• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३१९ - जग्गा

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/17 ८६

अ.द.नं. १३१९-२०११,

दे.फौ.पु/रीट नं.७४१/१२३

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नम्बर १२३  


अपिलाट् बादी जील्लै बुटौलतर्फ खजहनी मौजे सोनबर्सा बस्ने जागेश्र्वर तेवारी १

ऐ बस्ने भारथ तेवारी १स्मेत   

रेस्पौन्डेन्ट प्रर्तेबादी जील्लै बुटौलतर्फ खजहनी मौजे सोनवर्सा बस्ने बसीष्ट तेवारी


मुद्दा जगा

इजलास

माननिय न्यायाधिस, महेन्द्रबहादुर महत् छेत्रृ

फैसला

येस्मा सोनबर्सा मौजे बाबुबाजेको आर्जन । ज्मीदारी मध्ये /।।। नैनदयालको भागमा परी बाकी P।बादी र हामीहरुको ३ बंडा भै जनही ऽ.।।। का दर्ले बंडा गरी खायेको छु सो ज्मीदारी सा को २ नं सीट १२।।।.।। प्रतेबादीको आमा धोलराको नाउमा दर्ता राखी ज्मीदारी हीसा बमोजीं जनही ४।३।का दर्ले बंडागरी भोग चलं गरेकोमा ६ साल चैती बालि देखी मेरो आमाको दर्ता भनी प्रतेबादीले खीचोला गरेकाले हाम्रा नाउमा दर्ता गराई खीचोला मेटाई पाउ भन्‍नेस्मेत बादी ।

५२ साल्को नापीमा बाजे घीसाबंका नाउमा दर्ता भयेको दर्ता सर्दै आमाको नाउमा दर्ता हुन आयेको मेरो येकलौटी हो आमाको नाउमा उजू गर्न नसकेकोले खारेज हुनूपर्ने वादीहरुलाई बंडा दीयेको र नीजहरुले जगा चलं गरेको र मैले खीचोला गरेको छैन अघिदेखी मैले नै पोत् तीरेको रसीद पारां छ ८७ साल्मा उखडा जाच हुदा मेरो हीसा ऽ.।।। ज्मीदारी साथ रहने गरी लगत भयेको छ अर्काको नाउमा दर्ता गरी राखेको जगा नाउसारी गरी लीनु भंने ईस्तीयारको म्याद भीत्र दर्ता गराउन  नसकेको भोग बन्धकी साहुले भोग गर्दा उजूर गर्न नसकेकोले बादी झुट्टा भन्‍नेस्मेत प्रर्तेबादी।

५२ साल देखी प्रर्तेबादीले साल साल पोत तीरेको रसीद पेस भयेको र बादीले आफनु हीसा नाउसारी गराई लीनु पर्ने नलीयेको सीर कीताब हेर्दा प्र को ज्मीदारी साथ रहने धोलाराको नाउमा दर्ता भयेको देखीयेको ३ भाग लोग्ने सजीया भन्‍ने र P। ज्मीदारी साथको भन्‍ने नदेखीयेको ८२ साल्मा उखडाको रैतिले पोत बाकी राखेबाट सीरमा गाभी खानु भन्‍ने प्रले पुर्जी पायेको इस्तीयार बमोजीं नाउसारी गर्न नसकेकोले बादीहरुले झुट्टा उजूर गरेको ठहर्छ भन्‍नेस्मेत सीवराज अमीनीको फैसला।

.....। ज्मीदारी साथ रहने २ नं सीर हुनाले ज्मीदारी हीसा बमोजीं २ नं सीरस्मेत हीसा हुनुपर्ने नगरी फैसला गरेकोले चीत बुझेन भन्‍नेस्मेत बादीको अपील जीकीर।

धोरा दर्ताको २ नं सीट बादीहरुको हक लाग्ने भया बादीको बाहालिमा परेको हुनुपर्ने आफना नाउमा नापी दर्ता नांसारी गराउन सकनु पर्ने नसकेकोले ईन्साफ अपिनीको मुनासीव भन्‍नेस्मेत बुटौल अपिल्का हाकीं सु मुक्तीकान्तको फैसला।

ज्मीदारी बाबु बाजेकै आर्जनबाट हीसा पायेको झगडा परेको जगा पछी आर्जन गरेको भन्‍न प्रर्तेबादीले नसकेको ज्मीदारी साथको जगा ज्मीदारी हीसा बमोजीं २ नं सीर वंडा हुनुपर्ने भन्‍नेस्मेत बुटौल अपिल्को असीष्टेंको राये पर्चा।

ज्मीदारी हीसेदार अरुले २ नं सीर हीसा पाउने हामीले नपाउने हुदा मर्का पर्‍यो ईन्साफ पाऊ भन्‍नेस्मेत बादीहरुको अपिल जीकीर।

लाग्ने डंड धरौट राखी अपिल गरेको सकल मीसील आँदोलनमा परी नकलबाट कारबाई भयेको यो मीसील हेर्दा अपिलबाट कीताब झीकाइ हेर्दा प्रर्तेबादीको ज्मीदारी ऽ.।।। को साथ रहने भनी दर्ता भयेको बादीको हीसा ज्मीदारी हीसाको बाहालीमा नलेखीयाको र दर्ता पनी प्रर्तेवादीको आमाको नाउमा देखीयेको ५२ साल देखी पोत तिरेको रसीद प्रर्तेवादीबाटै पेसभएको उसबखत बादीले उजुर गरी आफू हक  गरायेको सबुद केही नआयेकोले वादीको उजूर झुट्टा ठहराई सुरुको ईन्साफ सदर गरी बुटौल अपिल्को हाकींले ठहरायेको मुनासीब असीष्टेंटले गल्ती पर्चा गरेको ठहर्छ बुटौल अपिल्को असीष्टेंट ना.सु. संकरधोज जोसी का. मरुके उल्टीमा रु १ राये पर्चा गरेमा रु १ स्मेत ज्मा रु २ जरीवाना हुंछ सोही ठाएमा वाहाल हुदा असुल गर्नु भनी र अपिल गरेमा अपिलाट्लाई सुरु डंड कंरु १८।।।/२ को दोश्रा अपिल हुदा हाका १० नं ले सैक्रा १० ले रु ।।।३/२ का दर्ले डंड हुंछ सो डंड . ९।१।२ मा धरौट राखी अपिल गरेकाले सदरस्याहामा अम्दानी बाधनु भनी तहसील्मा लगत् दी फैसला भयेको जनाउ अपीलाटहरुलाई पठाइ मीसील जील्लामा पठाउन मीसील बिभागमा बुझाई दीने।

 

 

महेन्द्रबहादूर महत

 न्यायाधीस

फाटवाला. बी. पृथ्वीदास

 

ईती सम्वत् २०११ साल फाल्गुण १७ गते २ रोज---

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563