• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३३९ - जग्गा

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/15 ६२

अ.द.नं. १३३९-२०११,

दे.फौ.पु/रीट नं. ६८१/३६४

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्‍च

अ.नं. ३६४


अपिलाट् वादी धनकुटा इ पाचथर खान्द्रुङ बस्ने तारावीर खत्री छेत्री

वीपक्ष प्रतेवादी धनकुटा पाचथर थामथुम बस्ने जङ्गवीर नेवारस्मेत


मुद जगा

इजलास

श्रीमाननीय न्यायाधीस प्रदिप्तमान्यबर नेपालतारा ले.ज. प्रकाशसम्सेर जङ्गबहादुर राणा

फैसला

येस्मा जङ्गवीर बोहराले मसंग कंरु ७०० खाई रु ।७५ तीराको रैकर लट्टे खेत र बाझोकुजो स्मेत ६ साल बैशाष १९ गते राजीनामा गरी ऐ २० गते रजीष्टेसन पास गरेकाले ६ साललाई प्र. जङ्गवीर नेवारले कुत मुरी ३ बुझाउने कबुलीयेत गरी कमाइ कुत तीरेको राजीनामा माटो ।४ लेखीयेको दर्तामा मुरी ।४।१० भै पाथी।१० माटो छुटेपनी दर्ता बमोजीं रु ।७५ तीरो तीरी भोगेको सो कील्ला भीत्रको जगा जंगवीर नेवारका दर्खास्तबाट डोरले नापी स्मेत गरीसकेको टास मुचुकाबाट थाहा पाउदा नालेस गर्न आयेको छु पैले जंगे बोहराको दर्खास्त पर्दा सो जगा तारावीरलाई राजीनामा गरीदीयेकोले दर्ता गर्न नपर्ने ठहराई ६।७।३० गते तेरथुम मालले पर्चा गरेको सोही जगा हुदा डोरले दर्ता गर्ने गरी ल्यायेकोस्मेत बदर गरी मेरो राजीनामाको अवादी बाझो जगा मेरो सदर गरीपाउ भन्‍ने तारावीरको बादी,

बादीलाई राजीनामा गरीदीयेको लट्टे खेत र जंगवीरको बाबु मनीराज नेवारलाई राजीनामा गरीदियेको जगा जींमा बेगल भयेको वीरबहादुर जींमा लंबरी दर्ता भयेको माटो ।४। १० तीरो ।७५ मधे माटो ।.।१० को जगा बाकी राखी मुरी ।४ छुत्याइ बादीलाइ राजीनामा गरी दियेको हुं म नीराजको खहरे बारी देखी पुर्व भनेको जामुनाको बोट भयेको खहरे खोल्सी देखी पुर्व मात्र वादीले पायेकोमा हाल सो खहरे खोल्सी देखी पसींपट्टीको खोल्सो हो भनी झुट्टा नालेस दीयेको हो सीं खेताबारीमा जंगवीरसँग म र बाबुमनीराजस्मेतको झगडा परी घरायस्मा रु १०० जंगवीर बोहरालाई दी जंगवीरले राजीनामा गरी दियेकोले हर्षमललाई तीरो बुझाइ भोगेको सीं खेत ।२ पाथी ब्यूको मात्र भयेकोमा छेउछाउ बीरौटा बनाई दर्ता गरी पाउ भनी दर्खास्त दी नापजाच भयेको हो बादीको मुरी ।४।१० को जगा छुत्याई अरु जगा मेरा मेरा नाउमा दर्ता गरी भन्‍ने जंगवीर नेवारस्मेतको प्रतेवादी,  जगाको ४ कील्ला देखी पुरा तीरो रु ।७५ को जगा राजीनामा गरेकोले ।.।१० पाथीको जगा छुत्याई दीयेको भन्‍न नहुने नञा बीरौटो दर्ता गरीपाउ भनी हर्षमलको दर्खास्त परेकोमा डोर जादा जंगवीर बोहराका नाउमा माटो ।४।१० दर्ता भै नीजले तारावीरलाई राजीनामा गरी दीयेको जगा मधेको यो दर्खास्तको जगा हो मेरो नाउ चोरी झुट्टा दर्खास्त दीयेछ दर्ता गर्न सकदीन भन्‍ने हर्ष मलको कागज भै आयेकोले दर्ता गर्न नपर्ने भनी ६।७।३० गते तेरथं मालबाट पर्चा भयेकोले दोहरा पारी दर्ता गरीपाउँ भनी प्र जंगवीर न्वारले झुट्टा दरखास्त दी खीचोला गरेको ठहर्छ भनी ८।३।१७ गते धनकुटा अदालतले फैसला गरेको,

बादीले मुरी ।४।१० नै राजीनामा गरेको ठहरायेको सुरुकै मनासीव राजीनामा जती कील्ला राखे पनी दर्ता बमोजीं मात्र सदर हुने दर्ताको पसीं कील्ला मनीराज नेवारको खहरे बारी भनेको हाल गर्जंमान श्रीपालीको बारी पुर्व भन्‍ने र रसीदमा गजंमानश्रीपालीका बारी छैउ जंगल पुर्व भन्‍ने र हर्खमलका दर्खास्तबाट भयेका पर्चामा मनीराज नेवारका खहरे बारी जंगल पाखो पुर्व भनेको हाल गजंमान श्रिपालीले खायेका बारी वरी जंगलदेखी पुर्व भन्‍ने लेखी लेखाई कील्ला सारी प्रतेवादीको जगा दाबी गरेको देखीयेकोले दर्खास्त बमोजीं र्ता भयेको जगा तीरो भरो गरी प्रतेवादीले खान पाउने र बादीद्ये झुट्टा उजुर गरेको ठहछ भनी ८।१०।१४ गते धनकुटा अपीलले फैसला गरेको,  सो इन्साफमा चीत्त बुझेन भन्‍ने बादी तारावीर को धरौटी अपिल परेको यो मुद्दा बुझदा हाल भयेका नकसा र वादीको खेत दर्ताको कील्ला भीडाई हेर्दा दर्तामा जगते लींबुका बीपट् पाखो देखी उतर तिलकेनीका रुख मुनी पाखो देखी दछीण चपले ढुंगावरी खहरे खोल्सी देखी मसीं मनीराज नेवारको खहरे बारी जंगल पाखो पुर्व येती ४ कील्ला भीत्र माटो ।४।१० के तीरो रु ।७५ लागी जंगवीर बोहराका नाउमा दर्ता भयेको सो जगा वादी तारावीरले राजीनामा गरी लियेको सोही कील्ला भीत्र हाल जंगवीर नेवारले दर्ता गरी पाउ भनी दर्खास्त दीयेको झगडा परेको जगा जनीयेकोले नीज जंगवीरका दर्खास्त कायेम गर्दा दोहोरो दर्ता हुने देखीयेको र छलफलमा झीकाउदा जंगवीर नेवार र जंगवीर बोहराको हकदार हेमबहादुर हाजीर हुन नआई म्याद गुजारेको हुनाले र अरु सुरुका फैसलामा लेखीयेका बुदा प्रमाणबाट झगडा परेको जगा बादीको राजीनामाको कील्ला भीत्रको ठहराई जंगवीर नेवारको दर्खास्त बदर गर्ने गरी छीनेको इन्साफ सुरुको मनासीब देखीदा धनकुटा अपिलले गल्ती इन्साफ गरेको ठहर्छ पछी बुझीयेका प्रमाणबाट उल्टी हुदा उल्टीमा धनकुटा अपीललाई जरीवाना गर्नु पर्दैन तपसील बमोजिंको लगत तहसीलमा दी मुदा छीनीयेको जनाउ अपीलाट तारावीरलाई पठँइ मीसील मीसील फाटमा बुझाइ दीनु ।

तपसील

देहायेका मानीसके धनकुटा अदालतका ८ साल आखाड १७ गतेका फैसलाले तीरो रु । ७५ को लट्टै खेतमा कीचोला गरेको ठहरेकाले जगा मीचनेका २७ नं ले जंगवीर बोहराके रु ।३४ जंगवीर नेवारके रु ।३३ सुब्बा नरधोज लींबुके रु ।३३ स्मेत ज्मा मोरु १। येक ८ण्ड गर्ने गरेकोमा जंगवीर नेवारका हकमा धनकुटा अपीलका ९।१०।१४ का फैसलाले जगा जीतेमा रु १। सलामी लाग्नेमा सुरुले लीने गरेको सुरु डण्ड रु ।३३ कट्टा गरी बाकी मोरु ।६७ असुल गर्ने जंगवीर बोहराका हकमा रु ।७५ तीराको ज्मै जगा राजीनामा गरी दीयेकोमा ।४ मुरी माटो मात्र दीयेको भनी झुट्टा लेखेबापत जमीका २७ नं ले रु १। डंड हुन्छ सुरुले लीने गरेको रु ।३४ मा कट्टा गरी बाकी रु ।६६असुल गर्ने पाचथर कुडुंमा बस्ने सुवा नरधोजलाइ सुरुले गरेको डंड रु ।३३ नलाग्ने हुदा असुल भये फीर्ता नभये लगत काटी दीने गरेकोमा इन्साफ सुरुकै मनासीब ठहरेकोले अपीलको लगत काटी सुरुकै लगत फैसला बमोजीं कायें गर्नु भनी धनकुटा अदालतलाई पुर्जी गर्नु भनी तहसीलमा लगत दीने देहायेका कलं -----

धंकुटा ई पाचथर फापुं बस्ने जंगवीर बोहरा मरी नीजको हकमा नलाग्ने हुदा लगत काटी दीने रु । ३४ को कलंमा सुरु फै लगत बमोजीं लीन नीज मरी सकेकोले नपर्ने--------------------------------------------------------------------------१

ऐ बस्ने जं गवीर नेवारके रु ।३३ को कलं ----------------------------------१

ऐ पाचथर कुसुंवा बस्ने सु. नरध्वज लींबुके रु ।३३ को कलं -----------------१

वादी पाचथर खाबुं बस्ने तारावीर खत्री छेत्रीके सुरुका फैसलाले लट्टे खेत खान पाउने भै जीतेमा जगा मीचनेका २० नं ले सलामी रु १। लाग्ने गरेकोमा धं अपीलका फैसलाले झुट्टा उजुर गरेमा जमीका २७ नं ले रु २। डण्ड हुन्छ सुरुले लीने गरेको सलामी नलाग्ने हुदा रु १। कट्टा गरी बाकी रु १। असुल गर्ने गरेकोमा सुरुकै इन्साफ कायें भयेकोले अपीलको लगत काटी सुरुकै फैसला लगत बमोजीं कायें गर्नु भनी धं अदालतलाई लेखी पठाउनु भनी तहसीलमा लगत दीने सलामी रु १। येकको कलं---------------------------------------------------------------------------१

धंकुटा अदालतका देहेका मानीसके धं अपीलका फैसलाले मुदा उल्टीमा गर्ने गरेको जरीवाना मोरु १ येक नलाग्ने हुदा असुल भये फीर्ता नभये लगत काटी दीनु भनी ऐ-

का.मु. अनाडी कृस्नमान श्रेष्टके रु ।५० को कलं –१

मेंवर नाडी. गोवींदप्रसाद लीबुके ऐ ।३० को कलं ---१

बी. चन्द्रलाल श्रेष्टके ऐ ।२० को ऐ ---------------१

अपील अबस्ता पुगेपछी लेखीयेका जगा जंगवीर नेवारका नाउमा दर्ता गरीदीनु भनी सुरुबाटै १३ थुम मललाइ जनाउ पुर्जी गरी दीने भनी धं अपीलका फैसलामा लेखेकालाइ सो अपीलको इन्साफ उल्टी हुदा सो बमोजीं लेखोट गर्नु नपर्ने हुदा केही गर्नु नपर्ने--

 

प्रकाशशम्सेर    

           न्यायाधीस                                          

इती सम्वत्  २०११ साल मार्ग १५ गते रोज ३ सुभम

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563