• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३५१ - डाका

साल: २०११ महिना: चैत्र फैसला मिति :2011/12/23 ७५

अभिलेख दर्ता नं.१३५१/20११

संवत् २०११ को दे/फौ.पु./रीट नं.२३०/१६४ नि.नं.........

 

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

फौ.दा.नं. १६४

मुदा डाका

 


वादी - सरकार


प्र. जील्लै वाके तर्फ कारकाडौं मौजे काला वंजार वस्ने वीदेसी कुर्मी


 

इजलास

श्री माननीय प्रधान न्यायाधिस हरि प्रसाद प्रधान एम. ए. वि. एल.

 

फैसला

यस्मा झेलवाट भागी गएको वीदेसी कुर्मी पक्राउ भै आएकोमा ०८ साल माघमा गुलरीया जंगलमा ढुकी धंमाल लुटेको भन्ने स्मेत कुरामा सावीत भै वयां गरेको रहेछ ।

हामीले लुटेको छैनौ भंन्ये अहेर स्मेतको वयां रहेछ ।

वुझीय संमवाट दुई पटक रहजनी र १ पटक जवरजस्ती चोरी वीदेसी कुर्मी ले गरेको ठहरछ भनी वाके अमीनीले १०।९।८ मा जाहेरी फैसला गरेको रहेछ

चोरीको ३७ नं ले धनी पता नलागेकोमा सजाये नगर्नु भंन्ये संकेत गरे जस्तो र ऐ. ४९ नै ले रु ५।– जरीवाना हुने स्मेत भै अैं नमीलेकोले नीकासा वमोजीं गर्ने ठहराइ वाके वर्दीया अपीलवाट ११।६।१ मा जाहेरी फैसला गरेको रहेछ ।

अैं को व्याख्या नीमीत्त आएकोले नीकासा वमोजीं गर्ने ठहराइ सदर अमीनी गोश्वाराले ११।८।२४ मा जाहेरी गरेको रहेछ;

साधकद्वारा पेस हुन आएको पेस भयो यस्मा अैं को व्याख्या गर्नु पर्ने नभै वारदात गरेमा सावीत भएको कलं जतीमा अैं सवाल वमोजीं सजाये गर्नु पर्ने भै सो वमोजीं गर्ने गरेको अमीनीको इन्साफ मुनासीव गल्ती गरेमा अपीललाई केही गर्न पर्दैन मुलतवी जाच्न नीकासा अपीलवाटै हुने हुदा अैं सवाल वमोजीं गर्न भनी यो मीसील वांके वर्दीया अपीलमा पठाउन सदर अमीनी गोश्वारामा पठाइदीनु ।

 

प्रधान न्यायाधिस

 

दुर्गाप्रसाद

फा.वी.

संवत २०११ साल चैत्र २३ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563