निर्णय नं. १३५७ - जगा वाली
अभिलेख दर्ता नं.१३५7/20११
संवत् २०११ को दे/फौ.पु./रीट नं.४१0/376 नि.नं.........
नेपाल प्रधान न्यायालय सिंगल वेंच
अ नं ३७६
मुद्दा जगा वाली
अपीलाट दार्चुला अमीनी ईलाका पुरचौडी ककडपाखा लेटेकोट वस्ने वादी सानु अर्जुन नाथ जोगी
वीपक्ष प्रतेवादी दारचुला अमीनी ईलाका पुरचौडी ककडपाखा लेटेकोट वस्ने धनीनाथ जोगी स्मेत
ईजलास
श्री माननीय न्यायाधीश भगवती प्रसाद सींह वी. एस. सी. वी. एल.
फैसला
येस्मा मेरो नाउमा की नं १५५ मा दर्ता भयेको तीरो रु ।१६ लागेको खाली गरो पाखो जगामा मेरा छोराहरूले षत जोत गरी गहुँ छर्न लाग्द ०८।२।१९ गतेका दीन अन्यायवालाहरू आई आधा जगामा गहुँ छरी सकेपछि सो जगा हाम्रा दर्ताको हो चलं गर्न पाउदैनौ भनी हाक गरी आधा जगा वाँझै राषी दीयेका र आधा जगाको पनी ०९।१।३ गते गहुँ वाली लुटी लगेकाले वीगो कं रु ४० भराई जगा मेरै सदर गरी पाउ भंने स्मेत वेहोराको सानु अर्जुन नाथको वादी रहेछ
वादीको जगा हामीले षीचोला गरेका छैनौ कार्तीक १९ गते जगामा हटक गरेको भये उसै वषत उजुर गर्नु पर्ने नीज वादीको जगा रामीनाथ पश्चीं म जगंनाथ पुर्व गुहार उत्तरमा छ कौटे दषींमा छैन नीजको खाली गरो वाँझै छ कार्तीक १९ गते यसै अडावाट पक्राउ भै सीपाहीका साथ लागी आयेकाले पनी वादी झुट्टा भंने देषीयेकै छ तेसो हुदा वादी झुट्टा हो नीजको गहुँ वाली स्मेत हामीले लुटपीट गरेको होइन भंने स्मेत वेहोराको धनीनाथ स्मेतको प्रतेवादी रहेछ
वादीले साछी वकाउनै नसकेको प्र. साछीवाट प्र. जगंनाथ घरमा नभयेको र अरु प्रतेवादीहरूले स्मेत लुटपीट लगा गरेका होईनन् भनी वकपत्र गरी दीयेकाले वादीले झुट्टा उजुर गरेको ठहर्छ भंने दारचुला अमीनीको ०९।६।३० को फैसला रहेछ
नक्सा हेर्दा न नं ४ को जगा झगडीया जनीयेको प्रतेावदीको जगा न नं ७ को भनी वादीले देषायेको सो न नं ७ मा १५९ नं को कुनै कील्ला पनी मील्न नआयेकोले न नं ७ को जगा प्रतेवादीको १५९ नं को भंन नहुने सो जगा वाहेक प्रतेवादी जगा अनेत्र छ भनी वादीले भंन नसकेको वादी प्रतेवादीले जुन कील्ला लेषुनता पनी दर्ता कै कील्ला कायें मांनु पर्ने दर्ता भीडाउदा वादीको नं १५५ को जगा सानो धनी से दषीं जगंनाथसे पुर्व वाटो से पश्चीं रामीसे उत्तर भनी लेषीयेको कौछे से दषीं भनी प्र. धनीका जगा घुसाई पक्रेको प्रष्ट देषीयेको वादी प्रतेवादीको षाली गडो तेसै झगडा परेको न नं ४ कै ठाउमा येकै मीलानमा देषीई रहेकाले तेस ठाउमा प्रतेवादीको जगा छैन भनी वादीले झुट्टा दावी लीयेको र प्र.ले पनी आफनो दर्ता कील्ला पक्रनु पर्नेमा कौछे से दषीं पछींको जगा आफ्नो छदै न नं २ को ग्रहार वाटो देषी पश्चीं भंने कील्ला पक्री दुवै थरले सीमाना चापाचाप गरेको ठहर्न आउने हुनाले दुवै थरले दर्ता वमोजीं आफनो आफनो जगा षान पाउछन् वीगाको हकमा प्रतेवादी .............. जगा चापेको पनी नदेषीयेको वाली तर्फ वादीको सवुद पनी नभयेको ले वादीले वीगो पाउदैन भंने स्मेत वेहोराको डोटी अपीलको ०११।१।३१ को फैसला रहेछ
मेरो केही जगा प्रतेवादीले चापेको ठहरायेको वाली भने नपाउने गरेका र सो जगा जंमै मेरो हुदा अपीलको चीत्त वुझेन भंने स्मेत वेहोराको वादी सानु अर्जुन नाथको अपील रहेछ
येस्मा वादी सानु अर्जुन नाथको धरौटी अपील परी पेस हुन आयेको वुझ्दा वादीले प्रतेावदीको नं १५९ को जगा न नं ७ मा भनी देषायेको सो न नं ७ मा प्रतेवादीका जगाको कुनै कील्ला पनी मील्न नआयेको मीसील सामेल रहेको मोठ उतारवाट देषीयेको न नं ४ मा नै वादी प्रतेावादी दुवै थरका जगाको कील्ला मील्न आयेकाले वादी प्रतेवादी दुवै थरको जगा सोही न नं ४ मा नै छ भनी ठहरायेको ईन्साफ डोटी अपीलको मनासीव छ ईन्साफ पारी छीन्ने हाकीं उपर अपील गरे वापत अपीलाट वादी सानु अर्जुन नाथ के सुरू डंड कं रु ६/। को हाकीं का नाउमा कराउनेका १० नं वमोजीं दोश्रा अपील हुदा सैक्रा ५ ले कं रु ।- प डंड हुन्छ सो डंड कै रु ।- तारेषमा रहन नपर्ने गरी डोटी अपीलमा ०११।३।८।३ मा धरौट रहेको देषीयेकाले सदर स्याहा गर्नु भनी डोटी अपीललाई लेषी पठाउन तहसीलमा लगत दी मुद्दा छीनीयेको वेहोरा अपीलाटलाई पठाई मीसील प्रधान न्यायालय मीसील फाटमा वुझाई दीनु ।
न्यायाधीश
फाटवाला वी. योगराज
इती संवत २०११ साल चैत्र ३० गते रोज ३ सुभम्