• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३५८ - पानी हटक

साल: २०११ महिना: चैत्र फैसला मिति :2011/12/31 ७६

अभिलेख दर्ता नं.१३५८/20११

संवत् २०११ को दे/फौ.पु./रीट नं.४०१/२०५ नि.नं.........

 

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

 फौ सा नं २१५

मुदा पानी हटक

 


वादी कौडे साहु जौनपुरी वनीया महोत्तरी मटीहानी


प्रतेवादी वचादास धानुक स्मेत महोतरी मटीहानी


इजलास

श्री माननीय प्रधान न्यायाधिस हरि प्रसाद प्रधान एम. ए. वि. एल.

 

फैसला

यस्मा नींदेश्वर साहु जौतपुरीले सत्य नारयेणको पुजा गर्न लागी मलाइ नींता गर्न पठाउदा पानी चलदैन भनी हटक गरे पानी चलने ठहरी ७८।८७ सालमा फैसला स्मेत भयेकोले हटक गरेमा सजाये गरी पानी चलछ भंने गरी पाउ भंने स्मेत कोडे साहुको उजुर वयां रहेछ ।

हाम्रो मटीहानीमा जौतपुरीको पानी चलदैन सरकारवाट पानी खाने कर लागे मात्र खान्छौ भंने वचा दास स्मेतको प्रतेवादी वयां रहेछ

पानी चलने नचलनेमा जील्ला वुझी कीनारा गर्न गोश्वरालाई आडट हुनू पर्ने भंने स्मेत ०३।१।२८ को कटरवं अपीलको जाहेरी फैसला रहेछ

कटरवं अपीलका इन्साफ मुनासीवै ठहराइ ०३।१२।२९ मा प्रधान न्यायालय पैल्हा फाटवाट जाहेर गरेकोमा श्वै जील्ला वुझी जाहेर गर्नु भंने ०४।२।९ मा १ छापे भयेको हरेछ ।

सरजमीं वाट पानी चलने भंने स्मेत भै आएको स्मेतले पानी चलाउनु पर्ने देखींछ भनी वीरगंज गोश्वारवाट ०६।३।३२ मा जाहेरी फैसला गरेको रहेछ

यो जात भएको ठाउमा सरजीं वुझी मात्र कीनारा गर्नु पर्ने ठहराइ ज अ गो ले ११।३।३० मा जाहेरी फैसला गरेको रहेछ

साधक द्वरा पेस हुन आएको वुझ्दा जौतपुरी वनीयाको पानी चलछ भनी स.अ.गो.वाट ७८।३।९।४ मा फैसला भएको फैसला नकल मीसील्मा रहेको देखीएको सो फैसला वदर भै पानी नचलने ठहरी फैसला भएको छ भंन र सवुद प्रमाण दीन प्रतेवादीहरूले नसकेको हुदा सो ७८।३।९ को फैसला सदरै हुदा वादी कोडे साहु जौतपुरी वनीया छौ पानी चलछ जील्ला वुझ्नु पर्ने भंने स्मेत गल्ती राये गरेमा सदर अमीनी गोश्वरालाइ केही गर्नु पर्दैन अैं सवाल वमोजीं गर्नु भनी यो मीसील सदर अमीनी गोश्वरामै पठाइ दीनु ।

 

प्रधान न्यायाधिस

 

दुर्गाप्रसाद

फाट वी

संवत २०११ साल चैत्र ३१ गते रोज ४ सुभं ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563