निर्णय नं. १३५५ - धनमाल जगा जीम्मा पाऊ
अभिलेख दर्ता नं.१३५५/20११
संवत् २०११ को दे/फौ.पु./रीट नं.७४२/१०६ नि.नं.........
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
अपिल नम्वर ६०१
वादी जील्लै वुटौल तप्पेतरेनि मौजे परखौलि टोला सपही वस्ने कासिराम कुर्मि
रेस्पौन्डेन्ट प्रर्तेवादी जील्ले वुटौल तप्पेतरेनि मौजे लक्ष्मी नगर वस्ने मुर्ता कुर्मिनी
मुद्दा धनमाल जगा जीम्मा पाऊ
ईजलास
श्री माननिय न्यायाधिस भैरव राज पन्त उपाध्याय
फैसला
येस्मा प्रर्तेवादी मुर्ता मेरो सौतने आमा हुन् नीजको छोराछोरी संतान नहुँदै वावा सोहरत् ९६ साल्मा परलोग भये पछी अंस पाउ भनि मेरो नाउमा नालेस गरेकोमा १६।१।। जगा र वयेल ४ धान गौ ६।। लि अरू अंसको दावा छाडी २००० साल जेष्ट १५ गते परासी अमिनीमा मीलापत्र भयेको आफ्नु अंस घर जग्गामा नवसी माईती स्मेत् नातादार काहाँ जाने वश्ने गरेकीले आफ्ना घरमा स्थीर संग वस भन्दा नमानी ७ साल भाद्र मैना देखी जो भयेको धन्माल स्मेत ली सीलौटीया गाउको राम्प्रसाद पाडेको घरमा वश्न गयेकीले आफ्ना घरमा आई नवसेसम् रु १२०० को धन्माल र जगा स्मेत् म हकदारको जीम्मा लगाई पाउ भन्ने स्मेत् कासीरामको वादी ।
खसं का सेखपछी मैले अंसै नपाउने वेहोराको यो वादीले मलाई झुक्याई कागज गराई लीयेकोले सो कागज वदर गर्न र अंस दीलाई पाउ भन्ने स्मेत् मैले नालेस गरेकोमा १६।१।। वीगा जगा र वयेल २ धां स्मेत ली अंसको दावा छाडी मीलापत्र गरेको म संग रीसईवी ली सो मीलापत्रवाट पायेको जगा स्मेत सुपत् भोग चलं गर्न नदी हरयेक कीसींको मुद्दाहरू लगाइ दुखदी रहेको र अैले पनी म खुद अंस पायेको जगा भएको गाऊ लक्ष्मी नगरमै वसेकीलाई सलौटीया मा गै वसेकी भनी मीलापत्रले पायेको जगा म लाई चलं गर्न नदी वादीले नै लीन खानका नीमीत झुट्टा उजूर गरेको हो वास्तव म सीलौटीया गाऊमा गै वसेकी छैन १२०० को धंनमाल मीलापत्र वाटै मैले पायेको नदेखीयेकोले धंमाल लगेको स्मेत् कौनै हैन झुट्टा उजृ गरेमा वादीलाई सजाये गरी दावा वाट फुर्सद पाऊ भंने स्मेत मुर्ताको प्रर्तेवादी ।
वादीको साछी राम सुभगले रैतीको वारेस भै ९ साल्मा मुर्ता उपर नालेस गर्दा लक्ष्मी नगर वस्ने भनी वतं लेखेको त्यै मानीसले अैले साछी वकपत्र गर्दा सीलौटीयामा वसेकी भनी वकेको र राम्प्रसादको घरमा वसेकी भन्ने वादीको दावा उनैको कुनै साछीले सीलौटीयामा फुसको घर वनाई वसेकी भनी वकेकाले वादी र वादीका साछीको कुरा नमीली फरक परेको तेस्मा साछीको कुरा पत्यार लायेक मान्न नहुने मुर्ताको जगा हुँदा कमाउने मोहीले कवुलीयेत गर्दा लक्ष्मी नगर वस्ने भनी वतं लेखेको लक्ष्मी नगरको जनसख्या फारां हुदा पैले जंगणना फारांमा मुर्ताको नाम लेखी पछी केरेको देखीयेको सो फारांमा मीलेमतो जाल्साजी गरी केरेको ठहरी फैसला भयेकोले वादीको दावी वमोजिंको धंमाल प्रर्तेवादीले पायेको नदेखीयेकोले धंमाल ली सीलौटीयामा वस्न गयेकी भंने वादीको दावा पुग्न सक्तैन झुट्टा उजूर गरेको ठहर्छ भंने स्मेत परासी अमीनीका हाकींको फैसला ।
मुर्ताका नाउको समं सीलौटीया गाउको नीमको रुखमा टासीयेको सीलौटीयामा नवसेकी भया सो म्याद टासीयेको थाहा पाई म्याद भीत्र प्रतीउत्तर दीने नसक्ने वुझीयेका वादीको साछी सीलोटीयामा वसेकी भनी वकपत्र गरेको लक्ष्मीनगर को जनसंख्या फारांमा मुर्ताको नाम केरी दाखेल गरेको सीलौटीया राम प्रसादको घरमा आउन जान गरेमा सावीत जन्संख्या फारां जाल्साजी गरेको ठहरेकाले मुर्ता सीलौटीया गै वसेको ठहर्छ धं माल लगेको नदेखीयेकाले आफनु घर आई नवसेसम्म जगा वादीको जीम्मा लगाई दीने भंने अमीनीको तहरीरको राय पर्चा ।
म लक्ष्मी नगरमै वसेको हुदा तहरीर खर्दारले गल्ती राये पर्चा गरे मीसील झीकी ईन्साफ पाउ भंने स्मेत प्र मुर्ताको अपिल जीकीर ।
सीलौटीया राम प्रसादको घरमा आवत जावत गरेमा प्र मुर्ता सावित जाये जन्म नभयेको उमेरदार स्वास्नी मानीस अर्काको घरमा आवत् जावत् वश्न स्मेत नहुने हुनाले अमीनीका हाकींको फैसलामा चीत वुझेन भंने स्मेत वादी कासीरामको अपिल जीकीर ।
वादी प्रर्तेवादी सौतेनी आमा छोरा भै अघीपनी पटक पटक मुद्दा चलीरहेको वादीको र नीजका साछीको कुरा पनी नमीलेको हुदा कवुलियेतमा लक्ष्मी नगर वस्ने भनी लेखीयेको अंस वंडाको ३२ नं ले आफ्नु धंमाल ज्यू माईत लान हुदैन भन्ने सम्म लेखीयेको माईत लगे भंने उजूर नभयेको हुनाले ईन्साफ अमिनीको हाकींले ठहरायेको मुनासीव भंने स्मेत् वुटौल अमिन्का हाकींको फैसला ।
अंसवंडाको ३२ नं मा ४५ वर्ष नपुगेकीले खसंको घर नवसी अंस पाउदैन भन्ने लेखीयेको र प्रर्तेवादीका नाउको समं सीलौटीयामा टासीयेकोले ईन्साफ तहरीर खर्दारको मुनासीव भंने अपिल्का असीश्टेंको राये पर्चा ।
हाकींको फैसला उपर चीत वुझेन भंने वादीको असीष्टेंटको राये पर्चामा चीत वुझेन भंने प्रर्तेवादीको स्मेत दुवै थरको अपिल परी आयेकोले अपिलाट् वादी प्रर्तेवादीलाई रोहवरमा राखी पेस गर्न ल्यायेको यो मुद्दा हेर्दा प्रर्तेवादी मुर्ताका नांको समं सीलौटीयामा तामेल गर्न लादा सो गाउमा नीजको घरद्वार नभयेकोले रूखमा टासीयेको देखीयेको ९ साल्मा मुर्ता उपर रैतीको वारेस भै वादीको साछी रामसुभगले उजूर गर्दा लक्ष्मी नगर वस्ने भनी वतं लेखेको हुंदा कवुलियेत गर्दा पनी लक्ष्मीनगर वश्ने भनी लेखेको लक्ष्मीनगरको जनसंख्या फारांमा मुर्ताको नाउ नंम्वर चढी जनगणना भयेको पछी केरे पनी जाल्साजवाट वादी संग मीली केरेको देखीयेको सीलौटीयामा वसेको भंने अरू केही लेखत् सवुद नआई श्रीफ साछीको भनाई सम्म भयेकोमा पनी ती साछी र वादीको कुरै नमीली फरक परेको तेस्मा साछीका भनाईले मात्र सीलौटीयामा वसेकै ठहराउन मुनासीव नप्ने उस्मापनी अंसवंडाको ३१।३२ नंम्वरमा अंसै नभयेकोमा अंस गर्नु परे सो अैं वमोजिं हुने येस्मा तेसो नभै अंसमा अघी मुद्दा परी १६।१।। वीगा जगा स्मेत ली अरू अंसको दावा छाडी मीलापत्र भै सकेको छुट्टीसकेपछी आफ्नु हक जतीमा वीधवा अंसधंको भै वमोजिं आफ्नु खुस गर्न पाउने खसंको घर छाडी अनेत्र गै वसी आयेस्था खान पाउदैन भंने कुनै अैं मकसत् नभयेको आफ्नु सत्य धर्ममा रही जहाँ जुं ठाउमा गै वसेपनी आफ्नु हक जगाको आयेस्था लगी वश्न खान पाउने भयेकोले ईन्साफ अमीनीको हाकीं र अपिल्का हाकींले ठहरायेको मुनासीव अमिनीको तहरीर र अपिल्को असीष्टेंटले गल्ती राये पर्चा गरेको ठहर्छ गल्ती गरेमा अमीनीको तहरीर खर्दार लाई अपिल्का फैसलाले जरीवाना गरी सकेकोले वुटौल अपिल्को अ नासु संकर धोज जोसीलाई हा का १५ नं ले उल्टीमा रू १ राये पर्चा गरेमा रू १ स्मेत ज्मा रू २ जरीवाना हुंछ का ई मझटोल घर भै सोही अडामा वाहाल हुदा असुल गर्नु भनी र अपिल गरेमा वादी कासीराम कुर्मि लाई सुरू डंड कं रु १० को दोश्रा अपिल हुदा हा का १० नं ले सैक्रा ५ ले कं रु ।। आठ आना डंड हुन्छ रूजु हुदा असुल गर्नु भनी तहसील्मा लगत दी मीसील जील्ला अमीनीमा पठाउन मीसील वीभागमा वुझाई दीनु ।
न्यायाधिस
ईती सं २०११ साल चैत्र २९ गते रोज २ सुभम् ।