निर्णय नं. १३२० - कुटपिट ज्यां मा आगो लगाऊनु उद्योग
अ.द.नं. १३२०-२०११,
दे.फौ.पु/रीट नं.४०४/६५
प्रधां न्यायालय सिंगल बेञ्च
प्र.न्या. फौ अनं ८४
अपिलाट् धंबहादुर गौचं थकालि बागलुं बजार
बिपक्षि-बलबहादुर गौचं थकालि ऐ ।
मुद्दा कुटपिट ज्यां मा आगो लगाऊनु उद्योग
इजलास
श्रीमाननिय प्र.मा.ने.ता.ले.ज. प्रकास सम्सेर जङ्बहादुर राणा ।
फैसेला
येस्मा धनबहादुरको छोरी छोरा सकसबहादुरले ल्यायेको सदानंदसंग मैले राजिनामा गरि लियेको धंबहादुरले राजीनामास्मेत चोरि लगेछ धंबहादुर सकसबहादुरस्मेत मिलि जगा षिचोला गर्न लगायेको ८ साल ज्येछ २९ गतेका दिं धंबहादुर कहाँ गै कीन षिचोला गर्न लगायेको भंदा धंबहादुरले लंबाचौडा कुरा गर्ने समय छैन मौका यही हो ठोक बजा मरे पनि हुंछ भनी सरिक भै बचं दीने बचं मानी सदानंद धंबहादुरको स्वास्नि निजको छोरि सकसबहादुरस्मेत भै कुट्पिट् गरेपछी पतिले मात्र पुगेन षुकूरिले काटी ठुंक्याई देऊ भनी षुकूरि र बचंस्मेत् दीने धंबहादुर बचं मानि नाङ्गो षुकुरि लि मार्छु भंदै पछीपछी आई मेरो फुसको घरनेर आई पुगेको बषत् आगोस्मेत लगाई दिन्छु मार्छु भंदै पामसमा भयेको सलैले समेत वाली झोसन लगायेको लक्ष्मिप्रसाद पृथ्वीप्रसादस्मेतले समाई नीज सकसबहादुरबाट नाङ्गो षुकूरी सलैस्मेत षोजि दियेकोले बची कुटपिट् गरी ज्यानै मार्ने र घरमा आगो लगाऊने उद्योग गरी षकुरि सलैस्मेत लि अन्याय अनरित गरेमा अैं बमोजिं सजायेगरी पाऊ भन्येस्मेत बलबहादुरको बादी रहेछ।
बादी बलबहादुर म सकसबहादुरको बाबु हुं सबै संग झगडा कुट् पिट्स्मेत गर्ने भयेकोले यसो गर्न हुदैन भंदा मसंगस्मेत झगडा गरी स्वास्नी देवीकुमारीलाई गहना र षान लाउनस्मेत नदि नीकाला गरेकाले ससुरा बाबु धंबहादुरको घरमा बसेका अवस्ता ८।२।२९ का दिं हामि बसेको घरमा आई हामि धंबहादुर सकसबहादुरलाई कुटपिट् गरेका र लुट् पिट् गरेका स्व गर्दा म सकसबहादुरलाई कुट्दा कीन कुट्छौ भनि म धनबहादुरले भनेको बादि र छोरो ईन्द्रबहादुर गोठालोस्मेत आई कुट् पिट् लुट् पिट् गरेमा नालेस गरेका छं म धंबहादुरले केहि गरेको छैन म सदानंदले कुट्पीट् गरेको र ज्यां मार्न ऊद्योग गरेको आगो लगाऊन उद्योग गरेकोस्मेत छेन हामी धं सामु देविकुमारी आईमाई हुदा केहि गरेकोस्मेत छैनम भन्येस्मेत् बेहोराको धनबहादुरस्मेतको प्रत्येबादी रहेछ।
घरैमा बसेका प्रत्येबादीसंग झगडाको नीउ झिकी गै दोहोरो कुट् पिट भयेको ज्यां लीन् संमको ईबि परेको भन्ये नदेषीयको षकुरि लियेपछी ज्यानै लिने उद्योग भये खुकुरीले हानेको नदेषियेको मद्दत दिने भनेकि देविकुमारीलाई खुकुरि दियेको भन्ये कुरा ज्यां लिन खुकुरि लियेको भंन नहुने ठूलो चोट सकलबहादुरकै परेको हुदा र दोहोरो कुटपिट भै जंमाऊने बाबुलाई ज्यां मार्न उद्योग गरेको भंन नहुने त्रास देषायेको भंनुपर्ने धन बहादर बचं दीयको खुकुरी दीयको भनी बादीकैसाछीले भंन नसकेको हुदा धंबहादुरले बचं दियेको नठहर्ने दोहोरो कुटपिटमा सकलबहादुरले कुटेको र सदानंद त्रंबहादुरको हुल ठहर्ने धनसींको देविकुमारीका हकमा लोग्ने मानु संदी ससुरा पर्ने बादिलाइ समातन हुन गर्न गये होला भंन पत्यारलायक नदेषिदा देविकुमारी धंसीकोले हुल गरेको नठहर्ने आगो लगीतर्फ सलै कोटि फालेको विचमा निभेको र रातको बषत नभै दिउसो समाझमा फ्याकेको भन्ये देषिदा आयो लगाऊने उद्योग भंन नभै त्रास देषाऊना निमित्त सलै कोरि फ्याकेको देषिदा यस्तोमा यसो गर्नू भन्ये प्रष्ट नषुलेकोले आगो लागीको महलको लेषिये देषिबाहेककै महल बमोजिं गर्ने भन्येस्मेत बेहोराको ९।२।९ को बाग्लुं अदालतको फैसला रहेछ।
कुट् भनि धंबहादुरले बचं दिने सकलबहादुरले कुटने धंसीको देवीकुमारी सदानंदस्मेत ३ जनाले समाऊने घेरा दिने गर्ने देषिने हुदा सो बमोजिं कुटपिट्ठ ठहर्ने ज्यां मार्न उद्योग नठहर्ने घरमा आगो लगाऊने उद्योगतर्फ सलै कोरि छानातर्फ फालेको देषिदा धनबहादुर मद्दति सरिक भै सकलबहादुरले आगो लगाऊन उद्योग गरेको ठहर्छ भन्येस्मेत बेहोराको ९।७।१९।६ को पाल्पा अपिलको फैसला रहेछ।
पाल्पा अपिल उपर धंबहादुरको धरदटी अपिल् परी आयेबाट छलफललाई झीकायेको बलबहादुरले म्याद गुजारी हाजीर हुन नआयेको अपिल नगर्नेका हक्मास्मेत अैंले ईन्साफ हुने भै बुझदा बाबु छोरा ससुरा संधीस्मेतको दोहोरो कुटपिट् भयेको भन्ये देषियेको धंबहादुरले बचं दियेको खुकुरी दीयेको भन्ये बादिका साछीले कीटानीसाथ भंन नसकेका हुनाले धंबहादुरले बचं दिये आगो लगाऊने तर्फ मद्दति सरीक नठहर्ने सदानंद धंबहादुर वारदातमा भयेको भन्ये देषिदा नीजहरुले हुन गरेको र सकलबहादुरले कुटेको ठहर्छ धंसीवो देविकुमारी आईमाई लोग्ने मानिस ससुरा संधी बादीलाई हुन गर्न गये होलां भंन नहुने हुनाले देवकुमारी धंसांवोले हुल गरेको नठहर्ने बाबु छोरास्मेतको कुटपिट् भयेकोमा ज्यां मार्ने उद्योग गरेको भन्ये कीटानि सबुद नहुदा ज्यां मार्न उद्योग गरेको नठहर्ने त्राससंम देषायेको भंनुपर्ने र आगो लगाऊन उद्योग तर्फ दिऊसो बजार मानिसको माझ भीडमा सलै कोरि फालेको भंदैमा आगो लगाऊन उद्योग गरेको भंन नभै त्राससंम देषाऊऊन सलै कोरि फालेको बिचैमा निभेको हुदा आगो लगाऊनेका महलले लेषिये देषि बाहेक भै सो लेखये देखि बाहेक बमोजिं सजाये गर्नेस्मेत ७हरायेको ईन्साफ बाग्लुं अदालतको मनासिब ज्यां मार्न उद्योग गरे भनि बादिले झुट्टा ऊजूर गरेतर्फ बाग्लुं अदालतले ज्यां संबंधीको ४१ नं ले १ यक बर्ष बादि बलबहादुरलाई सजाये गर्ने गरेकोहक्मा बाबु छोरा संधीस्मेतको झगडा कुट् पिट् वारदात देषियेको हुनाले बेईजति भंनुपर्ने भै येसतर्फ झुट्टा ऊजूर गरेमा वादि बलबहादुरलाई ज्यां संबंधीको ४१ नं बमोजिं कैद लाग्दैन बेईज्जतिका ७ नं बमोजिं निज बलबहादुरलाई पसेतर्फ मोरु २५। डंड गर्नू अरु सजायेस्मेत बाग्लुं अदालत्को मनासीब पाल्पा अपिलको केहि गल्ति ठहर्छ तपसिल बमोजिं गर्नू।
तपसिल
माथी लेषीये बमोजिं आगो लगाऊन उद्योग गरे भनेतर्फ आगो लगाऊनेको महलको लेषिये देषी बाहेक सजाये गर्ने गरेको बाग्लुं अदालतको सदर भै पाल्पा अपीलका २००९।७।१९ का फै ले गर्ने गरेको देहाये बमोजिंको कैद नलाग्ने हुदा असुल भये फिर्ता र नभये बेहोरा जनाई लगत काटि दीने कलं पाल्पा अपिलाइ पुर्जि गर्न अत फौ फाट्मा लगत दीने ------------------------------------------------------१
प्र. बागलुं सिबधारा बस्ने सकलबहादुर सेरचं थकालिके कैद बर्ष २। दुईको कलं१
ऐ बाल्गुंबजार सिबघाट् बस्ने धंबहादुर गौचन् थकालिके कैद बर्ष १ । येक बर्षको कलं ------------------------------------------------------------------------१
नीज धंबहादुर गौचन थकालीके बचं दीयेको नठहरेकाले पाल्पा अपीलका २००९।७।१९ का फै ले गर्ने गरेको कैद ।।१ मैन्हा र डंड मोरु २०। नलाग्ने हुदा असुल भये फिर्ता र नभये बेहोरा जनाई लगत् काटी दीने कैद ।।१ मैन्हा र मोरु २०। को कलं --------------------------------------------------------१
नीज धंबहादुरके इन्साफ केही उल्टी भयेकोले अपील गरेमा केही गर्नु नपर्ने -----१
देहायेका प्रत्येवादीलाई पाल्पा अपिल्का २००९।७।१९ का फै ले गर्ने गरेको डंड नलाग्ने हुदा असुल भये फीर्ता र नभये बेहोरा जनाइ लगत काटीदीने देहाये बमोजिंको कलं ------------------------------------------------------------------------
बाल्गुं बजार सिवधारा बस्ने धनसनंवो थकालीनीके मोरु २०। वीसको कलं ---१
ऐ बस्ने देवकुमारी थकालनीके ऐ मोरु २०। बीसको कलं -------------------१
ऐ पाषाघर बस्ने सदानंद जैसीके मोरु २०। वीसको कलं --------------------१
बादी बाल्गुं बजार डो बस्ना बलबहादुर सेरचंके भाथी लेषीये बमोजिं सुरु बाल्गुं अदालतका ९।२।९ का फै ले लिने गरेको कुट् पिटतर्फ ।।७।३० कैद र रु १२।५० लाग्ने र ज्यां मार्न उद्योग तर्फ झुट्टा उजूर गरेमा गर्ने गरेको कैद १। बर्ष नलाग्ने भै येसतर्फ बेईज्तीका ७ नंले माथी लेषीये बमोजिं मोरु २५। लाग्ने ठहरेकोले लाग्ने ठहरेको कैद ।।७।३० को हुने मोरु ४।५० र ड्ड रु १२।५० हाल लाग्ने ठहरेको मोरु २५। स्मेत जम्मा मोरु ४२ अपीलका २००९।७।१९ का फै ले ज्माको हुने नगदी रु २२९।२० तिरी लगत कट्टा भयेको भये फेर्ता र नभये लगत् काटी दिने गरेकोमा सो लाग्ने ठहरेको मोरु ४२। कट्टी गरी बाकी मोरु १८७।२० असुल भये फेर्ता र नभये बेहोरा जनाई लगत काटी दीनु भनी पाल्पा अपीललाई पुर्जी गर्ने ऐ -----------------------------------------------------------------------
पाल्पा अपिलका देहायेका मानिसके ईन्साफ केही उल्टी भयेकाले हाका १५ नं ले तजबिजि मोरु १ऽ जरीवाना हुन्छ देहाये बमोजिं गर्ने -----------------------------
हाकिं सुबा सेरमान् गुभाजु का.ई. मञ्जेश्र्वरीके मोरु -------------------------।६५
अ.ना सु. हरिबहादुर श्रेष्ठ ल.पु.ई. सुंधाराके -------------------------------।२५
वि. त्रीलोचं पाध्या ------------------------------------------------------।१०
धरौटी हुदा जनाऊस्मेत दी मिसिल मिसिल फाटमा बुझँई दीनू।
प्रकाशशम्सेर
न्यायाधीश
फाट्वाला बि. उत्तरकुमार
इति सम्वत् २०११ साल फाल्गुण २० गते रोज ५ शुभम्--