निर्णय नं. १३१५ - रजष्टरी हेरे भंन्ये
अ.द.नं. १३१५-२०११,
दे.फौ.पु/रीट नं. ४८०/९३
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
फौ.सा.नं. ९३
मुडा रजष्टरी हेरे भंन्ये
वादी पश्र्चीं ४ नंबर जील्लै नुवाकोट रागसजां मध्ये ठूली बरागे बस्ने बलबहादुर थापा छेत्री
प्रतेवादी पश्र्चीं ४ नं नुवाकोट हुलाकका बहालवाला राजीतबहादुर रंजीतकारस्मेत-
इजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम00 ए बि एल्
फैसला
यस्मा ०४।१२।१२ गते हुलाकमा दखिल गरेको रजष्टरी खोली हेरी रु १०। पडंबहादुरले राजीत बहादुरलाइ घुस दी मेरो भंदा अघी १० गतेको मीतीबाट तारापतीका नाउको रजष्टरी चलाएछं सजाय गरीपाउ भन्येस्मेत सी बलबहादुरको वादी रहेछ।
घुस लिनुदिनु गरी बादीको रजष्टरी परीसकेपछी पछीबाट अघीको मीती पारी रजष्टरी चलाएको र खोले हेरेकोस्मेत हैन बादी दाबी झुट्टा हो भंन्येस्मेत राजीत बहादुर स्मेतको प्रतेबादी रहेछ।
बुझीयेसम्मबाट बादीले झुट्टै उजुर गरेको ठहर्छ सो ठहरेकाले झुट्टा उजुर गरेमा पोलाहालाई सजाञे गर्न अैं नमीलेकाले नीकासा बमोजीं सजाये गर्ने ठहराइ ०९।३।१४।६ मा पालपा अपीलबाट जाहेरी फैसला गरेको रहेछ।
साधकद्वारा पेस हुन आएको बुझदा घुस लिनु खानु गरी रजष्टरी हेरे भंन्ये बादी दाबी भएको देखियेको र सो पश्र्चीं ४ नं स्यांजा नुवाकोट हुलाकमा राजीतबहादुर भंदा माथीको अरु अफीसर भएको भंन्ये नखुलेको भै तेस्तो बाहालवाला हाकीं सरहको माथी घुसमा झुट्टा उजर गरेमा अ.वं २७९ नं बमोजीं अडैबाट सजाञे तोकी थप सजाञेलाई सम्म जाहेर गर्नुपर्नेमा सो बमोजीं गरेको नदेखीयेकोले आइन्दा यस्तो हुन नपावस भनी पालपा अपीलका हाकीं सुवा सेरमां गुभाजुलाइ नसीहद दी नीज बादी बलबहादुर थापा छेत्रीके मोरु १०। घुस खाये भनी झुट्टा उजर गरेमा अवं २७९ नं ले बीगोको आधी मोरु ५। पाच डंड र बाहालवाला इन्चार्ज भएका राजीतबहादुर उपर घुसमा पोलेको नठहरेकाले सोही अैं ले थप सजाये कैद मैन्हा ।१ एक स्मेत डंड मोरु ५।-कैद मैन्हा ।१ एक हुंछ गैर हुदा तहसीलमा लगत दी नषीहदको नीमीतस्मेत मीसील पाल्पा अपीलमा पठाइ दीनु ।
हरिप्रसाद
प्रधान न्यायाधिस
फाटवाला
दुर्गाप्रसाद
संवत २०११ साल फागुं ३० गते रोज १ सुभं ----