ।

   

                                प्रधान न्यायाधीश

दुर्गा प्रसाद फावी

संम्वत २०११ साल चैत्र ३१ गते  रोज ४ सुभं-

 

 

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563