• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३५२ - कीत्ता सच्याई पाऊ

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/25 ८९

अभिलेख दर्ता नं.१३५२/20११

संवत् २०११ को दे/फौ.पु./रीट नं.७४५/१८२ नि.नं.........

 

नेपाल् प्रधान न्यायालय सिङ्गल वेञ्च

अ.नम्वर १८२

 


अपिलाट वादी का.ई.येंगाल बस्ने ढुंडिरमण देवी राज भंडारनी


रेस्पौन्डेन्ट प्रतिवादी ऐ बस्ने भैरब वहादुर मरी मुद्दा सकार गर्ने नीजको छोरा महेन्द्र वहादुर १ वागमती पुल बस्ने पंच कुमारी राज भण्डारनी स्मेत्


मुदा कीत्ता सच्याई पाऊ

 

इजलास

न्यायाधिस भगवती प्रसाद सिं राजपुत वि. एसी. वि. एल.

 

फैसला

येस्मा हामीहरूको अघी अंश वंडा हुदा घर जग्गा जमीं सवै वंडा गरी घरको लगापात वगैचा अवंडा रहेको प्र. पंच कुमारीले भैरव वहादुरलाई घर विक्री गर्दा सो अवंडाको वैघैचा स्मेत कीत्ता भीत्र पारी वीक्री गरेकोले सो कीत्ता सच्याई आधी मेरो हक कायं गरी पाऊ भंने स्मेत वादी ।

ससुराकै पालदेखी चोक वारी वघैचा हामीहरूले येकलौटी चलं गरेको सो चोक वघैचा स्मेत वंडा छुट्याई पाउ भनी संत वाहादुर उपर मैले नालेस गरेको मुद्दामा म्यूनीसीपल्टी वाट छुट्याई दीयेको जगा नामसारी गरी पाउ भनी वादीले संत वाहादुर उपर नालेस गर्दा अवंडा रहेको भंने सवुद कागज प्रमाण दाखेल पेस गर्न नसकेको हुनाले वादीको हक लाग्ने छैन हाम्रै हकको हुदा मेरो भाग वीक्री गरेको हुँ भंनेस्मेत् पंचकुमारीको प्रतेवादी ।

अघी ४२ साल्मा मेरो वावु र वादीको लोग्नेको अंसवंडा हुदा अघाडी मोहडाको घर हामीहरूलाई र पछाडी चोकतर्फाको घर वादीको लोग्नेलाई परेको हाल वादीले दावि गरेको चोक वघैचा मेरो घर अघाडी परेकोले वावुकै पाला देखी हामीले नै भोग चलं गरी आयेको पंच कुमारीको र दाजु संतवाहादुरको अंस मुद्दा परी हामीहरूको ३ वंडा भै म्यूनीसीपलवाट भाग छुट्याई दीयेकोले भाउजू पंच कुमारीको भाग घर र लगापात् चोक वघैचा स्मेत मैले फार्छे गरी ली पर्खालले घेरी धारा चर्वि स्मेत वनाई येकलौटी भोग चलं गरी आयेको छु वादीको हक भया उसै वखत् उजूर गरी हक कायें गराई राखन सक्नु पर्ने नसकेकोले स्मेत वादी झुट्टा हो भंने स्मेत भैरव वाहादुरको प्रर्तेवादी ।

वादीले पेस गरेको ४२ साल्को कागज प्रर्तेवादीलाई सुनाउदा कृर्ते भनी वयां गरेको लेखत् हेर्दा पनी उस वखत को लेखत् हालै खडा गरेजस्तो देखीने र वेहोरावाट को मसी र सहीको मसी नमिलेकोले कृते ठहर्छ झगडा परेको चोक वघैचाको हक्मा प्र. भैरव वाहादुर पंच कुमारी संत वाहादुर स्मेतको अंस मुद्दा परी झगडा परेको चोक वघैचा स्मेत प्रर्तेवादीहरूको ३ वंडा भै खड्ग नीसाना लगायेत सदर भयेको म्यूनीसीपलवाट छुट्याई दीयेकोमा वादीको भाग भंने नदेखीयेको उस वखत् वादीले उजूर नगरेको प्रर्तेवादीलाई पर्खाल घेर्न र धारा चर्वि वनाउन स्मेत दीन नपर्ने दीयेको प्र. को चलंमा रहेकोले वादीले झुट्टा उजूर गरेको ठहर्छ भंने स्मेत रा.का. देवानी दोश्रा फाट्वाट गरेको फैसला ।

मैले स्मेत चलं गरी आयेको छु भंने वादीको अपिल जीकीर ।

वादीले पेस गरेको लीखत् मसी नमीलेकोले कृते गरेको देखीयेको अरू आफनु हक भंने सवुद नआयेकोले र्इन्साफ देवानीको मुनासीव भंनेस्मेत अपिल पैला फाटको फैसला ।

९७ साल्मा प्र. भैरव वाहादुरले म्यूनीसीपल्मा दर्खास्त दीदा पुर्व साजा चोक भंने लेखीयेको नीजहरूको अंस मुद्दा परी वंडा गर्दैमा मेरो हक नजाने हुनाले सवुद वुझी ईन्साफ पाऊ भंने वादीको अपिल जीकीर ।

अपिलाट्को वारेस मुक्ती धोजलाई रोहवरमा राखी पेस हुन आयेको यो मुद्दा अपिल जीकीरस्मेत हेर्दा ९७ सालमा भैरव वाहादुरले म्यूनीसीपलमा दर्खास्त दीदा पुर्व साजा चोक भन्ने लेखीयेको भंने प्रमाणको अपिल जीकीर गरेकोमा यो वादी स्मेतको साजा भन्ने नखुलेको अवंडा भन्ने ४२ साल्मा लेखत् गरी दीयेको भनी वादीले प्रमाण दीयेको सो कागजलाई प्रर्तेवादीहरूले कृते भनी वयां गरेको कागज हेर्दा पनी वेहोरावारको मसी र सहीको मसी नमीलेको ले सो कागज पनी प्रमाण लायेक नदेखीयेको हाल येस अड्डावाट नक्सा सरज्मीं वुझदा झगडा परेको चोक जगा पर्तेवादीको घरतर्फ भै पर्खालले घेरीयेको सो पर्खाल प्रर्तेवादीले लगायेको चलं प्रर्तेवादीकै छ भनी धेरै जसो सरजमींले लेखीदीयेको र म्यूनीसीपलवाट नापजाच गरी अघीनै प्रर्तेवादीहरूलाई ३ वंडा छुट्याई दीयेकोमा स्मेत वादीले उसै वखत उजूर गरी आफ्नु हक कायें गरायेको नदेखीयेको स्मेत् प्रमाणवाट ईन्साफ देवानी र अपिलले ठहरायेको मुनासीव अपिल गरेमा वादी ढुंडीरमण देवी के सुरू डंड मो रु २।५० को दोश्रा अपिल हुदा हा का १० नं ले सैक्रा ५ ले मो रु ।१२।२ डंड हुंछ वारेस हुदा असुल गर्नु भनी तहसील्मा लगत् दी मीसील मीसील वीभागमा वुझाई दीने ।

 

न्यायाधिस

 

फाट्वाला वि. पृथ्वीदास

ईती सं २०११ साल फाल्गुण २५ गते ३ रोज शुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563