निर्णय नं. १२७८ - ज्यान
अभिलेख दर्ता नं १२७८
२०११ सालको मि.नं
नेपाल प्रधां न्यायालय सिंगल बेञ्च
प्र न्या फौ सा न १९३
मुद्दा ज्यां
ऊजुरवाला प्यूँ चन्द्रवहादुर
विपक्षी-
इजलास
श्रीमाननिय प्रधां न्यायाधीश हरिप्रसाद प्रधां एम ए वि एल
फैसला
डाकाहरुले वाके जिल्लामा असान्ती मचायेकोले व्यारेक काजमा वसेका पुर्जि आदेस वमोजिं डाकाहरु पक्रने सुराक वुझ्दै रहेको गंगाराम निजको स्वास्नी मट्टीवाल स्मेतलाई डाकाले कुटपिट गरि धंमाल लुटपिट गरी लगे जुहारी थारु लाई वंदुकले हानि मारे भन्ने खबर आयेकोले श्रावण १ गते वनियाभारको वगियामा छं भन्ने सुराक पाञ्येवाट जादा ६ ज्वां मानिस गोका वसेको हामिलाई निजहरुले देषि वंदुक लीन जुरुक ऊठी वंदुक सोज्यायेकोले हामि तर्फवाट फैर हुदा १ जना डाकु मरेको १ जना जोगि जस्तो फेला परेकोलाई र वंदुक स्मेत दाषिल गरेको छं भन्ने स्मेत वेहोराको २००९।४।२ को प्यूँ चन्द्र वहादुर स्मेतको रिपट रहेछ ।
म जोगी जस्तो भै मागी षाई हीडेको हुं म चोरि गर्ने स्मेत हैन आपषान गयेको वेला ४ ज्वां वंदुक लियेकाले रोटी दिये षाये ति वदमासले सिपाईलाई देषि वंदुक सोज्यायेका मात्र थिये सिपाईले वंदुकको फायेर गरी १ ज्वां लाई गोलि लागेको अरु भागेका हुं मलाई सिपाईहरुले पक्राउ गरी ल्यायेका हुं भन्ने स्मेत वेहोराको महमद वक्स भन्ने नन्कौको वयां रहेछ ।
राम औताराको घर चोरि गर्यों जोहारीको घरमा डाका गर्यौ रुपिञ्या नदियेकाले साथी कान्ताले गोलि हानि मारिदियो भोलिपल्ट वनियामार जङ्गलमा ठाकुर लोनिया स्मेत वसेका पल्टनीयाहरु आई हामिहरु भागन लाग्दा फैर गरेकाले अमिर अलि भन्ने साथी गोलि लागी मर्यो घाईते प्यारेलाई वोकी लगेको हुं भन्ने स्मेत वेयहोराको पक्राऊ भै आऊने पहलमां भन्ने विगो षटिकको वयां रहेछ ।
येस्मा साविति पहलमां भन्ने विगो षटिकका वयांवाट चोरि डाका षुं स्मेतको पोल भयेको चोरितर्फ सजाये भै छिनियेको डाका षुं तर्फ ऊसै मुद्दावाट ठहरे वमोजिं हुने यो पल्टनियाले डाकु मारेतर्फ विचार गरे हुने भै विचार गर्दा सावितिका वयांवाट मर्ने अमिर अलि भन्ने देषियको निजका वयांवाट डाका र षुंको वारदातमा संग साथ भयेको भन्ने र वुझीयेका सरज्मींवाट पनि पल्टनियाले डाका पक्रन जादा १ ज्वां वदमास मारे भन्ने सुन्यौ भन्ने लेषिदियेवाट र जागीरदार सुरक्षाको लागि गयेका आफ्नो ज्यां रक्षाको लागि फैर गर्दा मरेको भन्ने देषियेको हुनाले ज्यान संवंधी १९ नं ले ज्यां मारेको वात लागदैन जोगी जस्तो नन्कौका हकमा साविति स्मेतवाट निजको कसुर केही नदेषिदा केहि गर्नू नपर्ने भन्ने स्मेत व्यहोराको ९।९।५।६ को वाके अमिनिको जाहेरी फैसला रहेछ ।
श्र्वही ईन्साफ सदर गरी वाके वर्दिया अपिलले ११।२।२९ मा जाहेरि फैसेला गरेको रहेछ ।
सुरुको सदर गरी अपिलले जाहेर गरेको मनासिव ठहराई २०११।११।४ मा सदर अमिनि गोश्र्वाराले तोकवोलि जाहेर गरेको रहेछ ।
सदर अमिनि गोश्र्वाराका जाहेरि फैसेला वमोजिं साधक तर्फ दर्ता भै पेस हुन आयेको येस मुद्दामा वुझ्दा डाकाहरुले असान्ति मचायेको सुरक्षाको निमित्त पक्रान गयेका आफु तर्फ गोलि चलाऊने सुर गरेको देषी फायेर गर्दा मरेको भन्ने रिपोट वुझीयेका सरज्मीं साविति स्मेतका वयांवाट आफु तर्फ गोलि चलाउन लागेको वदमास डाका उपर गोलि चलाउनु पर्ने बवस्यक परि फैर गर्दा मरेको हुनाले स्मेत ज्यां संवंधीको १९ नं.ले सजाये केही गर्नु नपर्ने र नन्कौ भन्नेको हकमा स्मेत वुझियेसम्मवाट कसुर केहि नदेखियेको हुनाले स्मेत केहि गर्नु नपर्ने ठहरायेको स्मेत इन्साफ सदर अमिनी गोश्र्वाराको मनासिव छ मिसिल मिसिल फाट्मा वुझाई दिनू ।
हरि प्रसाद
प्रधां न्यायाधीश
ईति सम्वत २०११ साल चैत्र ३१ गते रोज ४ शुभम् -----------------------------------