निर्णय नं. १३४९ - ज्यान
अ.द.नं. १३४९-२०११,
दे.फौ.पु/रीट नं. ४०३।१६१(१६८)
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
फौ.सा.न. १६८
मुडा ज्यां
वाडी द्रीगवीर कामी तापलेजूं इलाका प्रगन्ना यीरुप मौजे डोरुं बस्ने
प्रतेवाडी तापलेजुं इलाका यीरुप मौजे डोरुंम्मा बस्ने हरीप्रसाद मैन्हाली ---१
ऐ बस्ने अविकेसर मैन्हाली १ स्मेत ज्वां ८ आठ
इजलास
श्रीमाननिय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम.ए. बि. एल.
फैसला
यस्मा ०४ साल साल जेष्ठ ४ गतेका दीन बीहान कोदाला बीक्री गर्न छोरा लालविर र नाती मस्मेत गाउतर्फ जादा हरिप्रसादको गैरीबारीमा पुग्दा हरिरसादको छोरीसंग छोरा लालवीरले के कुरा गरेछ हरिप्रसाद र अरु मानीस ज्मा भै हरिप्रसादले बचंदी कुटपिट गरेबाट मर्न बाचन दोसाद भएकोमा जेष्ट ८ गते मरेकाले सजाञे गरी पाउ भंनेस्मेत दोगवीर कामीको बादी बयां।
मेरो जेठी छोरी नर्वदा ०४ साल वैसाष २२ गतेका दीं देखी हराएकोमा लालविरसंग पोइल गै भागेका रहेछं गाउदेखि १४ कोस पर छर्मे जागत पर्तीर गुरुं गाउदेखि वरतिर लालवीरलाई चोरले काटेछ म घरमा हेर्न जादा जीवीतै थीयो चोरले काटे भंदथीयो तेसो हुदा चोरलेनै काटे कुटेबाट मरेको हो मैले काटे कुटको छैन भंन्ये हरिप्रसाद अविकेसरस्मेतको प्रतेवादी बयां रहेछ।
बुझीयेस्ममका प्रमाण परीबंदबाट हरिप्रसाद अविकेसर ब्रह्मलालस्मेतका कर्तव्यबाट लालविर कामी मरेको ठहर्छ ब्रह्मलाल मरीसकेकोले हरिप्रसाद अविकेसरलाई दामल गर्ने अरुलाई सफाई दिने र आफ्नू छोरी लैजानेले आफु उपर खुकुरीस्मेत उज्यायेबाट रीस थामन नसकी चोट छाडदा मरेको देखीदा सजाञे घटाउन जो तजबीज भनी रायस्मेत लगाई तापलेजुं अमीनीले ०७।८।१।५ मा जाहेरी फैसला गरेको रहेछ ।
श्र्वही इन्साफ सजाञे रायस्मेत कायें गर्ने ठहराई धंकुटा अपिलले ०९।५।१४।६ मा जाहेरी फैसला गरेको रहेछ।
तापलेजुं अमीनीको इन्साफ सदर गरी धंकुटा अपीलले ठहराइ जाहेर गरेको इन्साफ सदरै ठहराइ सदर अमीनी गोश्र्वाराले ०११।८।२३ मा जाहेर गरेको रहेछ।
साधकद्वारा पेस हुन आएको बुझदा मर्ने लालविर हामीसंग हरिप्रसादस्मेतको पुरानु अघी पछीको रीसईवी केही नदेखीएको र हरिप्रसादस्मेतले मार्नेको नीयतली हतीयार लीएर गएको नभै आफ्नू छोरी भागेकी नर्वदालाई लीएर फर्कने नीयतले गएको मीसील ब्यहोराबाट देखीएको र वारदातका मौकामा देखने मर्ने लालविरको भतीजो ठुटे भनेको सभादुर कामीको बयां हेर्दा मर्ने लालविरका कंवरको खुकुरी हरेले खोसेपछी साहीला बाबुले पनी सो खोसेको खुकुरी तानी हातमा लीएपछी देउतले रोलले हातमा हानी खुकुरी खसायेपछी हरेले खुकुरी समाई साहिला बाबुको टाउको पछाडी १ चोट हानेको संध्वजले र रैबहादुरले साहीला बाबुलाइ समाइ लडाएका भंन्येस्मेत बयां गरेको रंबहादुर संध्वज देउते श्र्व वारदातमा जादै नगएको ठहरी सफाइ पाएकाबाट के देखीने भने श्र्व वारदात भएको ठाउ जंगल भै कोही नभएको ठाउमा छोरी लानेलाइ पक्राउ गर्न आएको बषत अप्राधी लालविरले नांगो खुकुरी हातमा ली आएबाट आफ्नु ज्यानस्मेत बचाउनका लागी रीस थामन नसकी उसका हातबाट हतीयार खोसी हानेको देखीदा यो मुद्दा ज्यां संवंधीका १९ नं बमोजींका वारदात भै सोही अैं बमोजीं सजाञे हुने र सुरुले डामल गर्न चर्को सजाञे परने भनी राये लगाएको भै तेस्तोमा डामल गर्न इन्साफ नपर्ने हुनाले आफ्नु ज्यान बचाउस्मेतका लागी माथी लेखिए बमोजीं वारदात भै लालवीर कामी मरेको देखीनाले हरिप्रसाद अविकेसरलाई डामल गर्न र अंस सरबश्र्वस्मेत गर्न पर्दैन थुनीएका मीतीले कट्टी हुने गरी कैद बर्ष ५˟५ पाच मात्र गर्न हरिप्रसाद २००४।।२२ देखी र अविकेसर ०६।४।७ देखी थुनीएको मीसीलबाट देखिदा नीजहरुलाई लागने कैद भुग्तां भै सकेकोले छाडी दीनु भनी पुर्जी पठाइ दीनु अरु सुरु तापलेजुं अमीनीको इन्साफ सदर गरी धंकुटा अपील सदर अमीनी गोश्र्वाराले ठहरायेको सदरै छ सरबश्र्व फुकुवा गर्नस्मेत मीसील तापलेजुं अमीनिमा पठाउन सदर अमीनी गोश्र्वारामा पठाइ दीनु।
हरिप्रसाद
प्रधां न्यायाधिस
फाटवाला बि दुर्गाप्रसाद
संवत २०११ साल चैत्र १५ गते रोज २ सुभं