• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १२८० - जगा वाली लूट्पीट्

साल: २०११ महिना: चैत्र फैसला मिति :2011/12/31 ८०

अभिलेख दर्ता नं १२८०

२०११ सालको मि.नं

प्रधान न्यायालय सिंगल वेंच

अ.नं.६४५


अपिलाट- वैतडी उपल्लो सोराङटिकागाऊ वस्ने पर्णकोरस्मेत ६ जवान

विपक्षी- ऐ ऐ गाऊ वस्ने हरिकोरस्मेत १५ ज्वान


मुदा जगा वाली लूट्पीट्

इजलास

श्रीमाननीय न्यायाधीश भगवतीप्रसाद सिंह राजपुत वि.एस.सी.वि.एल

फैसला

यस्मा साविक पतिकोरका नामबाट ९५ सालमा देवीकोरका नाममा दर्ता भयाको तिरो रु ।२१ लागेको कि.नं २५ को वन्दनाली र तिरो रु ।३१।२ लागेको कि.नं ६९ को वगेधूरा भन्‍ने जगा हामी ६ जनाका भाग वण्डामा परि अवाद हुन सक्ने जगामा घर गोठ स्मेत खडा गरी र आवाद हुन नसक्‍ने जगामा खर घास पाली भोग चलन गरेकोमा ०९ साल प्र मध्य हरिकोरको उजूर परि मिलापत्र भएको सो जगामा ०९ साल फालगूण ७xx९ गते हरिकोर स्मेत प्रतेवादी १५ जनाले ४५ भारी खर काटि लगेकोले खरको विगो कंरु ४५ भराई जगामा हक सदर गराई पाऊ भन्‍ने वादि रहेछ ।

     वादिका दावीको जगामा ०९ सालका वडा हाकिंका दौडाहामा मेरो उजूर पर्दा वंडनाली वगेधुरा भन्‍ने जगा गौचर राख्‍ने गरि मिलापत्र भएकोमा हाल वादिलाई आफ्नो जगाको ४ किल्ला हाल्दा वढाई सो गौचर र हाम्रो हाल आवादीमा द्रखास्त दिएको जगा स्मेत ४ किल्ला भित्र पर्ने गरि झुट्टा उजूर गरेको वाडिन्दा जगाको खर घांस स्मेत हामीहरुले काटि लगेको होइन भन्‍ने हरिकोर स्मेत ९ जनाको फालगुण ७xx९ गते खर लुटेको भन्‍ने वादिको उजूर सो फाल्गुण ७ गते भन्दा अघि नै म स्वर पिथौडागड्मा गै ९ गते भन्दा पछि मात्र घरमा आएकोले खर लुटेको छैन भन्‍ने जगुवा लुहारको र वादिका जगाको साधमा मेरो गोठ जगा भै सो गोठ जगा स्मेत आफ्नो जगामा घुसाई खाने नियद गरी झुट्टा उजूर गरेको हो वादिका जगाको खर घास लुटेको छैन भन्‍ने महाविर कोरको प्रतिउत्तर रहेछ ।

जगुवा लुहार वाहेक अरु १४ जवान् प्रतिवादिले वादिको खर भारी ४२ लुटेकै ठहर्छ विगो कं रु ४२ प्रतिवादीवाट वादिलाई भराई दिने गरी वैतडी अदालतले ०१०।७।१५ मा फैस्ला गरेको रहेछ ।

     झगडा परेको जगा पर्ति भीर देखिएकोले घर गोठ भएको अवादि जगा वादिको दर्ता कायें राखि सो दर्ताका पूर्व तर्फको पर्ति जगा पर्ति गौचर राखने ठहर्छ भनी डोटि अपिलले ०११।२।२५।२ मा फैस्ला गरेको रहेछ ।

     यस्मा अपिलको इनसाफमा चित्त वुझेन भन्‍ने स्मेत व्यहोराको वादिको अपिल परि आएको यस मूदामा वादि पर्णकोर स्मेतक वा सोमिकोरलाई राखि वुझ्दा यै झगडा परेको जगा वन्दनाली, वगेधुरा भन्‍ने गौचर जगामा पर्णकोर स्मेतले रोक्‍का गरे भन्‍ने यीनै वादि ६ जनाका नाममा हरिकोरको विंतिपत्र पर्दा सो गौचर जगामा कसैले रोक्‍का गर्न नपाउने वेहोराको यिनै वादि प्रतिवादिको ०९।९।२८ गते वैतडी गौडाका वडाहाकिंको दौडाहामा मिलापत्र भएको प्रमाणको मिसिलवाट देखिएको । तेस्तो गौचर जगामा वादिले खर घास रोपने र प्रतिवादिले लुटि लैजाने भन्‍ने कुरा विलकुलै पत्यार लाएक नदेखिएको र गाऊलेहरुको गौचर जगामा वादिहरुले एकलौटि षर घास रोपन नपाउने स्मेत हूनाले वादि दावी झुट्टा ठहराएको डोटि अपिलको इनसाफ मनासिव छ । अपिल गरेमा वैतडी उपल्लो सोराङटिका गाऊ वस्ने पठानकोर क्षत्रृ १ ऐ ऐ वस्ने रामीकोर क्षत्रृ १ ऐ ऐ वस्ने कुतेकोर क्षत्रृ १ ऐ ऐ वस्ने हरिकोर क्षत्रृ १ ऐ ऐ वस्ने  नरिकोर क्षत्रृ १ ऐ ऐ वस्ने अर्को नरिकोट क्षत्रृ १ स्मेत ६ जवानके सुरु डण्ड मोरु १८। कंरु ५। को दामासाहिले गर्ने गरेकोमा हा का १० नम्वरका ऐन वमोजिं तेस्को सैक्रा १० ले मोरु २।८० कंरु ।।.।। डण्ड हुन्छ वारेस हुदा दामासाहिले मोरु ।४७ सतचालिस पैसा कंरु   ।।६ पैसाका दर्ले असुल गर्न अ.त.दे.मा लगत दिई मिसिल इलाका अमिनीमा पठाउन अ.त. मिसिल फाट्मा वुझाई दीनू ।

 

                           भगवती प्रसाद सिंह

                             न्यायाधीश

फाटवाला वी दण्डमान

इती सम्वत् २०११ साल चैत्र ३१ गते  रोज ४ सुभम्  

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563