• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३२१ - अैं बिरुध्द थुने

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/20 ९२

अ.द.नं. १३२१-२०११,

दे.फौ.पु/रीट नं. ३३१/१२७

 नेपाल प्रधान न्यायालय डिबिज बेञ्‍च

मुद्दा. नं.   १२७


निवेदक का.इ. लगन ढलाछेटोल बस्ने का. नगरपालीकाको षभापती जनकमान श्रेष्ठ।

विपक्षी- काठमाडौ मजिष्ट्रड


मुद्दा अैं बिरुध्द थुने

श्रीमाननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम.ए. बि एल।

श्रीमाननीय न्यायाधीस भगवति प्रसाद सिंह बी. एस. सी.बि. एल।

फैसला

येस्मा काठमाडौ मेजिष्ट्रेड्ले पुलिस गोश्र्वारामा अैं बीरुध्द थुनेकोले छुटाई पाऊ भंन्‍ने जनकमानजीको हकमा वा. पी.एन राणाको निवेदन पत्रमा यो नीबेदनको १ प्रती नकल पठाइ के भयेको रहेछ ७ दिन भीत्र कैफियेत बुझी पेस गर्नु भन्‍ने ११।९।१२।२ को सिंगल बेंचको आदेस भयेको ।

उक्त आदेस बमोजिं लेखेतमा नीज जनकमान काठमाडौ नगरपालीकाको सभापति भयेको र वाहाले नीम्न दफामा ऊल्लेख भये बमोजिं सर्कारी आदेसको अपहेलना गरी असान्ती अराकता फैलाऊने ऊदयसेले गैरकानुनी तरीकाले काठमाडौ नगरपालीकाको सभा गर्न लागेकोले ११।९।८ को निर्णय बमोजिं निर्देस जारी गरीयेकोमा तेसको ऊल्लंघन गरी पुलिस ऊर्दीस्मेत अटेर गरी जबरजस्ति गरेकोले ११।९।८ को नीर्णय बमोजिं पक्राऊ गरी ११।९।११ को नीर्णय बमोजिं नजरबन्द राखीयेको हुनाले प्रधान न्यायालयको पत्र बमोजिं प्रेषित गर्न भयेको बेहोरा लेखी यसै साथ पेस गरको छु भन्‍ने श्री सेक्रेटरी गृह मंत्रालयलाई लेखेको ११।९।१९।२ को बोधार्थ आयेको।

(१)       सर्कारी आदेसको अपहेलना गरेकोले जनकमानजीले अरको आदेस नभय सम्म काठमाडौ नगरपालीकाको सभापती काम गर्न नपाऊने भन्‍ने मंत्री मंडल बैठकको ११।८।२७ को निर्णय बमोजिं स्थानिय स्वयत्त साषन मंत्रालयबाट लेखि आयेको बेहोराको पत्र निज जनकमान जी ले ११।९।२ मा आफैले बुझी लीयेपछी तेस्को अपहेलना गरी सभापतीको हैसियेदले सभा बोलायेको औ सो आदेस मान्‍न इन्कारी गरी पत्र पठायेकोले ११।९।८ को येस अफिसको निर्णयबमोजिं सो सभा गर्न र जनमानजीलाई का. नगरपालीका सभा भवनमा प्रवेस गर्न निसेद गरी सं.वि. १० को निर्देस जारी भयेको।

(२)       सो नीरदेसको १ प्रती नगरपालीका काठमाडौमा टास भै तेस ठाऊमा पुलिस पालो बसेकोमा जनकमानजीले अरु साथीस्मेत ल्याई नीरदेस च्याती पुलिस ऊरदी अटेर गरी भीत्र पसी सभा गर्न लागेकोबाट सर्कारी आदेस नमानी अषान्ती अराजकता फैलाऊने कारबाई गरेकोले नेपाल सार्वजनीक सुरक्षा अैन २००७ को २(क) दफा बमोजिं कारवाईलाई पक्राऊ गर्ने नीर्णय बमोजिं ११।९।८ मा पक्राऊ भयको।

(३)       पक्राउ भै आयेपछी नीज जनकमानजीलाई यस अफिसमा बयान गराठ्ऊदा कुनै सवालको ज्वाफ दियेको र कुनै सवालको जवाफै नदी आफनै बयान कागजमा स्हीछाप नगरेको बाट माथी  दफामा लेखीयेकोले कागजबाट स्मेत उपत्यकाञ्चल कमिश्र्नर मेजिष्ट्रेड् सवालको १ ( ले˟व) दफा बमोजिं नजरबन्दको आज्ञा जारी भयेबाट २०११।९।८ देखी पक्राउ भै नजरबन्द रहेको।

सं.वि. को अर्थ के हो स्पष्टिकरण सोधनी भयेका कुराको ऊत्तर सिधै नपठाई गृह मंत्रालयमार्फत आउने गरी किन पठाउनु भयेको हो सो स्मेत बोधार्थ उत्तर नीज जनकमानजीलाई के अभीयोगमा कुं अैं सवालले कैले देखि थुनामा राखनु भयेको हो खुलाई यस सम्बन्धको कागजपत्रस्मेत ३ दिं भीत्र पठाऊनु होला भनी फेरी का. मजिष्ट्रेड्लाई लेखी पठाई आयेपछी पेस गर्नु भन्‍ने ११।९।२६ को सिङ्गल बेंचको आदेस भयेको।

उक्त आदेस बमोजिं लेखेमा श्री जनकमानजीलाई यस अफिसबाट ११।९।११।१ मा दियेको आज्ञाको प्रतिलीपी यसैसाथ पेस गरेको छु बेहोरा तेसबाट विदीत हुनेछ। अरु कुरा सोधनी भयेका ल्याई नीज जनकमानजी सान्ती सुरक्ष्या अन्तरगत मजिष्ट्रेड्ले पायेको अभिकार अन्तरगत थुनामा पर्नु भयेकोले ऊपत्यकांचल कमिश्नर मेजिष्ट्रड् सवालको १ (स) दफा र नेपाल सार्वजनिक सुरक्ष्या अैन २००७ को १२ दफाले कुनै अदालतमा जवाफदेखी गर्नु नपर्ने भयेको हुँदा सो व्यहोरा श्री माननीयमा बिनयपुर्वक अनुरोध गर्दछु। सान्ती सुरक्ष्या बारेको काम गृह मंत्रालय सम्बन्धीत भयेको हुंदा भयको कारवाईको बेहोरा गृहमंत्रालयमा पेस गरीयेको थीयो । सं. वी.१०। को अर्थ विज्ञप्तीमा निरदेस संख्या १०। को भन्‍ने ११।१०।३।५ मा का. मजिष्ट्रले ऊजर लेखी पठाऊनु भयेको।

यो मुद्दा डीबीजं बेञ्‍चमा पेस गर्नु भन्‍ने ११।१०।११।२ को सिंगल बेंचको आदेस र बहसलाइ ११।१०।२०।४ का दीन सर्कारी प्रतीनिधी पठाउनुहोला भनी श्री सेक्रेटरी गृहमन्त्रालयलाई लेखी पठाई सो दीन यो मुद्दा पेस गर्नु भन्‍ने ऐ मीतीको डीबीजन बेंचको आदेस भयेको।

श्री एटनी जनरल माघ १० गते देखी १९ दीनको घर बीदा नीकासमा हिन्दुस्थान जानुभै रहेकोले बिदा भुक्तानी गरी हाजीर हुने अन्जाम मीलाई पठाउने गरी सुचना गरीयोस भन्‍ने व्यहोराको श्री सेक्रेटरी गृहमन्त्रालयबाट ११।१०।२० को पत्र प्राप्त भयेको।

११।११।४ गते बहसलाइ श्री एटर्नि जनरल र का. मेजिष्ट्रड्लाइ पठाई दीनु भनी गृह मंत्रालएलाई लेखी पठाई सो दीन मुद्दा पेस गर्नु भन्‍ने ११।१०।२१।५ को र सो दीन मुद्दा पेस हुदा जनकमानजीलाई जेलबाट झिकी प्रधान न्यायालयमा ऊपस्थित गराऊनु होला भनी क.मेजिष्ट्रेड्लाई लेखी पठाइ जनकमानजीस्मेत राखी मुद्दा पेस गर्नु भन्‍ने ११।१०।२९।६ को स्मेत डीबीजं बेंचको आदेस भयेको।

जनकमानजी ऊपर तपायीकाहा कारवाई चलेको जे जति बिषय र तेस सम्बन्धको कागजातहरु सबै फायेल पठाई दीनु होला भनी का. मेजिष्ट्रड्लाई लेखी पठाउने ११।११।११ को आदेस भयेको।

ऊक्त आदेस बमोजिं लेखि पठायेमा वादी सर्कार प्र जनकमान मुद्दा बक्तव्यबारे कारवाई भयेको १ कार्तिक २७ गतेको बोर्डको बैठक नगरपालीका सम्बन्धी कारबाई भयेको १ ऊजुरवाला रामसुन्दर प्र.का. नगरपालीकाले बेहीसाब गर्‍यो भन्‍ने १ स्मेत मीसील ३ र बादी सर्कार प्र. जनकमानजीले गैर कानुनी तरीकाले सभा गरे भन्‍ने कारबाइ गरेकोफाएल १ स्मेतका मेजिष्ट्रेड अफीसका ११।११।१२।४ का पत्रसाथ प्राप्त हुन आयेको।

निवेदक जनकमानजी र सर्कारतर्फबाट बहस गर्न आउनू भयेको श्री एटर्नि जनरल स्मेत दुबै पक्षको बहस भयेको येस्मा काठ्माडौ नगरपालीकाको सभापती जनकमानजीले सरकारी आदेसको अपहेलना गरेको बारेमा अरको आदेस नभयेसम्म निजले सभापतिको काम काम गर्न नपाउने भन्‍ने मंत्री मण्डलको निर्णय भयेकोले सो बमोजिं गर्नु गराऊनु भन्‍ने स्थानिय स्वयत्त सासन मंत्रालयबाट लेखि आय बमोजिं काठमाडौ मेजिष्ट्रेड अफिसबाट पठायेको सुचना जनकमानजीले २०११।९।२ मा बुझी ली तेस्को ऊल्लंघन गरी सभापतिको हेसियेतबाट सदस्यहरुलाई एजेण्डा पठाई सभा बोलायेकी हुँदा नीजले गैर कानुनी तरीकाले सभा बोलाई मंत्री मण्डलको निर्णय बमोजिं भयेको आदेसको अपहेलना गरी असान्ती अराजकता फैलाई सार्वजनिक सुरक्ष्या भङ्ग गर्ने ऊद्येसे लियेकोले सो सभा हुन र अरको नीरदेस जारी नभयसम्म काठमाडौ नगरपालीका भवनमा जनकमानजीलाई प्रवेस गर्न नीसेद गरी दीने भन्‍ने काठमाडौ मेजिष्ट्रड्ले २०११।९।८ मा नीर्णय गरी पर्चा गरेको र सोहि बमोजिं निरदेस जारी गरेको र तेसको १ प्रती काठमाडौ नगरपालीका सभाभवनमा ढोकामा टास गरीपुलिस पहरास्मेत राखेको तर सो निरदेस जनकमानजीलाई पठायेकोमा नीज  घरमा र अफिसमा स्मेत फेला नपरेको भन्ने  सिपाही जनकबहादुरको रीपोटसाथ वापस आयेको र तेसपछी सो वापस आयेको खाम बन्दि नं २२३६ को पत्र मेजिष्ट्रेड् अफिसको फायेलमा नथी भयेको देखिन्छ, पुलीस प्रबन्धको लागि पुलिस गोश्र्वारामा २०११।९।८ मा लेखी गयेको र पुलिस डयूटी गरी रहेका बेलामा अंनाजी २ बजे जनकमानजी र नीजका साथमा ८।१० जना मानीस आई सो अफिसको मुल ढोकामा टासी राखेको निरदेस अडरस्मेत उक्काई च्याती लियेर गई अटेर गरी जबरजस्ति पसि सान्ती भङ्ग गरेको भन्‍ने पुलिसको जाहेरी देखीन्छ येत्तिकैमा जनकमानजीले सो नीरदेसको अपहेलना गरी सभापतीको हेसियतले सभा गर्न सदस्यहरु काहा एजेण्डा सर्कुलर चलायेको भै सो सरकुलरबाट सर्कारी आदेस नमानी अराजकता फैलाइ असान्ती फैलाऊने कारबाई गरेको औ सर्कारी नीर्णय नमान्‍ने भन्‍ने बेहोराको चिठीस्मेत काठमाडौ मेजिष्ट्रड्लाई आयेको र तेस्तो गैरकानुनी तरीकाले बोलायेको सभा गर्न र जनकमानजीलाई अरको निरदेस जारी नभयेसम्म काठमाडौ नगरपालीका भवनमा प्रवेस गर्न स्मेत नीसेद गरी तेसस्थानमा पुलिस प्रबन्धसमेत गरीयेकोमा जनकमानजीले अरु साथीस्मेत साथ हाली सो नीरदेस उक्काई च्याती पुलिस ऊरदीस्मेत अटेरगरी जबरजस्तीसाथ निसेद गरीयेको स्थानमा प्रवेस गरी अराजकता फैलाइ सभा गर्न लागेकोले नेपाल सार्वजनिक सुरक्ष्या अैंन २००७ को २ (क) दफा बमोजिं कारबाइ चलाऊन नीज जनकमानझीलाई पक्राउ गर्ने काठमाडौ मेजिष्ट्रेड्को निर्णय पर्चा देखीन्छ।

 

सो नीर्णय बमोजिं जनकमानजी पक्राउ भै काठमाडौ मेजिष्ट्रड् अफिसमा नीजको बयान गराऊदा कुनै प्रस्नको जवाफ दियेको कुनै प्रश्‍नको जवाफै नदी बयानमा स्हीछाप नगरेको भन्‍ने ऊल्लेख गरी नीज जनकमानजीलाई ऊपत्यकाञ्चल कमिश्नर मेजिष्ट्रड् सवालको १(ल+व) दफा र नेपाल सार्वजनिक सुरक्ष्या अैन २००७ सालको २क दफा अन्तरगत नजरबन्द राखी अ.व.को १५७ नं. का अैन बमोजिं नजरबन्द रहनाको कारण खोली आज्ञापत्र दिने भन्‍ने काठमाडौ मेजिष्ट्रेड्को ११।९।११ को नीरदेस पर्चा देखीन्छ सो नीरदेस बमोजि जनकमानजीलाई नीम्न लीखीत बेहोराको आज्ञा काठमाडौ मेजिष्ट्रेड् अफिसबाट दियेको देखिन्छ।

का.इ. लगन दलाछी टोल बस्ने श्री जनकमान श्रेष्टके तपाईले अरको आदेस नभयसम्म काठमाडौ नगरपालीकाको सभापती काम गर्न नपाउने भन्‍नेबारे मंत्रीमण्डलबाट निर्णय भयेको आदेस ऊलंघन गरी सभापतिको हैसियदले काठमाडौ नगरपालीकाको सभा बैठक बस्नालाई एजेण्डा पठायेको १ तपाञीलाई अरको नीरदेस नभयेसम्म काठमाडौ नगरपालीका भवनमा प्रवेस गर्ननपाऊने र सो तपाञीले बोलायेको सभा गर्न नपाउने बारे येस अफिसबाट नीरदेस जारी गरी टास भयेको नीरदेस उक्काई च्याती प्रवेसलाई निसेद भयेको स्थान अरु हुलस्मेत ल्याई प्रवेस गरी सभा गर्न लागेको,  पक्राउ भै आयेपछी तपाञीको कागज बयान गराऊदा कुनै सवालको जवाफ दी कुनै सवालको जवाफ नदी बयानमास्मेत स्हीछाप नगरेको १ स्मेत सो कारणले तपाञीलाई उपत्याकांचल कमीश्नर मेजिष्ट्रेड् सवालको १ (ल+व) दफा र नेपाल सार्वजनीक सुरक्ष्या अैंन २००७ को २ (क) दफा अन्तरगत नजरबन्द राखने येस अफिसको २०११।९।११ को नीर्णय बमोजिं तपाञीलाई नजरबन्द राखने यो आज्ञा जारी गरी अदालती बन्दोबस्तको १५७ नं बमोजिं दीइएको छ यो आज्ञाको बिषयमा तपाञीको केही भन्‍नु छ भने नेपाल सार्वजनीक सुरक्ष्या अैन २००७ को (५क) दफा बमोजिं श्री सेक्रेटरीज्यू गृह मंत्रालय छेऊ निवेदन गर्न सक्नु हुनेछ। सदर जेल अफिसको हाकीं जीम्मा भद्रगोल जेलमा रहनुहोला।

जनकमानजीको ऊपर काठमाडौ मेजिष्ट्रड्ले उपत्यकांचल कमिश्नर मेजिष्ट्रेड् सवालको १ (ल+व) दफा नेपाल सार्वजनीक सुरक्ष्या अैनको २(क) दफा खन्तरगत जनकमानजीलाई नजबन्दा राखेको देखीयेको मेजिष्ट्रेड् सवालको १(ल+व) दफा अन्तरगत नजरबन्द नभै कैद र थुनासम्म राखने सो सबालको बेबस्था देखीन्छ नजरबन्द राखने बेबस्था देखीदैन सो सवालको १(क) दफा बमोजिं ६ मैन्हासम्म थुनामा राखने र १(व) दफा बमोजिं ३ बर्षसम्म सो मेजिष्ट्रेड् सवालले  मेजिष्ट्रटले कैद गर्न सक्ने देखिन्छ तर मेजिष्ट्रेड्को पर्चा र आज्ञामास्मेत यति मैना वा येती बर्ष कैदमा थुनामा राखेको भन्‍ने देखीदैन। नजरबन्द राखने नेपाल सार्वजनिक सुरक्ष्या अैंनमा मात्र बेवस्था भयेको छ । र मेजिष्ट्रड्को आज्ञा अै बमोजिंको हो भन्‍न नमील्ने सार्वजनीक बयान सुरक्षा अइन बमोजिम मेजिष्ट्रडले  जनकमानजीको  गरायेको भनु भनेपनी सो अैनमा तेस्तो वयान गराउने बेबस्था नभयेको र मेजिष्ट्रड्ले सार्वजनीक सुरक्ष्या अैंन प्रयोग गर्ने ठहरायेपछी सो अैबमोजिं नजरबन्द राखने कारण खोली आज्ञा दीनु पर्नेमा जनकमानजीको वयान गराई रहनु भयेको सर्वथा बेकानुनी छ तेस्तो बयानगराऊदा जनकमानजीले केही प्रश्नको ऊत्तर दीयेको केही प्रश्नको उत्तर नदी बयानमा स्हीस्मेत नगरेको भन्‍ने अभियोगमा मेजिष्ट्रेड् सवालको १(ल) दफालाई जनकमानजीलाई नजरबन्द राखनु कानुन बमोजिंको हो भन्‍न नमील्ने, ऊत्तर नदी बयानमा स्हीस्मेत नगरेमा मेजिष्ट्रेड्ले अ.वं. २०० नम्बर बमोजीं कारबाई गर्नु पर्ने सो अैं " अ.वं. २०० नम्बरमा थुन्ने केही बेबस्था नभयेको " ।

 मेजिष्ट्रेड् सवालको १ (ल) दफा बमोजिं कारबाई गर्नालाई सो सवालको १ (म) या (र) दफा बमोजिं जनकमानजीको कागज गरायेको मीसीलमा देखीदैन र सो (म) या (र) दफा बमोजिं मेजिष्ट्रेडले रीतपुर्वक  करबाई नगरेको सो दफाहरु बमोजिं रितपुर्वकको कारबाइ नै नगरी सो दफा बमोजिं जनकमानजीको कागज नभयेकोमा जनकमानजीले कागज गराऊदा गर्दीन भन्‍ने ऊक्तिली मेजिष्ट्रेड् सवालको १(ल) दफा प्रयोग गरी जनकमानजीलाई काठमाडौ मेजिष्ट्रेड्ले नजरबन्द राखेको सर्वथा बेकानूनी ठहर्छ र यो दफा बमोजिं जनकमानजीलाई नजरबन्द राखने मेजिष्ट्रडको आज्ञा रद्द गरी दिनु।

 

मेजिष्ट्रड्ले मेजिष्ट्रेड् सवालको १(व) दफा पनी प्रयोग गरी जनकमानजीलाई नजरबन्द राखेको देखीन्छ। सो दफामा उल्लेख गरीयेको अपराध बिषय काठमाडौ मेजिष्ट्रड्ले जनकमानजी ऊपर छुटं कारबाई गरी मीट्ठिल खडा भयेको पनी देखीन्छ येत्तीकैमा सार्वजनीक सुरक्ष्या अैंन अन्तरगत कारबाई गरी मेजिष्ट्रेड् सवालको १(व) दफा बमोजिं जनकमानजीलाई नजरबन्द राखेको सर्वथा बेकानुनी हो । यो अभियोगमा छुट्टै कारबाई भएको देखीनाले तेस बिषयको मिसिलमा अैं बमोजिंको कारबाई गर्नु भनी मेजिष्ट्रेड्लाई आदेस दी तेसमा ठहरे बमोजिं हुने हुनाले सार्वजनीक सुरक्ष्या अैंनले कारबाईको मीसीलमा जनकमानजीलाई मेजिष्ट्रेड् सवालको १(व) दफा बमोजिं नजरबन्द राखने मेजिष्ट्रेडको आज्ञा रद्द गरीदीनु ।

सार्वजनीक सुरक्ष्या अैनको २(क) दफा बमोजिं मेजिष्ट्रडले जनकमानजीलाई नजरबन्द राखेको विषयमा बेक्तिगत स्वतन्त्रताको अैं को ३ दफा बमोजिं जनकमानजीको उजुरी परेकोमा यस न्यायालयले तेस्तो ऊजुरी सुन्‍ने अधिकार छैन भन्‍ने एटर्नी जनरलले अर्ज गर्नु भयेकोमा सार्वजनीक सुरक्ष्या अैन कस्तो अवस्थामा प्रयोग गर्ने र सो अैन ठीक सीत प्रयोग भयेको छ छैन भन्‍ने बीषयमा अघी यसै न्यायलयको फुल बेंचले श्री मृगेन्द्र सम्सेर, भरत सम्सेरहरुको ऊजुरीमा बिस्तृत बहस भै फैसला गरे बमोजिं सार्वजनीक सुरक्ष्या अैनको प्रयोग अैं बमोजिम भयेको छ छैन भन्‍ने बिचार गर्न प्रधान न्यायालयलाई सार्वजनीक सुरक्ष्या अैंनको १२ दफाले केही बाधा दिदैन भन्‍ने भयेको हुनाले सबै बुदा कारणहरु सोही फुल बेञ्चको फैसलामा खुलेको हुनाले ञहा दोहोर्‍याई रहनु परेन । अब यो सार्वजनीक सुरक्ष्या अैन येस मुद्दामा प्रयोग हुने हो होईन बिचार गर्नु पर्‍यो।

मेजिष्ट्रेड् सवालको १ दफामा सान्ती सुरक्ष्या सम्बन्धि मेजिष्ट्रको अधिकार ऊल्लेख भयेको छ सो १ दफा अन्तरगत (ड,,र) दफाहरुमा सान्ती कायें राखनालाई मेजिष्ट्रड्ले के के कारबाई गर्नु पर्छ बिस्तृत उलल्लेख भयेको छ।

येस मुद्दामा मैजिष्ट्रड्ले नगरपालीका अैंको १४६ दफा र मैजिष्ट्रड् सवालको १ ( ऽ१) र (ण) दफा प्रयोग गरी कारबाई गरेको देखिन्छ तर सो कारबाई गरेको सुचना जनकमानजीलाई पठायेकोमा सो नीजलाई तामेल भयेको नीजको नीजको घरदैलामा टासीयको मीसिलबाट देखिदैन जनकमानजीको सेक्रेटरीले ११।९।७ गते मेजिष्ट्रेड्लाई लेखेको पत्रबाट मंत्री मण्डलको आदेस तथा नीर्णय गैर कानुनी हुनाले नगरपालीकाको सभापतीको हैसियेदमा जनकमानजीले तेस्तो गैरकानूनी तरिकाबाट आयेको मंत्री मण्डलको कनै पनी आदेस तथा निरदेस मान्‍न इन्कार गरेको देखीन्छ सो मंत्री मण्डलको निर्णय आदेस कानुनी बेकानुनी के हो तेसतर्फ यस मुद्दामा वीचार गर्नु पर्ने देखीदैन र तेस बिषयमा यस फैसलामा केही तोकदियेको छैन मुद्दाको मीसीलमा हेरदा मंत्री मण्डलको जनकमानजीलाई सभापति पदबाट झिकने नीर्णय भयेको र सो नीर्णय बमोजिं मेजिष्ट्रेड्ले जनकमानजीलाई निरदेस गरेमा जनकमानजीले सो निर्णयको बिपरीत नगरपालीकाको सभा बोलाई मीटीङ गर्न लागेको अवस्थामा मैजिष्टेड्ले जनकमानजीलाई पक्राऊ गरी मैजिष्ट्रड सवालको १(म) दफा अन्तरगत कारबाई गरी जनकमानजीले सवालको जवाफ केही दी केही नदी बयानमा स्हीस्मेत गर्न इन्कार गरेको अभियवऊमा मैजिष्ट्रेड सवालको १(ल+व) दफा अन्तरगत र सार्वजनीक सुरक्ष्या कानुन बमोजिं जनकमानजीलाई नजरबन्द राखेको देखिन्छ मैजिष्ट्रेड् सवालको १ (म) दफा बमोजिं कारबाई गरदा धन जमानत वा हाजीर जमानी अथवा (केल फेल ) जमानी ली वा सोस्मेत नली बर्ष दीन सम्म सान्ति भङ्ग हुने काम गर्ने छैन भन्‍ने सम्म कागज गराऊने सो सवालमा बेबस्था भयेको तेसो केही नगरी वा सो सवालको मतलबै नबुझी येकासी मैजिष्ट्रेड्ले मैजिष्ठ्रड् सवालको १(ल) दफा प्रयोग गरेको देखिनाले गर्नु पर्ने काम नगरी तेसै मानीसलाई सार्बजनीक सुरक्ष्या कानुन प्रयोग गर्नु सो कानुनको दुरुपयोग सिवाय अरु के  भन्‍न सकिन्छ र । मैजिष्ट्रडले सो मैजिष्ट्रेड सवाल बमोजिं काम गरेको भये नत सुरक्ष्या कानुनको प्रयोग गर्नु पर्ने थीयो नत सान्ति बाताबरणमा केही खलबली हुने थीयो।मैजिष्ट्रड् सवालको १ (म) दफा बमोजिं अैन सबालको रित पुर्‍याई मैजिष्ट्रेड्ले कारबाई गरेको भये मैजिष्ट्रड्ले सार्वजनीक सुरक्ष्या अैंन प्रयोग गर्नु पर्ने अवस्था उपस्थित हुने थीयेन । मुद्दाको रुप र ढङ्ग बीचार गर्दा जनकमनजीले मंत्री मण्डलको नीर्णयको प्रतीकुल नगरपालीकाको सभा गरेको भयेपनी सर्कारले तेस्तो अबस्थामा नगरपालीकाको अैंनको १४२ दफा प्रयोग गरी केही समयेका लागी सो  नगरपालिकालाई स्थगित गर्ने अथवा नगरपालिकाको सभा भङ्ग गर्न सकने थीयो तर नगरपालीकाको सभापतिले मंत्री मण्डलको निर्णय ऊलंघन गरी सभा गरेकोमा सभापतीलाई सार्वजनीक सुरक्ष्या कानुन लगाई मैजिष्ट्रड्ले नजरबन्द राखने नत सो सार्वजनीक सुरक्ष्या अैंनको मतलब या ऊड्ढेसे हो नत प्रचलीत अैंन कानुन बमोजिं नै हो नगरपालीकाको अैनको १४६ दफाले नगरपालीकाले सहरको सान्ती सुरक्ष्या खलबलयेको अथवा खलबलाउन सकने ठहरायेमा मैजिष्ट्रड्ले नगरपालीकालाई तेस्तो काम गर्नबाट रोकन सकने तर नगरपालीकाका कुनै सदस्य सभापती या ऊपसभापतीलाई सार्वजनीक सुरक्ष्या अैन लगाइ नजरबन्द राखने कानुनी बेबस्था देखीदैन। सो नगरपालीका अैं को १४६ दफा बमोजिं कारबाई गर्नलाई मैजिष्ट्रड् सवालको पैले १ (ड) दफा प्रयोग गर्ने र तेसमा पनी सान्ती कायें नभये सोही सवालको १ (म) दफा प्रयोग गरीजमानत ली वा नली सान्ती भङ्ग गर्ने छैन भनी कागज गराउने सो कागजमा स्ही गर्न नमाने सोही सवालको १(ल) दफा प्रयोग गरी थुनामा राखने सम्म कानुनी बेबस्था भयेको देखीन्छ। सोही बमोजिं मैजिष्ट्रेड्ले पनी कारबाई सुरु गरेको मीसीलबाट देखीन्छ तर सवालको असल मजवुन नबुझी अैन बमोजिंको कारबाई नगरी तेसै मानीसलाई थुनेको स्पष्ट देखिन्छ यस मुद्दामा सार्वजनीक सुरक्ष्या अैन प्रयोग गर्ने कुनै बेवस्ताबाट पनी देखीदैन नगरपालिका यौटा संस्था मात्र हो तेस संस्था भीत्र केही गोलमाल भयो भने नगरपालीकाको अैंन बमोजिं नै गर्नुपर्ने तर तेस्ता संस्थामा केही गड्बड् भयो भन्दैमा सार्वजनिक स्थिति राखन भन्‍ने प्रस्नै ऊठ्तैन । सार्वजनीक स्थिति भन्‍नाले आम जनताको स्थितिलाई संकेत गर्छ र नगरपालीकामा भयेको सदस्यहरुमा केही गोलमाल भयेकोमा सार्वजनिक स्थितिमा गड्बड् भयेको भन्‍न मील्दैन। येस्मा राष्ट्रको सुरक्ष्याको पनी केही प्रस्न ऊठ्दैन किनकी नगरपालीका भन्‍नाले राष्टलाई बोध हुदैन। राष्ट्रको सुरक्ष्यालाई वा सार्वजनिक स्थिति कायें राखने काम्मा केही बिरोध पर्न जाने कुनै कामबाट रोकन जरुरी परे मात्र सार्वजनीक सुरक्ष्या अैंन लगाउने प्रवन्ध भयेको सोही अैंनको दफा २(१) मा स्पष्ट छ। जनकमानजीले मंत्री मण्डलको नीर्णय बिपरीत नगरपालीकाको सभा बोलाई सभा गरेकोबाट नत् राष्ट्रको सुरक्ष्या न सार्वजनिक स्थिति कायें राखनमा केही बाधा देखीन्छ । साधारण सान्ति सुरक्ष्याको समस्या उठेमा मैजिष्ट्रेड्लाई चाहीने अधिकार मैजिष्ट्रेड् सवालले दियेकै छ सार्बजनिक सुरक्ष्या अैंन बिषेस अवस्था परी आयेमा र राष्ट्र र सार्वजनीक स्थिति गडबड् हुने मैजिष्ट्रड्ले महसु तेस्तो अवस्थालाई मात्र सार्वजनिक सुरक्ष्या अैंन प्रयोग गर्ने सो कुरा सवालको १ (ट) मा स्पष्ट छ नगरपालीका अैंन बमोजिं नगरी मैजिष्ट्रेड सवालको मजबुन नबुझी मैजिष्ट्रेडले सार्वजनीक सुरक्ष्या अैंन प्रयोग गरेको सर्बथा बेकानुनी ठहर्छ र सो अैंन प्रयोग गरी जनकमानजीलाई नजरबन्द राखेको बेरीत संग थुनेको ठहर्नाले जनकमानजीलाई तुरंत छाडीदीनु। जनकमानजीलाई बेरीतसंग थुनेमा बेरीतसंग थुन्‍नाको ८ नंबरका अैंन बमोजिं मैनको रु १५ का दर्ले पर्चा गरी थुनेको मीती ११।९।११।१ देखी ११।११।१९।९ तक मैन्हा।२।९ को मोहरु ३४।५० काठमाडौ मेजिष्ट्रेड् श्री बद्रीप्रसादजी थपलीया तापलेजुङ् आठराई मुलपानीलाई जरीबाना हुन्छ बहाल हुँदा अैं सवाल बमोजिं असुल गर्न तहसीलमा लगत दी प्रमाणलाई आयेको मीसीलहरु अैं सवाल बमोजिं गर्नालाई का. मैजिष्ट्रेड् अफिसमा पठाई यो मीसील मीसील फाट्मा बुजाई दीनु।

 

 

 

भगवती प्रसाद सिंह                                    हरिप्रसाद

न्यायाधीस

फाँटवाला वी इन्द्रदत्त                                            प्रधान न्यायाधीस

ईति सम्वत २०११ साल फागुण २० गते रोज ५सुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563