निर्णय नं. १२७६ - ज्यान
अभिलेख दर्ता नं १२७६
२०११ सालको मि.नं
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
सा.नं.१९७
मुदा ज्यां
वादी जील्लै डोटी वोगटान कोटे गाउ वस्ने नरमता छेत्र्यानी
प्रतेवादी डोटी उपल्लो वोगटान गर्खा कोटे गाउ वस्ने धर्मी वोरा छेत्रीनी -१ ऐ वस्ने काले वोहरा छेत्री १
ऐ वस्ने धौली छेत्र्यानी १
इजलास
श्रीमाननीय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम ए वि एल
फैसला
यस्मा लोगने चनुवा वोहराको स्वास्नी भै पछी ल्याइता ल्यायेको धर्मी पछी काले छोरा स्मेत भै छुटी भैसी गोठ वंडालामा गएकी माघ २२ गते लोगने भरे आउछु भनी गै नआएवाट २३ गते सो घरमा जादा मजेरीमा लोग्ने लडी रहेको र रगत ज्मेको घाउ स्मेत भएको सौता र छोरा काले स्मेत घरमा नभएकोले नीजैहरु उपर कर्तव्यमा संका लाग्छ भंने स्मेत नरपता छेत्र्यानीको वादी रहेछ ।
अंसको कुरामा झगडा भएको छैन सो रात ढोका लाउन वीर्सेछु लोगने आई दाया पाखुरामा समाती अगालो हालेकाले को हो भंदा वोलेन र अगेनानेर दाउरा हो भनी समाइ हान्दा वंचरो रहेछ पैले तालुमा अनी दाया हात अनी छाती अनी वाया हातमा हानेको तेश्रो चोट हान्दा वा भनी करायेवाट लोगने रहेछ भनी चीने तापनी जो हुने भैसक्यो भनी १ चोट हानी मारेको हुं अरु कसैको मदत सल्लाह थीएन भंने स्मेत धर्मी वोरा छेत्र्यानीको वयां ।
वावु करायेवाट तल आइ हेर्दा वावुको हातमा नांगो खुकुरी १ र १ हातमा वास लीएका रहेछन अगेनानेर लडी रहेको देखेको हुं आमाले भनेवाट भागेको भंने स्मेत काले बोहराको वयां रहेछ ।
मैले मारे भाग भनी सासुले भनेवाट भागेको भंने स्मेत धौली स्मेतको वयां रहेछ ।
वुझीये संमवाट धर्मीलाई कैद १२। र कालेलाई कैद वर्ष ६ धौली लाई ६ मैन्हा देखी ३ वर्ष संम तजवीजवाट तोकेको सजाये गर्ने ठहराइ १०।१०।५।२ मा डोटी मोहडा अदालतले जाहेरी फैसला गरेको रहेछ ।
सुरुले गर्ने गरेक मुनासीव ठहराइ ११।९।२३।६ मा डोटी अपीलले जाहेर गरेको रहेछ।
साधकद्वारा पेस हुन आएको वुझदा चनु वोहरालाई मारेमा धर्मि सावीतै भएकीले अरु संखा लीनु नपरी सुरु डोटी मोहडा अदालतको इन्साफ सदर ठहराइ डोटी अपीलले जाहेर गरेको इन्साफ सजाये मुनासीवै छ धौलीका हकमा सजायेलाइ नीकासा भागेकोमा ज्यां संवंधीका ३१ नं को ३ दफाले कैद वर्ष ३। तीं हुनेमा श्र्वास्नी मानीस हुदा डंड सजायेको २ नं ले तेस्को आधी कैद वर्ष १।६ हुनेमा नीज पुरपछेलाई थुनीयेको मीतीले कैद कट्टी भै सकेकोले छाडी दी तोकी नआएसंम तारेषमा राखी डोटी अपीलले जाहेर गरेको देखीदा नीजको तारेख टुटाई अैं सवाल वमोजीं गर्नु भनी मीसील डोटी अपीलमा पठाइ दीनु ।
हरि प्रसाद
प्रधान न्यायाधीश
फाट वि. दुर्गा प्रसाद
संवत २०११ साल चैत्र ३१ गते रोज ४ सुभं-----------------------------------