निर्णय नं. १३५० - बिगो
अ.द.नं. १३५०-२०११,
दे.फौ.पु/रीट नं. ४२१/१३४४
नेपाल प्रधान न्यायालय सींगल बेंच
अ.नं १३४४
मुद्दा बीगो
अपीलट जी बारा प्र. बरीयारपुर मौजे मधुरी बस्ने फेकनी कोईरीनी
विपक्ष-वादी जी बारा प्र. बरीयारपुर मौजे मौजे बरीयापुर बस्ने सीताराम सा कानु
ईजलास
श्रीमाननीय न्यायाधीश भैरवराज पंत
फैसला
येस्मा रमेसर महतोसंगको लेनदेन मुद्दामा कलैया अमीनीका ०८।३।२४ का फैसलाले पाउन ठहरेका बीगो कंरु ११७।। नीजका तपसीलमा लेषीयेका जगाबाट भराई पाउ भंनेस्मेत बेहोराको सीतारामको दर्षास्त दाबी रहेछ ---
रमेसरबाट बासुदेव सीतारामले पाउने बीगो बारे घर जगाहरु तायेदात भै गयेको थापायेकी र नीज रामेसरको कवही र मधुरीको घर जगा ७ सालका बाली देषी कंरु १०००१ मा मैले पास गरी लीयेकी लीयेकी सो बेहोराको उजुर गर्दा गर्दै पनी लीलाम गर्ने गरी तारेष मुकर गरी टाँस गरे लीलाम नगर्नु भंने प्रमांऊ पाउ भंने स्मेत बेहोराको फेकनीको बिंतीपत्रमा बुझी अैन सवाल बमोजीं गर्नु भंने ०८।७।९ को तोक रहेछ।
मेरो नालेस परी बीगो भरी पाउने ठहरी फैसला भै सकेपछी रामेसरा लीषतका साछी औ फेकनीस्मेत भै मेरो बीगो भुस्याउना नीमीत्त जालसाज गरेका हुन भंनेस्मेत बेहोराको सीतारामको जालसाजीतर्फ बयां रहेछ---
रुपैया लीनु दीनु गरी फार्छे लेषीयेको हो जालसाँज गरेको होईन भंनेसमेत बेहोराको फेकनीस्मेतको बयां रहेछ----
७ साल भाद्रमा नालेस परी आन्दोलनमा परेबाट फेरी चैत्रमा नालेस परेको बादी बयांबाटै देषीयेको मुद्दा कीनारा नभयेसम्म खरीद बीक्री गर्न अैन सवालले नरोकीने हुदा फेकनीको भै सकेको तर जगाबाट वादीको बीगो भरी भराए हुन सकदैन भंने कलैया अमीनी तहसीलको ०९।३।३।२ को फैसला रहेछ।
०८।३।२४ र ०८।३।२८ का फैसलाले बासुदेव सीतारामले रमेसराबाट रु ९९०।।।...।। पाउने ठहरेको देषीयेको भाद्रमा नालेस गरी सकेपछी फेकनी र रमेसरस्मेत मीली बादीको बीगो भुसाउन जालसाजबाट लीषत गरेको लीषत गरेको देषीने कीन भने बेबहार साँचो भये मौकैमा पास गर्नु पर्ने नगरी पौषमा पास गरेको देषीयेको बाबु छोरी मीली घरसारको लीषत जैलेगराये पनी हुने बाबुके घरमा संगै बसेकी छोरीबाट तेतीको रुपैञा रमेसरले लीनु पर्ने अवस्था पनी नभयेको लीषतका साछी कुनैले म्याद गुजारेका र हाँजीर भयेकाले पनी रुपैञा लीनुदीनु गरेको देषेनौ भनी बयान गरेका सो जगा अैलेसम्म रमेसरकै नाउमा दर्ता देषीयेकोले बाबु छोरी मीली जालसाज गरेको देषीयेकोले सो फेकनीलाई लेखी दीयेकी जगाबाट साहुले बीगो भरी पाउने ठहर्छ भंने कटरवन अपीलको ०९।७।२० को फैसला रहेछ।
कुनै साहुसंग कपाली तमसुक गरी लीयेको रुपैञा नतीरी अरु साहुलाइ जगा बीक्री गर्न हुन्न भंने अैन नभयेकालेस्मेत अपीलको ईन्साफमा चीत्त बुझेन भंनेस्मेत फेकनीको अपील रहेछ---
यस्मा अपीलाट फेकनीको वारेस आलमलाई राषी पेस हुन आयेको बुझदा श्रेस्ता अडा अमीनी तहसीलले हक बेहक तर्फ ईन्साफ गर्न नभै अमीनीमा नालेस गर्न जानु भनी सुनाइ दीनु पर्नेमा सो नगरी श्रेस्ता अडाबाट ईन्साफ गरेको रीत नपरेकाले जालसाँजी भंने दर्षास्तवालाको उजुरीतर्फ अैन बमोजीं अमीनीमा नालेस दी हक बेहोक गराइ ल्याउनु भनी दर्षास्तवाला बादी सीतारामलाई सुनाउन यो मीसील कलैया अमीनी तहसीलमा वापस पठाई दीन कटरवन अपीलमा पठाई दीनु अैन छाडी काम गरेमा अमीनी तहसीललाई र सो तहसीलले ईन्साफ हेरेको कायेंकयें गरी मुद्दा हेरी ईन्साफ गरेमा कटहरवन अपीललाईस्मेत जरीवाना गर्नु अरु तपसीलका कुरामा तपसीलै बमोजीं गर्नु।
तपसील
देहायेका प्रतेवादीहरुके भराइदीनु पर्ने बीगो भराई दीन नपरोस भनेबापत साहु आसामीको ५४ नं ले देहायेक बमोजीं जरीवाना हुन्छ । असुल गर्ने भनी कटरवन अपीलका ०९।७।२० का फैसलामा लेषीयेकोमा हाल सो अपीलका ईन्साफ उल्टीयेकाले सो अपिलका सो मीतीका फैसलाले गर्ने गरेको डंड असुल भये फीर्ता र नभये बेहोरा जनाई लगत काटीदीनु भनी कलैया अमीनी तहसीललाई लेषी पठाउन तहसीलमा लगत दीनु ----
जी. बारा प्र. वरीयापुर मौजे मधुरी बस्ने प्र. रमेसर कोईरीके कंरु ----२।।.
ऐ ऐ बस्ने फेकनी कोईरीनीके कंरु --------------------------------१।
कलैया अमीनी तहसीलका देहायेका मानीसके ईन्साफ उल्टीमा भनी कटरवन अपीलका ०९।७।२० का फैसलाले दामासाहीबाट गर्ने गरेको जरीवाना कंरु १ एक रुपैञा नलाग्ने हुदा असुल भये फीर्ता र नभये बेहोरा जनाई लगत काटी दीनु भनी कलैया अमीनी तहसीललाई लेषी पठाउन तहसीलमा लगत दीने---------------
हाकीं ख. गौतम उपाध्या-------१
नासु. रामबहादुर कवर --------१
देहायेका अडा अडाका मानीसके इन्साफ गर्न नहुनेमा इनसाफ गरेकाले अैन छाडी काम गरेको भंनु पर्दा अ वं २८९ नं ले तजबीजी कंरु १ एक रुपैञाका दरले जरीवाना हुन्छ देहाये बमोजीं असुल गरन तहसीलमा लगत दीने ---------
कटर वन अपीलका देहायेका मानीसके कंरु एक रुपैञा ----------
का.मु. अख ज्वालाप्रसाद गौतं काइ जुध्दसडकके कंरु --------------।।z
ना.डी. चुडामणीप्रसाद अधीकारी पुर्व २ नं चरीकोट मंगलटारके कंरु---।.
बी. सीध्दीलाल श्रेष्ट का ई नरदेवीके कंरु – z
कलैया अमीनी तहसीलका देहायेका मानीसके कंरु १ येक रुपैञा ------
हाकीं ख. गौतम पाध्या भ.पु.ई. कटुंजेके कंरु -------------------।।२
त.मु. रामबहादुर कवर प.३.नं. बंदीपुर बजारके कंरु --------।२
भैरवराज पंत
न्यायाधीश
फाटवाला वी योगारज
इती संवत २०११ साल चैत्र २२ गते रोज २ सुभं