निर्णय नं. २४ - जगाबालि
अभिलेख दर्ता नं.२४/20०९
संवत् २००९ को दे/फौ.पु./रीट नं.३८/५१
नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च
कोर्ट फी अपिल नं.५१
अपीलाट वादी : काइ मच्छिन्द्र वहाल बस्ने हर्ष बज्र साक्यभिक्ष्सू -१
ऐ.ऐ.बस्ने गजरत्न ऐ १ ऐ.ऐ. बस्ने हिरारत्न ऐ १
विपक्ष : प्रतिवादी काइ धर्मथलि पुसल वस्ने एकमर्दन बस्नेत क्षत्री १ ऐ.ऐ चोगाउ किसी डोल बस्ने हर्षबहादुर भन्ने हस्तबहादुर नगरकोटी १
मुद्दा : जगाबालि
इजलास
श्रीमाननिय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान एम.ए.विएल
श्रीमाननिय न्यायाधीश महेन्द्र बहादुर महत क्षत्री --१
फैसला
एस्मा हाम्रो गुठी विर्ता रोपनि २ को सरूवा चामल मुरि १। का दर्ले ०४।०५।०६ साल २ को वालि प्र. यक मर्दनले दियन दिलाइ जग्गास्मेत पजनि गरी पाउ भन्ने स्मेत वादी रहेछ ।
प्रतिवादी यक मर्दनले तामेल भयको २००७।४।१५।१ को इतलायनामाको म्यादै गुजारी बसेकाले वादीको दाविबमोजिम वालि विगो भराइ जग्गास्मेत पजनि गर्न पाउने ठहराइ सुरू रा.का.देवानी पैला फाटले ०७।७।२७।१ मा फैश्ला गरेको रहेछ ।
०४।०५ सालको वालि पालो वाला गुठीयारहरूलाइ बुझाइ ०६ सालदेखीको वालिलाई हर्षवहानुरलाई रजिष्ट्रेसन पास गरी वन्धक दिएको हुदा वालि वाकी छैन भन्ने स्मेत यकमर्दनको प्रतिवादी सर्हको अपिल रहेछ ।
०६ सालदेखीको वालिलाइ यकमर्दनसंग मैले भोग वन्धकमा लिएको हुनाले ०६ सालको वालि पालो वाला वादी हर्षवज्रलाइ वुझाइ दिएको छु वालि वाकी छैन भन्नेस्मेत पेत वोलिबाट बुझियको हर्ष वहादुर भन्ने हस्त वहादुरको वयान रहेछ ।
वादीहरूलाइ वालि वुझायेको निस्सा सवुद नआएवाट वालि वाकी राखेको ठहर्छ पजनि गर्नेतर्फ यकमर्दनसँग २ सालको वालि वाकी र वन्धकी साहु संग १ सालको वाकी देखीएको वालि वाकीमा वाकी वाला खैजनाका नाउमा नालेस नपरेकाले पजनि गर्न नहुने ठहराई अपिल पैला फाटले २००९।१।९।३ मा फैस्ला गरेको रहेछ ।
जग्गा पजनि हुनै पर्ने हो भन्ने अपिल जिकीर भएकाले छलफलमा निकायका प्रतिवादी इकमर्दनको वारेस नीर मर्दन र प्र हर्षवहादुर र अपिलाटहरूको वारेस टलकवहादुरस्मेतलाइ राखी बुझ्दा सो वाकी वालि तिर्न वुझाउन वन्धकी साहु हर्षवहादुर भन्ने हस्तवहादुरस्मेत मञ्जुर भएको र साहुका नाउमा नालेस परेको रहेनछ यो वाकी वालिमा नालेस नपर्दै जग्गा यकमर्दनले हस्त वहानुरलाइ वन्धकी दिसकेपछि यक मर्दनका नाउमा परेका नालेसवाट उजूरै नपरेका साहु हस्तवहानुरको वन्धकी हक भएको जग्गा पजनी गर्न पाउने गर्दा वेरित अन्याय पर्ने हुनाले नालेस परेको वालि भराइदिने गरी सकेको इन्साफ अपिलको मुनासीव । आइन्दा याम टायेममै वालि वुझाइ रसिद लिनु दिनु याम मा नवुझाये अै वमोजिम जग्गा पजनि हुनेछ भनि मोहीलाइ र अपिलाटको वारेस टलक वहानुरलाइ स्मेत सुनाइ दिनु । कोर्ट फीरादवी दोश्रो अपिल गरेको हुदा अपिलाटहरूलाइ केही गर्न नपर्ने हुदा मिसिल मिसील फाटमा वुझाइदिनु ।
महेन्द्रबहादुर हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इति सम्बत् २००९ साल फाल्गुन ६ गते रोज ३ शुभं ।