निर्णय नं. १३४७ - बाली नोक्सान चोरी
अ.द.नं. १३४७-२०११,
दे.फौ.पु/रीट नं. ४०६/११८
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ नं
मुदा बाली नोक्सान चोरी
अपिलाट –
का इ धर्म दगुर्ने पानी बस्ने बादी सानुलाल श्रेष्ठ------------------------१
विपको -------
प्रतेवादी का ई धर्मथलि जरंको बस्ने नानुचा श्रेष्ट-------------------------१
ऐ ऐ बस्ने सानुचा मानंधर ----------१
ऐ ऐ बस्ने कान्छा मानंधर --------१
ऐ ऐ बस्नेतटार बस्ने पदंबहादुर बस्नेत क्षेत्री –१ समेत जना -----------
इजलास
श्रीमाननिय न्यायाधीस प्र.मा.ने.ता. ले. ज. प्रकाससम्सेर जङ्गबाहादुर राणा।
फैसला
येस्मा मेरो धर्मथलिमा रोपनि १ को कीत्ता १ रोपनि ३ को कीत्ता १ समेत २ कीताको धान बाली नोक्सान् गराउनलाई बाढी आयेको मौका पारी २००७ साल श्रावण ७ गतेका राति प्रतेवादी ४ जनाले मुहानको किला घोचा लठ्टीसमेत उखेलि खोलो हुली ठाउ ठाउमा राखेको डुडसमेत चोरी दीयेकाले भोलिपल्ट ८ गते खेताला हाली ९ गते समेत कीला घोचा ठोकी बनायेकोमा फेरी १० गते राति कीला घोचा काटि नोकसान् पारी दीयाकाले सो नोक्सानी धांको र खेताला खर्च कीला घोचासमेतको बीगो मोरु ५८५।८ डुड पाईप चोरीको बीगो मोरु २१। स्मेत भराई पाउ भंने समेत नीज सानुलालको बादी,
वादीका लेखाई बमोजिं नोकसान पारीदीयेको हैन खोलो आफै पसेको हो येस पाली अवाद गरेको जगामा खोलो पसि बिग्रेको हुदा कति नोक्सान भयेको हो था छैन साबुद गर्न कति चाहीन्छ त्यो पनि था छैन भंने सानुचा मानंधर खोला बाढी आई बादीको खेतमा र तेसमनिको प्र. मध्ये कान्छाको खेतमा समेत खोलो पसेको हो कसैले हुलेको हैन भंने नानुचा लवोट श्रेष्ठ खोलो आफै पसेको हो कसैले हुलि नोक्सान पारी दीयेको हैन भंनेसमेत कान्छा मानंधर बादीको जगामा मेरो जगा जोडीयेकोमा वादीको जगामा पसेको खोला मेरो खेतमा समेत आउने हुनाले मैले खोलो हुलेको छैन मेरो खेतको डीलसमेत भत्कीन तयार भयेको छ कीला काटा ठोकन मागेमा नदीयेको ईबिले जुट्टा उजुर गरेको भंने निज पदंबाहादुरको समेत छुट्टाछुट्टै बयां,
कोट्फि लाग्नेसमेत हुदा यस अडाबाट हेर्न बाधा पर्यो भनि स.ज. कोतबालीले जाहेर गरेकोमा अैं सवालले हेर्न नहुने भये पनि कोतवालीबाटै हेर्नु भंने प्रमांगी,
पोरसाल श्रावण ७ गते घट्टबाट फकि आउदा पानि परी पर्कि आउन नसकेकोले पौवामा बसी कसरी खोला तर्ने भनि हेर्दा विजुली चंकेको उज्यालोबाट प्रतेवादी ४ जनाले खोला डीलको झयां काटी डुडहरु बोकेर लगेको देखेको र म रातभर पौवामा बसे भोलिपल्ट ब्याहान सानुलाल आई डुड पदंबाहादुरले लगेको रहेछ लौ हेर भनि देखायेको थीये झ्यां काटेबाट खोलो पसेको हो २३।२४ मुरी धान आउने जगा बालुवाले पुरी नोक्सान पार्यो भंनेस्मेत बादीका साछी चमारे सुनवारस्मेत ३ जनाको बकपत्र,
श्रावण ७ गते बाढी पर्यो भंने कुरामा बादी सावीतै भयेको बादीको खेत पश्र्चीं सिवानामा प्र. पदंबाहादुरको जगा भयेको भनि लेखेको डीलमासमेत भत्कायो भंने प्र. को बयां साछीको बकपत्र देखियेको बादीका साछीले बिजुली चंकेको बेला सो उज्यालोबाट खोला पारीको मानीस चीनेको भंन पत्यार नपर्ने र खोलो हुली दीनुपर्ने ईबी कारं पनि देखाउन नसकेको सानुचासंगै श्रावण ७ गते राती सुतेको हुं भनी प्र सानुचाको साछी र अरु साछीले बाढीले भत्कायेको हो प्रतेबादीले भत्कायेको हैन भंनेस्मेत बकपत्र गरेका १० गतेको सबुद केही नगुज्रेकालेस्मेत बाढी हुली डुड चोरी गरेको समेत ठहरदैन भंने स.ज. कोतवालीको फैसला,
मैल जोगमानसंग ९ सालमा जगा लीयेको सो लीये देखिनै नीजहरुको पेट पोली रहेको स्मेत इवी कारंबाट बाढीहुली नोक्सान पारेको भंने नीज बादी सानुलालको अपिल,
सो झगडा परेको जगामा ७ साल श्रावण ७ गते खोलो बाढी आई बादीको जगामा केही पानी पसेको सम्म हो बादीको जगामा प्रतेवादीहरुले खोलो हुली बाली नोक्सान पारेको र खोटा कीला डुड चोरी गरेकोस्मेत हैन झुट्टा उजुर गरेको हो भंनेस्मेत कटकबाहादुरसमेत २३ जनाको सरजमीन् मुचुल्का,
बादीको दावी झुट्टा हो भनि बुझीयेका सरजमींका मानीसले लेखिदीयेकालेसमेत ईन्साफ सुरुको मुनासीव भंने अपिल पैलाफाटको फैसला,
झगडा परेको जगामा नगै वारेसलाई हात ली नभयेको मोहीलाई मोही छ भंने खडा गरी सुरुको ईन्साफ सदर गरीदीये म नभयेको मौका गरेको सरजमिं मुचुल्का बदर गरी फेरी सरजमिं गरी हक ईन्साफ पाउ भंने सानुलालको अपिल,
बादी दाबी बमोजिं गरे भयेको भंने बादीले साछी सबुद गुजार्न नसकेको र म नभयेको मौका पारी वारेस हात ली सरजमिं गरे भंने जीकीर छ तापनि सो सरजमिं मुचुल्का अैं बमोजिं उजुर गरी बदर गराउन समेत नसकेकोले ईन्साफ सुरु सदर जङ्गी कोतबालीको सदर गरेको अपिल पैल्का मुनासिब ठहर्छ नीज बादी अपिलाट सानुलालके दोश्रो अपील हुदा हा.का. १० नं ले सुरु डंड मोरु १०।५० को सैक्रा २० ले सो रु ।५२।२ चोरीतर्फ डंड लागेको प्रधान न्यायालये देवानी, वीभागमा बुझाइ सकेको भरपाइबाट देखियेको अैं बमोजिं गर्ने भनि तहसिलमा लगत दीने र बाली नोक्सानतर्फ लाग्ने कोट्फी मोरु १।४६।२ लाग्नेमा मरु १।४७ को लीफामा अपिल दर्ता भयेको हुदा केही गर्न नपर्ने भै मीसील मिसिल फाटमा बुझाइ दीनु।
प्रकाशशम्सेर
न्यायाधीस
ना.डी. मनहर्क भडारी
फाटवाला
इती सम्वत २०११ साल चैत्र १४ गते रोज १ शुभं