• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३१६ - चोरी

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/06 ७९

अ.द.नं. १३१६-२०११,

दे.फौ.पु/रीट नं. २२४/१६८

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

फौ.अ.नं. १६८

मुदा चोरी


अपिलाट वादि साहेव दिं मिञा जि. बारा प्र. खेश्राहा देविगन्ज

विपक्ष प्र. धनसुन्दर ठाकुर बढहि ऐ

          


ईजलास

श्रीमाननिय न्यायाधीश भैरवराज पन्तो पाध्याय

फैसला

येस्मा ०९ साल आश्र्वीन ३० गते बुधवारको भोर अन्दाजी ६ बजेको टायेंमा निन्द्रबाट बिऊझी दिसा गर्न भनी गै फर्कि आयेपछी मुख हात धोई कामा जानु पर्‍यो भनी पुर्व मुखको घरमा राखेको पुरानु चालु साइकल लिन जादा श्र्व ठाऊमा नदेखि कस्ले चोरी गरेछ भनि पत्ता लगाऊदा प्र धनसुन्दरले चोरी गरी आफ्नो पुर्व मुखको फुसको घरमा मेरो  साइकल राखि छाडेको पत्ता लागेकोले यो साइकल मेरो हो तिमिले नसोधी किन ल्यायेको भनी भन्दा मेरो हो तेरो साईकल मैले ल्यायेको छैन जाहा खोज्नु पर्छ खोज भनी जवाफ दियेकोले श्र्व कुरा गाउका भला मानीसलाई देखाएको छु जि. चंपारन ठाना आदापुर मौजे लाला छपरा बस्ने अमिर मियासङ्ग पुरानु साइकलको फ्रेम कंरु २२ मा खरिद गरी ल्याइ अरु घरमा रहेको पुरानो सामानस्मेतबाट साईकल तयार गरी चालु गरी राखेको थीञे श्र्व साइकल निज प्रतेबादीले म घर नभउको बखखत चोरी गरी लगेको हो साईकलको प्रेंम मैले कुनै किसिंको नाम लेखेको छैन श्र्व चोरी गरेमा निजलाइ पक्राउ गरी कंरु ४५ मोल जाने निल रङको रोगन लागेको साईकल निजबाट दिलाई भराई चोरी गरेमा सजाय गरी पाउ भन्‍नेस्मेत ब्यहोराको वादीको द्रखास्त वयान रहेछ।

अैंले २˟" बर्ष भो बादी साहेव दिंसंङ्ग मैले कंरु ७५ मा पुरानो साइकल किनी चढने गरेको थिञे अैंले ८˟९ मैना भो साईकल चढी वरेवाको किसुनको घरमा ल्यायेको थिञे श्र्व ठाऊबाट साईकल चोरी भयेको थियो पायेको थिन ०९ आश्र्वीं ३० गतेको व्यहान ८ बजेतिर बादीको घरनिर जादा श्र्व मेरो चोरी भयाको साईकल निज्को घरमा देखि कसैलाई केहि नभनि ऊठाई ल्याई रघुनिको घरमा राखेको थीञे सोही साईकललाई बादीले चोरी गरेको भनी यो उजुर गरेको हो साइकल चोरी भयेबारे मैले कही पनि ऊजुर गरेको छैन घरबाट साईकल चोरी गरी ल्यायो भनी बादिले भंला भनी निज्का घरबाट साईकल ल्याई मेरो चोरी भयेको साईकल बादीको घरमा पाञे भनी सुनाई पञ्चायेत गराई लीऊला भनी रघुनीको घरमा लगी राखेको हु साईकलको फ्रेंमको तल मैले आफ्नो नां लेखि राखेको थीञे श्र्व स्मेत पंचहरुले देखेका छन म चोरी डाकामा सजाय पायेकोस्मेत छैन भन्‍ने ब्यहोराको प्र धनसुन्दरको बञ्यान रहेछ।

सरजमिंस्मेत बुझीयाको येस मुद्दामा बुझीयेसम्मका प्रमाण परीबन्दबाट घरमा कोही नभयेका बखत बादीको घरबाट साईकल ल्येमा प्रतेवादी साबित भयाको बादी सङ्ग खरीद गरेको भनेकालाई खरीद बिक्रीको लिखत हुनु पर्ने चोरी भये भनेकोमा चोरीमा जाहेर गरी नीसा लि राखनु पर्ने श्र्व गरेको छु भंन पनी नसकेको अरु बुझीयाका सरजमिंले २˟३ मैना देखि साइकल बादीले चढी आयको थीयो भनी बकी दियाको प्रतेवादीको भया बादीले चढी हीडन नपर्ने बादीको चोरीमा ऊजुर परेपछी मात्र श्र्व साईकल मेरो भनी दाबि लियेको साईकलको फ्रेममा  नां लेखियेको भनेकोमा ठानाको चलानी हेर्दा प्रेमको तल अहेरको ढपको थवपा थोपि लेखयाको भंने लेखेकोले प्रतेबादीको नां प्रष्ट लेखियाको पनि नदेखियाकोलेस्मेत सो साईकल प्रतेवादीले चोरी गरी लियेकै ठहर्छ भनी ०९।७।२२ मा कलैया अमिनीले फैसला गरेको रहेछ।

श्र्व ईन्साफमा चीत्त बुझेन भन्‍ने प्र धनसुन्दरको कलैया अमिनि ऊपर कटरवना अपिलमा अपिल परेको रहेछ।

˟३ मैनादेखि बादिले चढी आयेको भन्‍ने सरजमिंको लेखाईको हक्मा कलयाठानाबाट लेखेको चलानीमा पुरानु बेचालु साईकल भनी लेखयेको बादीले चढने गरी आयेको भये चालु साईकल भनी लेखनु पर्ने बेचालु भनी लेखनु नपर्ने हुनाले सरजमिंको भनाई पत्यारलायेक नभयेको सरजमिंको भनाई र कलैयाठानाको चलानीस्मेतबाट श्र्व साइकलमा प्रतेबादीको नांस्मेत खोदि राखेको देखियेको बादीको चोरी भयेपछी नां खोदेको भंने कुरा कसैले लेखन नसकेको प्रतेबादीले चोरी नै गरेको भये सो साईकल प्रतेबादीले दबाऊन छपाऊनु पटी नलगी देखने फेला पार्ने गरी राखनु नपर्ने र प्रतेबादी अघिको चोर दागी भन्‍नेस्मेत नदेखिई सारा सरजमिंले प्रतेबादीको चाल चलं असल छ भनी लेखियेको देखनालेस्मेत प्रतेबादीको इनकारी व्यहोरा नै मुनाशिब भन्‍नु पर्ने हुदा बादीको ऊजुर झुट्टा ठहर्छ भनी सुरुको इन्साफ ऊल्टाई १०।१।२२ मा कटरबं अपिलले फैसला गरेको रहेछ।

श्र्व ईन्साफमा चीत्त बुझेन भनी बादी साहेब दिन मिञाको प्रधान न्यायालयमा अपिल परेको रहेछ।

पेश हुन आयाको यो मुद्दा बुझदा चोरी गरेकै हो भन्‍ने कुराको कुनै पक्‍का सबुद गुज्रन आयेको मिसिलबाट नदेखियेकोले र अरु अपिल्का फैसलामा लेखियाका बुदा प्रमाणबाट स्मेत सुरुको ईन्साफ ऊल्टाई छीनेको ईन्साफ कटरवन अपिल्का मुनाशिव छ इन्साफ पारी छीन्‍ने हाकिं ऊपर अपिल गरेबापत अपिलाट साहेब दिं मिञाको सुरु डंड कंरु २२।।. के पैल्हा अपिल हुदा हा.का.१० नं. ले सैक्रा १० ले कंरु २।. दुई रुपैञा चारआना दण्ड हुन्छ श्र्व दण्ड १०।३।२६।५ करवं अमिनिमा धरौट राखेकोले सदरस्याहा गर्नु भनी श्र्व अमिनीलाई पुर्जि गर्न तहसिलमा लगत दी मुद्दा छीनियेको जनाऊ अपिलाटलाई दि मिसिल मिसील फाटमा बुझाई दिनु

भैरवराज पंत

न्यायाधीश

फाटवाला बि देवराज

ईति सम्वत २०११ साल फागुण ६ गते रोज ५ सुभं  

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563