निर्णय नं. १३२४ - जगा बाली लुटपिट
अ.द.नं. १३२४-२०११,
दे.फौ.पु/रीट नं. २२६/११७१
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ नं. ११७१
मुदा जगा बाली लुटपिट
अपिलाट प्र. गनपति भट्टराई गुल्मी राज्य ई. ठुलो पोखराको कार्कि टार
विपक्ष बादि राधु भट्टराई ऐ ऐ -
इजलास
श्रीमाननिय न्यायाधीश प्रदिप्त मान्यबर नेपालतारा ले.ज. प्रकाश शम्सेर जङ्गबहादुर राणा--
फैसला
येस्मा गनपतिको दाजु मुक्तिरामले मोरु १०७0। मा ८६।१०।२५।६ मा मोरु ।२५ तिराको पाखो जगा मलाई राजीनामा गरीदीयेकोमा ८८ साल्मा मेरो मंजुर बेगर दाजु मुक्तिरामले जगा बिक्रि गरेछन बदर गरी पाऊ भनी म र मुक्तिरामस्मेतका नाऊमा गनपतिले नालेस गरेकोमा मुक्तिरामले गरिदियेको रजिनामाको सिरमा मंजुर छ भनी निज गनपतिले साछी बसी सै गरी दियेपछी हामीहरुले प्रतेऊत्तरै नदीयेको र निज गनपतिले पनी तारेख छाडि डिसमिस गरायको हुदा आजसम्म भोग चल गरी आयेकोमा यो ०५ साल्को मैले लगायेको बाली ये कार्तिक २८ गते मैले नचिन्हेका ४०˟४५ जना खेताला ल्याई कोदो लुटी लगेकोले नालेस गर्न आयाको छु श्र्व लुटी लगेको कोदो मुरी ३ को मोरु ६०। नवा भारी ३० को ७।५० स्मेत ज्मा मोरु६७।५० भराई खिचोला मेटाई जगा मेरो हक सदर गराई पाऊ भन्ने ब्य बादीको फिर्याद रहेछ।
लेंदें ब्यबहारबाट बादीको र तेजेको मोरु ४६० रिं लागी मदेस गयेको बखतमा बादिले मेरा दाजु मुक्तिरामबाट मेरा हकको कार्कि पाटा रु।५० तिराको आधी ।२५ तिराको जगा मोरु १०७०।मा गराई ली पस गराई लियेको छैन भनी देसबाट आई सुनेकाले निजहरुका नाउँमा ८८ साल्मा नालेस गरेमा यो बादी मसंग आई मेरो र तेजेको गरी रु ४६०। मा केहि थपदिंछु १०७०। को आधी ५३५। मा आधी तिंरो पाखो तिमिलाई नै हामि राधु छविलालले छाडी दिन्छौ भनि ८८।२।२९ गते राधु र छविलालले मोरु ।१२।२ को जगा राजीनामा गरीदी र थप रुपैञास्मेत मलाई दियेबाट आजसम्म भोग गरी तिरो तिरी आयेको छु बादीले बाली लुटे भनी झुटा ऊजुर गरेको हो भन्नेस्मेत ब्यहोराको प्र. गनपतिको प्रतेऊत्तर रहेछ।
बुझियसम्मका प्रमाण परीबन्दबाट ८८ साल्मा मुदा परी डिसमिस गरायेकोमा ईंसाफ दिनुपर्छकि भन्नालाइ ८६ सल माघ २६ गतेको मोहरु १२७०। को राजीनामा लिदा रजिष्टेसन पास गराई लीन नसकेको तेस्ता राजीनामाबाट जगाको हक टुटछ भन्न नहुने हुदा जगा दाता मुक्तिरामकै हक भन्नुपर्ने र थैली बादीले खोजी गरेका बखत कपालीमा ठहरे माफिक गर्ने र रजिष्टेसंका ३।७ नं डं.ड स.का ५३ नं ले खारेज हुने ठहर्छ भनी २००७।९।१८।३ मा सुरु गुल्मी राज्य अदालतबाट फैसला गरेको रहेछ।
श्र्व ईन्साफमा चीत्त बुझेन भन्ने बादी राधु भट्टराईको पाल्पा अपिलमा अपिल परेको रहेछ।
अघि ८८ साल्मा बादीस्मेतका नाऊमा प्रतेवादिले नालेस गर्दा ऊजुरी डिसमिस गरायेको र श्र्वही कुरामा फेरी हक दाबिको ऊजुर अव २२६ नं ले नलाग्ने रैकर जगा २ बर्ष भन्दा बढी तिरो गरी भोग गर्दा चुप लागी बसेबाट बादीको हक नपुगने भनी खारेज गर्न नहुने र पैला यै बादीलाई राजीनामा गरी दीयेको रु ।२५ तिराको जगा देखियेको तेस्मा फेरी आधी बादीसुमेतबाट प्रतेवादीले राजीनामा गराई लियेको भये तिरो बुझायेको रसीद प्रमाण दिन सकनु पर्ने र पेस गरेको रसिद नकल हेर्दा घरबारीको ।३२ तिरो बुझायेको रसिद देखियेकोले यहि जगाको रसिद रहेछ भन्न नहुने राजिनामा अैंले पास गर्नूपर्ने श्र्व पनी नभयेको र बादीबाट पेस भएको ८७ सालदेखि ०५ सालतक् को रसीद हेर्दा राजीनामा बमोजिंको जगाको तिरो बुझायाको देखियेको प्रमाण छदाछदै तिरो भरो गर्न नसकने प्रतेबादीको जगा भन्न पनी मुनाशिब नपर्ने हुदा बादी दाबिको सबै जगा बादीकै हक देखिने र बाली लुटेतर्फ वादी दाबिको जगा ३ खन्डको १ खन्ड बादीको दाजु छविलालको हकको हो भनी निज बादीले कागज गरी दीयेकोले १ खन्ड छविलालको हकको जगामा बादीको उजुरबाट कारबाई गर्न नहने हुदा खारेज गर्ने २ खन्ड बालीको हकमा
आधी जगा मेरै हुदा बाली खायेको हु भनी प्रतेवादी साबीतै भयेको जगा प्रतेवादीको नठहरे पछी बाली लुटी प्रतेवादीले खायेकै ठहर्छ भनी सुरुको ईंसाफ गल्ती ठहराई ०८।८।१४।५ मा पाल्पा अपिलको फैसला रहेछ।
श्र्व पाल्पा अपिलको ईन्साफमा चीत्त बुझेन भन्ने प्रतेबादी गनपतिको प्रधान न्यायालयमा अपिल परेको रहेछ।
पेश हुन आयेको यो मुद्दा बुझदा श्र्व रु ।२५ तिराको जगा मधये आधि रु ।१२।२ तिराको जगा मोरु ५३५। मा राधु छविले राजीनामा गरी दीयेको भन्ने अपिलाट गनपतिको जीकिर भयेकोमा श्र्व मोरु ५३५। सकल राजीनामा सद्देकिर्ते तर्फ मुदा चलेको मिसिल पाल्पा अपिलमा छ भनि निज गनपतिको द्रखास्त परी ०१०।६।२।६ मा भयेको सिङ्गल बेञ्चका आदेश बमोझिं झीकाई आयेको ईनै बादी प्रतेवादी प्रतेवादीको किर्ते मुदाको मिसिल हेर्दा श्र्व मोरु ५३५ को राजीनामा रजिष्टेसंका ३˟७ नं ले श्र्व लेखत पास गर्नु पर्ने नगरेको र श्र्व राझीनामा बमोजिंको तिरो भरो गरेकोस्मेत नदेखियेकोले तेस्तो राजिनामाबाट जगाको हकबेहक गरी लिखत सदेकिर्तेमा सुनाई तैकात गर्न नपर्ने हुदा खारेज गर्ने ठहराई शुरु र ०८।८।१४।५ मा पाल्पा अपिलबाटस्मेत फैसला गरेको देखियेको र जुं राजीनामाबाट आधी जगामा मेरो हक भयेको भनी अपिलाटको जिकिर छ श्र्व राजीनाभै अैं सवालको रीत नपुगेबाट तेसबाट जगामा हक बेहक गर्न नमिल्ने भनी फैसला भयेकोमा अपिल गर्न नसकि चित्त बुझाइ बसेको र तिरोभरो गरेको भनी पेस गरेको रसीद हेर्दा पनि तिरोको अंकस्मेत नमिली फरक परेकोले (स्मेले सोले) स्मेत सुरुको उल्टी गरी छीनेको ईन्साफ पाल्पा अपिलको मुनाशिब छ ईंसाफ पारी छीन्ने हाकिं उपर अपिल गरे बापत अपिलाट गनपती भट्टराईको सुरु दण्ड मोरु १०। को पैला अपिल हुदा हा.का. १० नं ले सैक्रा १० ले मोरु १। एक थप दण्ड हुनेमा श्र्व दण्ड तारेखमा बस्नु नपरोस भनी २००८।१२।२।५ मा धरौट राखि अपिल गरेको देखियेकोले श्र्व धरौट मोरु १। एक सदरस्याहा गर्नु भनी पाल्पा अपिललाई पुर्जि गर्न तहसिलमा लगत दी मुदा किनारा भयेको जनाऊ अपिलाटलाई दी मिसिल जिल्लामा पठाऊन मिसिल फाटमा बुझाइ दिनु।
प्रकाशशम्सेर
न्यायाधीश
ईति सम्वत २०११ साल फागुण २४ गते रोज २ शुभं----