• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३४६ - जगा दपोट

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/13 ८३

अ.द.नं. १३४६-२०११,

दे.फौ.पु/रीट नं. ७९७/९१६

प्रधान न्यायालय डिभीजन बेंच

मुद्दा नम्बर  ९१६

नीवेदक प्रतेवादी चीत्र बहादुर प्रेमबाहादुर बिष्ट का इ गोकर्ण  

वीपछी बादी बिष्णुरमण भट्ट का ई नरदेवी टोल      

मुद्दा जगा दपोट

इजलास

श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम.ए.बि.एल.

श्रीमाननीय न्यायाधीश भैरवराज पंत उपाध्याय

फैसला

येस्मा मेरा नाउको पोता ६१ नं मा दर्ता भयके जगा मधे गोकर्णको कामीटार खेत रोपनी २३ र खरनीटार भंनेस्मेत खेत रोपनी १० स्मेत जम्मा रोपनी ३३ मा टीकाराम बीश्र्वनाथ भवनाथ डंड पानीस्मेत अघी ४ मोन्ही भै कमाइ आयेको जगामा शीवपुरी रैकर जाच अडाबाट जाँच हुदा कामीटार २३ मा ९ रोपनी बीर्ता थामी १४ रोपनी रैकर खरानीटार भंने खेत रोपनी १० स्मेत जम्मा रोपनी ६ वीर्ता थामी ४ रोपनी रैकर गरी दियको मोहीहरुले रैकर बीर्ता यकै चकला गरी कमाइ आयको खरानीटारस्मेत ६ रोपनी चीत्रबीलासबाट हरीदत्तले मोहीयानी ली प्रेम बहादुरलाइ रैकर बीर्तास्मेत बीक्री गरेपछि प्रेम बहादुरले नापीमा मेरो बीर्ताबाट कट्टी भै गयको रैकरमात्र देखाई बीर्ता गुं पार्ने नियेद गरेको र विश्र्वनाथस्मेतबाट चित्रबहादुरले कामीटार रैकर बीर्ता गरी ली नीजहरु दाजु भाइ हुदा यकै चकला मिलाई कमाइ बीर्ता नदेखाइ ५३९˟ ५४०˟ ५४१ ˟ ५४२ ˟ ५४६ ˟ ५४७ ˟ ५५९ ˟ ५५० कितामा प्रेबहादुर चीत्रबहादुरले बीर्ता घुसाई दर्ता  गरेको हुनाले कीता ५३३ ˟ ५३६ ˟ ५३० ˟ ५३८ स्मेतमा रोपनी ४।।। मात्र भयकाले कामीटार नपुगमा यदुनाथ टेकनाथका ५३४ ˟ ५३५ बाट 2/र अरु नपुग चीत्रबहादुरहरुका लेखियका कीताबाट छुट्याइ मेरा नाउमा बीर्ता कायें गरी पाउ भनेस्मेत २००२।८ बेगतेको बीष्णुरमणको दर्खास्त।

नीजहरुका हकको बीर्ता जगा हामीहरुले दर्ता गरेको छैन राजीनामा गरी भोग गरेको कालुचा कसाइसंग म चीत्रबहादुरले राजीनामा गरी का.पु मालमा नं ५०३ मा मोही दर्ता भयको खेत मुरी ।४८ श्री मे ज आवेद सम्शेर जंवाराका खांगी खुवामा सरीयको खेत मुरी ।८ सबै जनाका ठाउमा दर्ता भै १२९ नं मौजाबाट नापी भै १३९ ˟ ५४० ˟ ५४१ ˟ ५४२ ˟ ५४३ नं को जगामा ५ कीता दुवै जनका नाउमा दर्ता भै लेखी राखेको छ ५४१ ˟ ५४२ ˟ ५४३ नं कीता दर्ता गर्न बाँकी छ भवनाथको छोरा कृष्णप्साद संग माल्मा दर्ता भयको कामीटार भंने खेत ।१०।१३।१ म चीत्रबहादुरले ली कीनं ५४६ मा दर्ता छु बीर्ता जगा घुसायेको छैन बादी झुठ्ठा हो भंने स्मेत ०३।२।२१ को चीत्र बहादुरस्मेतको वयां भै ।

बढी हुन आयको जगा अैं सवालले झीकन हुने भय झीकी बीर्तावारका नाउमा दर्ता गर्न दिन मंजुर छ भंने स्मेत टंकनाथ येदुनाथको वयान ०२।१२।२९ मा भयेपछि।

पेश भयका  तमसुकबाट बीर्ताबाट रैकर भयको माल्को मोठ दर्ताबाटस्मेत रैकरको किल्ला भीडाइ हेर्दा भट्टको बीर्ता भंने रैकरमा साँध लेखी दर्ता भएको देखीयको त्येस ठाउमा बादी विष्णुरमण भट्टको बीर्ता र बीर्ताबाट भएको रैकर जगा मात्र रहेछ भंने देखीन आयेको रैकर जगा दर्ता गरी राखेमा दर्ता गर्न बाँकी खाली कीत्ता गरी राखेमा वीर्तास्मेत त्यसैमा हिसाब गर्दा बीर्ता रैकर तेसैमा पुग्न आउने रैकरको ४ कील्लाबाटस्मेत बिर्ता साँध भै तेस ठाउमा बीर्ता देखीन आयकाले दुवै रैकर बीर्ता त्यसै ठाउमा देखियको ५४८ नं कीर्ताको रोपनी ३/ जगामा नपुग हुन आउने १।– जगा ५५३ नं कीताको दक्षीणतर्फको चोसाबाट नक्सामा जगा काटी ५४८ नं कीतामा मिलाइ दिने ५५३ नं कीताको बाँकी २।।।.......जगा प्रेंबहादुरका नाउमा दर्ता भयको बदर गरी ५५२ नं कीताको ३। मा सावीक माटो मुरी ।१०।५।४ छुट्याइ बढ जगा रो ।।z ।।। ५५२ नं कीता पश्र्चींबाट झिकी ५५३ नं कीताको पुर्व पट्टी साँध मीलाउने तर्फ मिलाई ५५३ नं कीताको ३।।.।१। बादी वीष्णुरमणका नाउमा दर्ता गरीदिने ठहराई २००४।९।१ गते काठमाण्डौ सर्वे मामीला फाटबाट फैसला गरेपछी।

सरु र अपिलको यन्साफ मुनासीब गरी प्रधान न्यायालय पैलाबाट २००७।१२।१७ गते छीनेपछी स्व इन्साफमा चीत बुझेन इन्साफ दोहराई पाउ भंनेस्मे चीत्रबहादुरहरुको नीवेदनपत्रमा बेहोरा साँचो भया मिसील झीकी इन्साफ जाँची अैं सवाल बमोजीं गर्नु भंने आदेश बमोजीं झीकाक्इ आयको मिसील पेश भै वादी विष्णुरमण रमण र तहसील फाँटबाट मोठ नेपाल सर्कार सर्वे गोश्र्वाराबाट नक्सा फिल्डबुक स्मेत झीकाउनु भंने आदेश बमोजीं झीकाइ आयेको तहवील फाँटको सकल मोठ र वादी वीष्णुरमण प्र. चीत्रबहादुर रामबहादुरस्मेत राखी बुझदा नक्सास्मेत ली आउनु भनी सर्वेलाई लेखी गै रहेको आई नपुगे पनी छोटकरी नक्सा मिसिलमा पनी भयकै हुनाले सकल मोठमा बीर्ता थामीयको भंनेस्मेत लेखीयको प्रतेवादीहरुका तमसुक खरीदीका कील्ला रैकरको साँध वीर्ता भंने लेखीयको हुनाले अरु सुरु अपिल्का फैसलामा लेखीयका बुंदा प्रमाणबाट इन्साफ मुनासीब गरी छीनेको प्रधान न्यायालय पैलाको इन्साफ मुनासीब छ मुद्दा दोहरायेमा प्रतेबादी चीत्रबहादुर प्रेंबहादुर वीष्ट गोकर्णके हाकींका नाउमा कराउनेका ११ नं ले सुरुबाट रु १ येकका दर्ले डंड भयकोमा तेस्को सैकडा १० ले रु ।१० दश पैसाका दर्ले ज्वां २ के रु ।२० पैसा डंड हुंछ रुजु हुदा असुल गर्न लगत दी मिसील फाँटमा बुझाइ दीनु ।

भैरवराज पंत                                 हरिप्रसाद

न्यायाधीश                               प्रधान न्यायाधीश

इती सम्वत २०११ साल फागुण १३ गते रोज ५ शुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563