निर्णय नं. १२७७ - जग्गा
अभिलेख दर्ता नं १२७७
२०११ सालको मि.नं
प्रधान न्यायालय सिङ्गल वेंच
प्र दे अ नं ८३४
मुद्दा: जगा
अपिलाट प्रतेवादी लछु साही जुम्ला वार वीस दरा चौकी गाउ
वीपक्ष वादी प्रदीप शाही १ प्रशु शाही स्मेत जम्ला वारवीस दरा चौकीगाउ
मुद्दा: जगा
इजलास
श्रीमाननीय न्यायाधीश भैरबराज पंतउपाध्याय
फैसला
येस्मा म घर नभएको मौका ९६ साल्मा दाखेल खारेज नाउसारी गर्न जुम्ला मालवाट डोर खटी गै मेरो घर धानी वसेको सार्कु शाहीले मेरो स्वास्नीद्याई फकाइ आफु मख्य मेरो हक्को खेत मुरी ।१८।२।४ मध्ये खेत मुरी ।१४।१५ आफ्ना नाउमा र खेत मुरी ।३।५ म प्रशुका नाउमा राखन पठायछ म पनी गोठमा वसेको गोठैमा वेरामी हुदा थाहा नभयेको म प्रदिप नभयको मौका स्वास्नी छोरा मरेछन् स्व मौकावाट सार्कुले धनमाल हिनामीना गरेको थाहा पाइ धंमाल तालुकदारले आफ्नो जिम्मा राखेको र खेत पाखा म प्रशु जीम्मा लि दावी गर्न नदी मैले भोग तीरो गरी रहेको ३x४ वर्ष पछि म प्रदिप घर आई प्रशुसाथ खती उपती मिलाई संगै वसेको ४x५ वर्ष पछि सार्कुले स्व खेत मुरी ।१८।२।४ को धान कोदो मासको वाली लुटी लीय वीगो भराइ पाउ भंने हामी दुवैका नाउमा नालेस गरेको हाम्रो प्रतेवादी परेपछि उजुर खारेज भै जीतेको स्व जगाको तीरोभरो हामीले गरी रसीद अधकट्टी हाम्रो नाउमा भयको स्व जगामा दावी पुर्याउनको मुराद ले धनरुप लछु चंद्र दत्त दलसुर धं जीत स्मेत मिली सार्कुलाइ गफमा ली नीजको नाउमा दाखेल खारेज लेखिएको मुरी ।१४।१५ राजीनामा दियको छ भनी स्व खेत र चरंगे पाखा जगामा स्मेत जवरजस्ती दाव खिचोला गर्दा ०६ साल्मा हाम्रो उजुर परी हाम्रो हक ठहरी ९७ साल श्रावण ६ गते जम्ला अदालतवाट फैसला भै लछुको अपिलै नपरी अरुको अपिल परेमा राय वाझी भै फैसला भयकोमा सदरवाट मिसील आइ नपुगेको मौका देखि नीज सार्कुले आफ्ना नाउमा दाखेल खारेज भयेको खेत पाखो जगा सार्कु र तालुकदारको भीत्री मदत्त ली नीझ २ वाहेक अन्यायवालाले स्व अघी प्रमाण दियको मिसील क्रान्तीमा पोलीयको देखी ०९ मार्ग ७ गते देखी ऐ १४ तक हाम्रो चलं हटकी वाली लगाइ किचोला गरेको पहाडको जगा दशैको टीका देखी श्री पंचमी तक पर पजनी गरेको मात्र सदर हुने अघीपछि गरेको वदर हुने जगाको तीरो हामीले वुझाइ आयेको हुदा सजाय गरी जालसाजी लेखत वदर गरी दावी टुटाइ पाउ भंने स्मेत ०१०।१ वे गतको लछु साहीको फेराद ।
वुदी शाहीले आफ्ना मानीस सुरदल शाहीलाइ अंश दि राखेको सुरदलपछि सार्कु शाहि वावु मनहरी साहीले र वहापछि सार्कुले खाइ भोग गरी आयकोले ९६ साल्को दाखेल खारेजमा शार्कु साहीको नाउमा दाखेल खारेज भयेको हो सार्कुले तीरो नवुझाइ तीरो तालुकदारको थापलोमा परेकोले तालुकदारले म लछुका नाउमा धुरी पजनी गरी दिय वमोजीं ०४ साल देखि सार्कु दर्ताको जगा तीरो लछुले तीरी वुझाइ जगा सुपथ भोग चलंन गरी आयेको दाखेल खारेज हुदा स्मेत वादीवाला घरैमा भयेकोले अघी यो वादीसंग मुद्दा पर्दा सुरुवाट जीतेको म लछु वेरामी भै अपिल दिन नसकेको सार्कुको अपिलवाट इन्साफ जाँचीदा म लछुले जीती पाई स्व वहाली कायें भै सकेकोले स्व इन्साफ उपर अपिलै गर्न नसकी वसेकोमा स्व मिसील आंदोलनमा पोलीयो होला जे लेखेपनी हुन्छ भनी झुट्टा कुरा लेखेको हो वादी प्रदीप घर नभएको वखत धर्मपुत्र वस्छु भनेवाट सार्कुका नाउमा दाखेल खारेज भयको हो स्व भयपछि धनमाल हिनामीना गर्न खोज्दा धंमाल मैले जीम्मा लि खेत पाखो जगा प्रशु जीम्मा दी चलं भोग गरी तीरो वुझायको हो लछुहरुले जालसाजी पजनी खडा गरी गरायको हो म मिलेको छैन भंने स्मेत ०१०।२।२८ को भद्रवीर स्मेत ६ जनाको यौटै प्रतेवादी ।
०६ साल्मा परेको मुद्दामा सुरुको इन्साफ उपर अपिल पर्दा डोटी अपिलका सुवा र बीचारीले लडुलाइ जीताइ असीष्टैटको राय फैसला भै ०७।९।२४ गते छीनीयको मिसील सामेल रहेको फैसला नकलवाट र माघ ७ गते राजनैतीक अंदोलन उठी मिसील कागज पोलीयको सो डोटी अपिलको हाकीं उपर अपिल उजुर गर्न नसकी चित्त वुझाइ वसेको भंने प्रतेवादी भै न्यायालय मुद्दा पुगी इन्साफ सदर भयको अपिल गरेको धरौट तारेखमा नीस्सा कुनै पनी वादीवाट पेश हुन नसकेको मिसील आयको नदेखियकोले मिसील क्रांतीमा परेको भंने प्रतेवादीको लेखाइ मुनासीव देखीयको इन्साफ लीनु पर्ने कलंमा ०८ साल्को पौष मसान्त सम्मका म्याद भीत्र राये जचायेको र उजुर परेको नदेखीयकोले अपिल्को हाकीं विचारीको इन्साफमा चीत्त वाइ वसेकोले मुद्दा खारेज हुने ठहराइ ०१०।३।६ मा जुम्ला अदालतवाट फैसला गरेको ।
२००७ श्रावण ६ गते फैसला भयको अपिलवाट हाकींले उल्टी गरी प्रतेवादीलाई जितायेको असीष्टैटले सुरु इन्साफ सदर गरी राय वाझी फैसला भयकोमा स्व इन्साफ उपर अपील परेको र इन्साफ जाँच भै टुंगो लागेको वादी प्रतादी दुवैथरवाट प्रमाण दाखिल हुन नआयको इन्साफ जाँच हुन नपाउदै क्रांतीमा मिसील पोलियको जांच नभै सदर नहुने भै यो उजुरीवाट इन्साफ गर्नु पर्ने सार्कुका हक्को भय दाखेल खारेज हुनु भंदाअगाडी साल सालको रसीद प्रतेवादीवाट दाखेल हुन पर्ने नभयको रीत पुर्वक पजनी पनी नभयको भै झगडा परेको जगाको वाली लुटी लगे भंने मुद्दा दियको स्व मुद्दामा जगा तर्फ स्मेत उजुर परेको वखत ठहरे वमोजीं हुने भनी ०३।४।१० मा अदालतवाट फैसला भय उपर प्रतेवादीहरुले उजुर गर्न नसकेको हुनाले स्मेत वादीहरुका खेत पाखा जगालाइ ९६ सालको दाखामा नाउसारी स्मेत गरेको भनी प्रतेवादीहरुले जगामा खिचोलला गरेको स्मेत ठहराइ ०१०।५।५।६ मा सल्यान अपिलवाट फैसला गरेकोमा ।
स्व इन्साफमा चीत्त वुझेन भंने स्मेत लछु साहीको अपिल जिकीर स्मेत वुझ्दा अघी इनै वादी र सार्कु शाहीहरुको येही झगडा परेको जगाको वाली लुटेभंने सार्कुको नालेस परेकोमा जगा तर्फ स्मेत दावा ली उजुर गरेमा इन्साफ हुने भनी ०३।४।१० मा फैसला भयपछि सार्कुले अर्को उजुर गरेको नदेखीयको ०४ साल्को पजनीवाट पायेको भंने प्रतेवादीको जिकीर छ ता पनी ०४ सालको चलानी पुर्जी पेश गर्न पनी नसकेको र अैं सवालको रीत पुर्वकको पजनी पनी नभै ०९ सालको तीरो वुझेको रसीदमा सम्म पजनीवाट सार्कुको छुटी खाने लछु भनी वेमतलव संग झगडा पार्ने हिसावसंगवाट लेखियकोले स्मेत सल्ल्यान अपिलको इन्साफ मुनासीव छ इन्साफ पारी छींने हाकिंहरु उपर अपिल गरेमा प्रतेवादी लछु साहीके सुरु डंड रु ।८३ पैशाको पहीला अपिल हुदा हाकींका नाउमा कराउनेको १० नं ले सैक्रा १० ले रु ।९ पैशा डंड हुनेमा नीज लछु साहीले सल्ल्याण अपिल मार्फत अपिल दर्ता गर्दा रु ।४ पैसा मात्र धरौट राखी ०१०।६।२० मा अपील दर्ता गरेको देखीयको हुनाले नपुग रु ।५ पैसा असुल गरी धरौटी स्मेत सदर स्याहा गर्नु भनी सल्ल्यान अपिल मार्फत जुम्ला अदालतलाई पुर्जी गर्न लगत दीने मुदा छीनीयको जनाउ अपिलाट लछु साहीलाई स्मेत दी मिसील मिसिल फाँटमा वुझाइ दीनु ।
भैरवराज पंत
न्यायाधीश
फांटवाला वी राम गोपाल
इति सम्वत २०११ साल चैत्र ३१ गते रोज सुं-