• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३१७ - चोरी

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/14 ९५

अ.द.नं. १३१७-२०११,

दे.फौ.पु/रीट नं. २२५/३८४

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नं. ३८४

मुदा चोरी

अपिलाट वादि रामसुरनदास बैरागी जी. बारा प्र दोस्तिया मौजे गोनाही  

विपक्ष प्रतेवादी सिऊधारी दास ऐ ऐ--

इजलास

श्रीमाननिय न्यायाधीश भैरवराज पन्तोपाध्याय

फैसला

येस्मा येहि गयेको ०९ साल फागुण ४ गतेको रात ७˟७।। बजेको बखतमा डोलडाल गर्न म मरेहमा   गयेको मौका पारी ढोकामा र बाकसमा ताला लगाई राखेको श्र्व ढोका र बाकसको ताला तोडी बाकस भीत्र रहेको १० दरको नोट ५० थान र रु १ दरको नोट थान १ स्मेत ज्मा कंरु ५०१ प्र सिऊधारीले चोरी गरी भागी जान लाग्दा म पुगी भीत्र गै हेर्न जादा लेखिये बमोजिंको नोट नभयेबाट हल्ला गरी पक्राऊ गर्न खोज्दा गाऊलेहरु आई देखे पक्राउ गर्न नसकी भागी गयेबाट नीजलाई पक्राउ गरी चोरी गरी लगेमा बिगो भराई सजाय गरी पाऊ भन्‍नेस्मेत ब्यहोराको वादी रामसुरनदासको उजुरी बयान रहेछ।

मेरो गोनाही मठमा चलाऊन सकने अरु कुनै चेला नभयेकोले यस्मा भयाको धनमाल नगदी जिन्सीस्मेत सबै तिंम्रा नाऊमा गरीदिन्छु मठमा हिड भनी स्व मठको महता भिखनदासले मलाई भामाई भाद्र मैनादेखि ल्याई साधुको भेषस्मेत दी राखेकोले म बिदेस तौखानबाट गोनाही मठमा आई साधु भै बसी गुरु भीखंदासको सेवा गरी आयेको गुरुले मठको जगा बादीलाई लेखिदिन लागेबाट मैले बिरोध गरेको थिञे सोही सोही रिसले म ऊपर यो चारी मुदा लगायेको हो दाबि बमोजिं मैले चोरी गरेको छैन भन्‍नेस्मेत ब्यहोराको प्र सिऊधारीको ईन्कारी बयान रहेछ।

साछी सरजमिंस्मेत बुझीयाको येस मुदामा बुझीयेसम्मबाट साछी सरजमिंको बकाइबाट चोरी गरी भागनलाग्दा  प्रतेबादीलाई देखे भन्‍ने र चोरी गरेकै शंखा लाग्छ भनी धेरैले कीटानीसाथ बकेको भीखंदासले चेला बनाई राखेको भनेकोमा ऊनैले यो प्रतेबादीलाई चोरीको शंखा  देखाई लेखेकास्मेतबाट बादी दाबि बमोजिं कंरु 501 प्रतेबादीले चोरी गरेको ठहर्छ भनी १०।४।२६ मा कलैया अमिनिले फैसला गरेको रहेछ।

स्व ईन्साफमा चीत्त बुझेन भन्‍ने प्रतेवादी सिऊधारीको कटरवं अपिलमा अपिल परेको रहेछ।

दिसा जंगल गरी आऊदा प्रतेवादीले चोरी गर्‍यो भनी हेर्न जादा ढोका फोडी भीत्र बाकसको ताला तोडी नोट चोरी गरेको देखेको हौ भनी भीखंदासले र रु ५०१ चोरी गरी लगेको देखेको छु भनी मोठ घरमा बस्ने सियारामस्मेतले लेखिदियेको देखिन आयेकोमा श्र्व बमोजिं मौकामा चोरी गरी भागेकोमा लगारदै गयेको भये मठघरको मदन्त भयेका मानिसले जरुर मौकामा पक्राउ गर्न सकनु पर्ने नसकी चोर यसठाउमा भागी बेपत्ता भो भन्‍न पनि नसकेको सरजमिनको लेखाई र बादीको कुरास्मेत मिल्न नआई फरक परेको रत्‍न भगतस्मेत १६ जना सरजमिंले प्रतेबादीलाई भीखंदासले मठमा चेला बनाई राखेको देखेको हु चोरी गरेको कुरा था छैन भन्‍ने लेखिदियेको मठमा चेला भै बसेको मानीसले सोही मठको धन चोरी गर्‍यो भंनेकुरा पत्यारलायेक नदेखिने चोरी गरेको देखिने अरु मानिस नभै मठघरकै भीखंदासस्मेत ४।५ जनाले देखे भन्‍ने लेखि दियेपनी मठघरकै मानीस गुरु नोकर चाकर भै सरजमिंमा लेखि दियेको कुरा पक्‍का नहुने नातादार लेंदें भयेका र नोकर नोकर चाकरले गरेको वयान सदर नहुने मठघर जस्तोमा रखवारी कामदारी मानिस १˟२ जना हरबखत रहन पर्ने सियाराम दासस्मेत ४ जना मठघरको कांदारी रहे भयेको देखिन आउने तेस्तो मठ घर भीत्र बाहीर कढोका फोरी प्रतेवादीले चोरी गर्‍यो भंने कुरा पत्यार लायेक देखिन नआऊने बुझीयाका प्रतेबादीका साछीले बादीले झुट्टै उजुर गरेको भनी लेखि दियेको र रत्‍न भगतस्मेत १६ जना सरजमिंले चोरी गर्‍योको भनी भन्‍न नसकेको र प्रतेबादी अघी चोरी डाकामा सजाय पायेकोस्मेत नदेखिनेस्मेतबाट प्रतेबादी ऊपर बादीले झुट्टै चोरीमा ऊजुर गरेको र सुरुले गल्ती ईंसाफ गरेको ठहर्छ भनी सुरु कलैया अमिनीको ईंसाफ ऊल्टाइ १०।८।२९।१ मा कटरवं अपिलले फैसला गरेको रहेछ।

सो ईंसाफमा चीत्त बुझेन भंने बादी रामसुरन दासको कटरवं अपिल ऊपर प्रधान न्यायालयमा अपिल परेको रहेछ ।

 पेश हुन आयाको यो मुदा बुझदा प्रतेवादीले चोरी गरी जान लागेको देखें भंने बादीको र केही सरजमिंको भनाइ भयेको साचै चोरी गरी भागन लागेको भया मौकैमा पक्राऊ गरी सौपुवा गरी दसी दाखेल गराऊन सकनु पर्ने श्र्व नसकेकोले र अरु कटरवं अपिल्का फैसलामा लेखियाका बुदा प्रमाणबाटस्मेत सुरुको ऊल्टी गरी छीनेको ईसाफ कटरवं अपिल्को मुनाशिव छ ईंसाफ पारी छीन्‍ने हाकिं ऊपर अपिल गरेवापत अपिलाट रामसुरनदास वैरागीके सुरु दण्ड कंरु १३०/।। को पैल्हा अपिल हुदा हा.का. १० नं ले सैक्रा १० ले कंरु १३ऽ। तेह्र रुपैञा एक पैसा थप दण्ड हुनेमा श्र्व दण्ड २०१०।१०।१९।२ मा कटरवं अपिल्मा धरौट राखेको देखियेकोले श्र्व धरौटी कं रु १३ऽ।. सदर स्याहा गर्नु भनी क.वं. अपिललाई पुर्जि गर्न तहसिलमा लगत दी मुदा किनारा भयेको जनाऊ अपिलाटलाई दी यो मिसिल मिसिल फाटमा बुझाई दीनु।

भैरवराज पंत

न्यायाधीश

बि. देवराज

फाटवाला

ईति सम्वत २०११ साल फागुण १४ गते रोज ६ शुभं ----

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..