• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १२७५ - ज्यान

साल: २०११ महिना: चैत्र फैसला मिति :2011/12/31 ८२

अभिलेख दर्ता नं १२७५

२०११ सालको मि.नं

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्‍च

फौ.सा.नं १३९

मुदा ज्यां


वादी पाल्पाअमलावास वस्ने मु धनवीर वगाले मगर

पाल्पा मुझुं मध्ये छेउकाङ वस्ने जीवला भडारी जैसी स्मेत


इजलास

श्रीमाननिय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम.ए.वि.एल

फैसला

            यस्मा लछीमन पाडे जैसीको हरुवा नाउ नजानेको मगर १०।७।२९ करतव्यवाट मरेको रहेछ लछीमं उपर संका लाग्छ भंने स्मेत धनविरको जाहेरी रहेछ ।

     निज मर्ने मगरलाई लछमंले ढुंगा र हसीयाले हानी मारेपछी लास गाडन मदत गरेको हुं भन्‍ने जीवलाल भडारी जैसीको वयां भएको रहेछ ।

     वुझीयेसम्मवाट लछीमंले म्यादै गुजारेकोले मुलतवि राखने र जीवलाल लाई ज्यान संवंधीका ३१ नं का ३ दफा वमोजीं ६ मैन्हा देखि ३ वर्षसम्म नीकासा भए वमोजीं गर्ने ठहराई १०।९।१५ मा पाल्पा अदालतबाट जाहेरी फैसला गरेको रहेछ ।

     इन्साफ पाल्पा अपिलको सदर गरी ११।४।२७ मा पालपा अपीलले जाहेरी फैसला गरेको रहेछ ।

     साधकद्वारा पेस हुन आएको पेस भयो पालपा अदालतको इन्साफ सदर गरी जाहेर गरेको पाल्पा अपिलको इन्साफ मनासीव जीवलाल भडारी जैसीलाई ज्या सम्वन्धीका ३३ नं ले कैद वर्ष २ गर्नु भनी यो मीसील पाल्पा अदालतमा पठाउन पाल्पा अपीलमा पठाइ दीनु

                                  हरिप्रसाद

                                प्रधान न्यायाधीस

दुर्गा प्रसाद फा वि

संवत २०११ साल चैत्र ३१ गते  रोज ४ सुभंम् -

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563