• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २५ - लिखत बदर

साल: २००९ महिना: फागुन फैसला मिति :२००९/११/०६ १४१

अभिलेख दर्ता नं.२5/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.40/101

 

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

कोर्ट फी अपिल नं.१०१

 


अपीलाट वादी : प्रतिवादी भक्त बहादुर श्रेष्ठ का.ई.भीम्सेनथान

 


विपक्ष : वादी मङ्गली गुरूङ्गसेनी ल.पु.इ. थान्कोट इटाखेल


 

मुद्दा : लिखत बदर

 

श्रीमाननिय न्यायाधीश भैरवराज पन्तोपाध्यायज्यूको इजलास

 

फैसला

एस्मा मेरा बाबुको हकको जगा पोइल गएको आमाले वन्धकि दिने भक्त बहादुर लिने गरेकोले सो लिखत बदर गरि साजयें गरि पाउँ भंने स्मेत वादी, वादीकी आमा ठुलीले भोगवन्धक दीयाकोमा वाली नदियाबाट नालेस परी आखीर वाली विगो पाउने भएपछी विगो फाटले चलन पुर्जि दियाबाट मेरो हक भएको वादीको हक नहुदा वादी दावी झुठ्ठा भंने प्रतिवादी भएकोमा बुझीयाका प्रमाण परिवन्धबाट पोइल नजादै लियाको मोरु १७३।३४ सम्म वादीवाट पाउने अरु थैलि कपालि ठहराइ सुरू अड्डा जाच अदालत फाट तथा देवानी पैला फाटले र सो इन्साफ सदर गरी अपिल दोश्राफाटबाट फैस्ला गरे उपर अपिल जिकीर स्मेत हेरी विचार गर्दा वादीकी आमा ठुली गुरुंसेनीको सो जगामा हक दावी नै पुग्न नसकेको देखीएकाले स्मेत सुरु अड्डाहरूले गरेको इन्‌साफ सदर गरी अपिल दोश्रा फाटवाट छिनेको मुनासिव छ । दोश्रो अपिल गरेमा सजाये गर्नालाइ कोर्ट फी अपिल हुदा केही गर्न नपर्ने हुनाले प्रमाण स्हीतको मिसील मिसील फाटमा बुझाइ दिनु ।

न्यायाधीश

इति सम्वत् २००९ साल फागुं ६ गते रोज ३ शुभम ।       

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..