निर्णय नं. १३४८ - लुट् पिट् गरे भंने
अ.द.नं. १३४८-२०११,
दे.फौ.पु/रीट नं. ४०२/१६०
प्रधान न्यायालय डिभीजन बैञ्च
अ नं १६०
मुद्दा लुट् पिट् गरे भंने
अपिलाट् प्रतेवादी मोरं बीराटनगर ई प्रगंना बेलीमौजे कोलहरवागढ लक्ष्मीनीया बस्ने नथु थरु
झगडीया वादी ऐ वीश्रांपुर बस्ने मलीया थरुनी
इजलाश
श्रीमाननीय प्रधान न्यायाधिश हरिप्रसाद प्रधान एम. ए. बि एल.
श्री माननीय न्यायाधिस भगवतिप्रसाद सिं राजपुत बिएस्सी बि एल.
आदेश
येस्मा ०११।४।२८ गतेको पैलापटकको तारेख गुज्रेको नीवेदन गर्दा थामीयेन थमाईपाऊ भंने नथु माझी थारुको बिंतिपत्र श्री ५ युवराजधिराजका हजुरमा जाहेर हुदा श्र्वबारे ताहाबाट बुझी बेहोरा साचो भये कारबाई गरी दीनु भंने हुकुं बक्से बमोजिं निजको बिंतीपत्र यसैसाथ राषी सुचना गरी पठायेको छु भनी ०११।१०।२४ मा श्री ५ युवराजधिराजका प्राईभेट्ट सेक्रेटरी लोकदर्शनले लेषी पठाऊनु भयेको चिठीसाथ आयेको नीज नथु थारुद्ये नीवेदन पत्र मीसीलसाथ पेस हुन आयेको बुझदा श्र्व तारेख थामी पाऊ भंने पैले परेको तो.नं. ५७७९ को बिंतीपत्रमा अैं सवाल बमोजिं गर्नु भंने ०११।९।२१ मा डीभीजं बेंञ्चबाट तोक आदेश भै सकेको देषीनाले तारेखका हकमा अघीकै आदेश बमोजीम ५० दिं नाघी गुज्रेका धेरै दीन्पछी बिंतीपत्र परेकोले थामीन सक्तैन नीजको अपील ०११।१०।१५ मा डीसमीस भयेको सदरै छ मोरं बीराटनगर अपिल अ.डाका हाकिं वीचारीको १ राये र असिष्टन्ट खरीदारको १ राये भै राये बाझीयेकोमा जाचनु पर्ने श्र्व जाचन पेस गर्नु भंने श्र्व डीसमीस फैसलामा लेखन छुटायेता पनी श्र्व श्री ५ युवराजधिराजबाट प्रमांगी भै आयेको बितीपत्र यौटै हुनाले श्र्व प्रमांगी स्हीतको नीज नथु थारुको बिंतीपत्र फौ. अ.नं. १५८ को मीसीलमा राषी यो मुद्दास्मेत श्र्व राये जाच नलाई साधक तर्फ दर्ता गरी हाजीर भये नीज नथु थारुलाईस्मेत राषी पेश गर्नु ।
भगवतीप्रसाद सिंह हरिप्रसाद
न्यायाधिश प्रधान न्यायाधीश
फाँटवाला बि. गोपिकृस्न
ईती सम्वत २०११ साल चैत्र १५ गते रोज २ सुभंम