• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३५६ - लुटपीट

साल: २०११ महिना: चैत्र फैसला मिति :2011/12/30 ८०

अभिलेख दर्ता नं.१३५6/20११

संवत् २०११ को दे/फौ.पु./रीट नं.91 नि.नं.........

 

नेपाल प्रधान न्यायालय सिङ्गल वेंच

अ नं ९१

मुद्दा लुटपीट

 


अपिलाट प्रतेवादी वचं गोप


वीपक्ष वादी असर्फी मंडल गोप


इजलाश

श्री माननिय न्यायाधिश भैरव राज पन्त पाध्या

 

फैसला

यस्मा ०८ साल फाल्गुण ८ गते १० वजे गाउकै उचित गोप काहा निमन्त्रणामा गएको वखत हाम्रो आली काट्ने इनै हुन कुट भनी वचं दिएपछी तोचं मोतीया समेतले कुटेको र ............. गोपको ।। कठा जगा खरद गर्ने कुरा भएकोले सो जगा लीन कं रु ५०० खलतीमा राखी गएको सो रूपैञा वचं गोपले लुटी लगे भराई पाउ भन्ने असर्फीको फेराद,

वादी उजुरी वमोजिम उचितका घरमा निम्तामा नगएको र मैले कुटपीट लुटपीट गरेको समेत होइन वादीका जगा संग साध जोडीयको मेरो जगाको आलीकाटी मेरो वास दखल गर्ने नियदले अघीदेखी मना मैरी भैरहेको सोही ईवीले झुट्टा गरेको भन्ने वचं गोपको प्रतेवादी,

वाीले झुट्टा उजुर गरेको ठहराई ०९।९।२२ मा सुरू विराटनगर अमिनीले फैसला गरेको,

उजुरी वमोजिम प्रतेवादीले लुटपीट गरेको र सुरूले गलती ईनसाफ गरेको ठहर्छ भनी ०१०।१०।८ मा मोरं विराटनगर अपिलले फैसला गरेको,

अपिलको इनसाफमा चित वुझेन भन्ने प्रतेवादी वचन गोपको धरौटी अपिल परी आएको इनै वादी प्रतेवादीको अ नं ९० मा दर्ता भएको कुटपीट मुद्दामा लुटपीट मुदाको मिसील समेत हेरी यो मुदाको निर्णय दिन मुनासिव देखिनाले उक्त मुदाको मिसील झीकाई पेस गर्नु भन्ने ०११।५।१५ मा भएका आदेश वमोजिम कुटपीट मुदामा तारेखमा रहेका वादी असर्फलाई राखी पेस हुन आएको वुझ्दा वादीले उचितका घरमा निम्ता भै जादा कुटपीट लुटपीट गरे भन्ने वादीको लेखाई यो यस कुराको निम्ता थीयो भनी वादीमा खुलाई लेखन नसेको यो लुटपीटको नालेस दिनु भन्दा अगाडी इनै वादीले दिएका कुटपीट मुदाको नालेसमा यो यती रूपैञा लुटेको भनी किटानी साथ लेखन नसकेको लुटपीट गरेको देखने वादीका साछी ५ जनाको वक्पत्र हेर्दा कसैले कुटपीट गरी लुटपीट गरे भनेका र कसैले वादी उचितको दर्वाजामा पुगनासाथ वचं गोप आफना घरवाट आई सर्फको कमेचमा पक्री नोट झीकी लगे भन्ने लेखेको यो येस कुरामा झगडा भै कुटपीट लुटपीट भएको भन्ने किटानी साथको वकाई नदेखिएकोले साछीको वकाई साचो नदेखिनेमा पनी ईनीहरूको कुटपीट मुद्दामा वारदात उचितको घरमा नभएको खेतमा भएको ठहरी आजै फैसला भएकोले समेत वादीले झुट्टा उजुर गरेको ठहरायको इनसाफ सुरू अमिनीको मुनासिव लुटपीट ठहरायको ईन्साफ अपिलको गल्ती ठहर्छ तपसीलका कुरामा तपसिल वमोजिम गर्न तहसीलमा लगत र धरौटीवाला अपिलाटलाई यो फैसला भएको जनाउ दी मिसिल वुझाई दिनु ।

तपसील

देहायका कुरामा देहाय वमोजिम गर्ने गरी मो.वी. अपिलको ०१०।१०।८।५ का फैसलाको लगत ०१०।१०।११ मा मो.वी. अमिनी तहसीलमा दीएको हाल अपिलको गलती सुरूको मुनासिव ठहरेकाले सो वमोजिम गर्नु परदैन देहाय वमोजिम गर्नु भनी मो.वि. अमिनी तहसिललाई पुर्जि गर्ने -१

मोरं प्रगंना माला मलेनी मौजे राजगंज सीनुवारी वस्ने प्रतेवादी वचं गोपके अपिलले गर्नु गरेको डण्ड कं रु १२५ नलागने हुदा असुल भए फेर्ता र नभए वेहोरा जनाई लगत काटी दिनु –

ऐ ऐ वस्ने वादी असर्फी गोपके जीताउरी रु ५ लागने अमिनीले गर्ने गरेको डण्ड कं रु ६२।। नलागने हुदा जीताउरी कटाई वाकी कं रु ५७।। फीर्ता दीने गरेको हाल निजलाई डण्ड नै लागने ठहरेकाले सुरू अमिनीका फैसला वमोजिम डण्ड को लगत कायम गरी अपिलले लिने गरेका जिताउरीको लगत काटी दीनु –

देहायका वादीका साछीलाई झुटा वकेमा अमिनीले कं रु १ का दर्ले जरीवाना गर्ने गरेको अपिलवाट नलागने भनी लगत काटने गरेको हाल लागने नै ठहरेकोले अपिल फैसलाको लगत काटी अमिनीकै लगत कायम गर्नु –

मोरं प्रगंना माला मलेनी मौजे राजगंज सीनुवारी वस्ने वुझी गोप -१

ऐ ऐ वस्ने वचा गोप -१                   ऐ ऐ वस्ने धर्म्र गोप -१

ऐ ऐ वस्ने गोपी कोइरी -१                 ऐ माला मलेनी वस्ने उचीत गोप -१

देहायका प्रतेवादीका साछीके झुट्टा वकेमा भनी अपिल फैसलाले जनही कं रु १ का दर्ले लीने गरेको जरिवाना नलागने हुदा वेहोरा जनाई लगत काटी दीनु –

मोरं प्र. माला मलेनी मौजे सीनुवारी वश्ने सरगुनी गोप -१

ऐ ऐ वस्ने निरगुं गोप -१             ऐ ऐ वस्ने तनुकलाल गोप -१

विराटनगर अमिनीका देहायका मानिसके इनसाफ उल्टीमा कं रु १ दामासाहीले असुल गर्ने भनी अपिल फैसलामा लेखेको सो नलागने हुदा असुल भए फिर्ता र नभए वेहोरा जनाई लगत काटी दीनु ---

हाकिम सुवा चन्द्र जं थापा क्षेत्री -१ ख. निल पराक्रम सीं राजवंशी -१ वी गोविन्द प्रसाद उपाध्या –

प्रतेवादी वचन गोप के अपिल उपर अपिल गर्दा तारेखमा नवस्ने गरी कं रु १२।। वार रूपैञा आठाना ०११।१।३० मो मो.वि. अमिनी तहसिलमा धरौट राखेको सो नलागने हुदा ऐन सवालको रित पुर्‍याई फीर्ता दीनु भनी मो.वि.अमिनी तहसिललाई पुर्जी गर्ने -२

वादी असर्फी मंडल गोपके सुरू अमिनी उपर अपिल गरेमा हा.का. १० नं वमोजिम सुरू डण्ड कं रु २।। को दसौद कं रु ६। छ रूपैञा चार आना थप डण्ड हुन्छ रुजु हुदा असुल गर्ने -३

मोरं विराटनगर अपिलका देहायका मानिसके उल्टीमा हा.का. १५ नं वमोजिम तजविजी कं रु २ दुई जरिवाना हुन्छ देहाय वमोजिम असुल गर्नु ----४

हाकिम सुवा सारदा प्रसाद पोखरेल पुर्व ३ नं चुं सोरं मध्ये विर्ता रूपाटारके कं रु ----१

अ.ख. गेरू प्रसाद कोईराला वीराटनगर ३ पैनीके कं रु ----।।२

वी दीनानाथ उपाध्या विरगंज वजार के कं रु ------।३

वादी असर्फी गोपके प्रतेवादी वचं गोपवाट कं  ५०० पान सय भराई दिने भनी माथी १ दफामा लेखीएका मितीमा मो.वि. अमीनी तहसिलमा लगत दिएको हाल भरी नापउने ठहरेकाले वेहोरा जनाई लगत काटी दीनु भनी मो.वी.अ.त.लाई पुर्जी गर्न विगो फाटमा लगत दीनु --५

 

न्यायाधीश

ईती सम्वत २०११ साल चैत्र ३० गते रोज ३ सुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563