निर्णय नं. १२७९ - खरखजाना
अभिलेख दर्ता नं १२७९
२०११ सालको मि.नं
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
फौ.सा.नं १८३
मुदा खरखजाना
वादी प १ नं धुकनी गाउ वस्ने जेठा तमां
प्रतेवादी ऐ वस्ने फौद सीं तमां स्मेत
इजलास
श्री माननीय प्रधान न्यायाधिस हरि प्रसाद प्रधान एम ए विएल
फैसला
यस्मा फौद सीं तमांका घरमा रैफल नाल ४ गोली रमन२५ स्मेत लुकाइ राखेकोले खान तलासी गरी पाउ भंने स्मेत जेठा तामांको उजुरी रहेछ ।
खान तलासीवाट नीस्केको भरुवा वंदुक थान ५ तरवार ५ माला ७ खुँडा २ चार्ज स्हीतको सार्ट राइफल गोली ४ वरामत भएकोमा राइफलको गोली चीनीया ठकुरीले राखी दीएको हो भरुवा वंदुक तलवार मेरो स्मेत हो राइफैल स्मेत छ भंन्ये स्मेत फौद सींको वयां रहेछ,
चीनी ठकुरीले म्यादै गुजारेको रहेछ,
वुझीएसम्मवाट राइफलको गोली ४ चीनी ठकुरीले ल्याइ रखेको ठहरछ अरु वंदुकलाई सेसको स्मेत हुदा झुट्टा उजुर गरेको ठहरछ उजुरवाला जेठा तमां र चीनी ठकुरीलाइ सजाये गर्न अैं नमीलेकोले नीकासा भएको सजाये गर्ने ठहराइ १०।८।१५ धादीं अदालतले जाहेरी फैसला गरेको रहेछ,
श्र्वही इन्साफ सदर गरी ११।८।२० मा अपील दोश्रा फाटले जाहेरी फैसला गरेको रहेछ ,
साधकद्वारा पेस हुन आएको पेस भयो वुझीएसम्मका मीसील प्रमाणवाट फौदसींले गोली गट्टा राखेको नदेखिएकोले इन्साफ धादीं अदालतको मुनासीव ठहराई छीनेको अपील दोश्राको मुनासीव झुट्टा उजुर गरा अैं दुरुस्त नमीलेको सजाये नदी छाडन मुनासीव नदेखिएकोले वादी प १ नं धा इ ......... गाउ वस्ने जेठा तामां १ चीसापानी इलाका मटवाल गाउ वस्ने चीनीया वहादुर ठकुरी १ स्मेतके तजवीजी जनही कैद वर्ष एक १ का दर्ले हुदा वेरुजु हुदा श्र्व कंदको लगत तहसीलमा दी मीसील जील्ला पठाउन अपील दोश्रामा पठाइ दीनु ।
हरि प्रसाद
प्रधान न्यायाधिस
दुर्गा प्रसाद फा वि
संवत २०११ साल चैत्र ३१ गते रोज ४ सुभं -----------------------------------