• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २०२ - घुस बेहिसाब

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/२४ १०६

अभिलेख दर्ता नं. २०२।२०१०

दे नं. २०९/६३२

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

फौ स सं ६३३

मुदा घुस बेहिसाब


निवेदक का.प.ई. काभ्रे रानाछाप बस्ने का.म मोहनबाहादुर रानाभाट

 

 

 

 

 

  

विपक्ष पुर्व १ नं बस्ने बखतबाहादुर कार्की छेत्रृ१

धुलीखेल दुटोल बस्ने हाकुचा श्रेष्ट१

सुन्दरलाल श्रेष्ट१

नारानदास खोजु श्रेष्ट१

ले प्रेमबाहादुर १

सुबे. गणेशबाहादुर१


इजलाश


श्रीमाननीय प्रधान न्यायाधीश  हरिप्रसाद प्रधान एम.ए.बि.एल.

 

फैसला

 

     येस्मा चुरोड मुद्दामा लेफ्टें सुबेदार स्मेत भै घुस दीयाको रुपैया मध्ये प्रेम बहादुरबाट रु ५०। भाग लीयेको ठहर्छ ढाक्रे भये पनी सजाय लाग्ने र अघी भएका खड्ग नीसाना मा नाती बाबुले स्मेत २ जना फेला नपरेकोले अैं सवाल बमोजि गर्नु भन्ने लेखीयकोमा मोहं बहादुर नामबाट जागीर खाएको देखीनाले जागीर खोसी नीज्ले खाएको तलब फेर्ता गर्नलाई अैंन मीलेकोले जाहेर गरेका छौ भनी पूर्व १ नं. दोडाहाले जाहेर गरेकोमा कसुर छफपाई जागीर खाएको हुदा तलब रु ३८५।८३ फिर्ता लीनु जनंभर जागीर नदिनु भन्‍ने २००६ साल भाद्र २६ गते १ छापे तोक्सदर भयेको उजुरवाला हाकुचा सुदुर नारांले नानी बाबु स्मेत भै लीयेको भन्ये र ले प्रेम बहादुरले नानीबाबुलाई रु ५०। भाग दीयेको छु भेको इवि वाला  तर्कबहादुर स्मेत र कुमारले नानीबाबु भन्ने मोहन बहादुर भनी लेखेको इविवाला सु गणेश बहादुरले सबैका नाउँबाट दौडामा उजुर गरेको अघी म्याद तामेल हुदा नानीबाबुका नाउमा काभ्रे डाडामा तामेल भयेको मेरो घर काभ्रे राना छापमा छ । काभ्रेमा ७।८। गाऊ भएको १०।८ जना नानीबाबु भन्‍ने छेत्रृ छन वारदात अवस्थामा म नाता पानी तर्फ गयेको छु ठहरे पनी ढाक्रेलाई जागीरे सरह नहुने ९१ सालदेखी मोहं बहादुर नामबाट जागीर खाएको छु उजुरवालाहरुको सनाखत सरजमीं समेत नबुझी ठहरायेकोले चीत बुझेन भन्ये स्मेत मोहं बहादुर राना भाट्ले ठाडो बिंती चढाउदा वेहोरा साचो भये छीनुवा मिसिल हरु झीकाई लेखीयको घुस लीने भनेको नानीबाबु छेतृ भंन्ये मानिस यो हो होइन उजुरवालाहरु स्मेतको सनाखत गराई जाहेर गर्नु भन्ये २००६।१०।२४ को हुकुम प्रमांगी रहेछ ।

बिंती चढाइ मिनखको मोह बहादुरको वयान रहेछ।

उजुरवालाहरु मध्ये सुन्दरलालका नाउमा ७।११।५ मा र नारां, हाकुचा २ जनाका नाउमा ७।११।१५ मा म्याद तामेल भएको रहेछ।

हाजीरी फारम हेर्दा ९२ साल्देखी मोहन बहादुर नाउबाट जागीर खाएको देखिंछ भन्‍ने धुलीखेल जंगी परेठको ज्वाफ रहेछ।

वुझीय  सम्मवाट ९२ सालदेखी मोहन बहादुर नामबाट जागीर खाएको भन्ये देखीयेको र उजुरवालाहरु म्यादमा हजीर नभयेको भनी ०७।१२।१२ मा पूर्व १ नंवर गोश्र्वाराले जाहेर गरेको रहेछ।

नाम ढाटी जागीर खायो भन्ये कुरावाट घुसको वात स्मेत लगाई मेरा नाउ रीमार्क गरी कीतापमा जनायेको छ मेरो नाम नानीबाबु होइन भन्ये स्मेत मोहन बहादुर रानाभाटले श्रीमान प्रधान मंत्रीजीमा जाहेर गरेको नीवेदनमा भएको बुझी नीवेदन पत्रको वेहोरा साचो रहेछ भने कितापमा सच्याई दिन लगाउनु त्यहा लेखी पठाउनु भन्ये आदेश भयको भनी प्रमुख नीजी सचीव प्रधान मंत्री कहावाट लेखी आयेकोमा जो बुझ्नुपर्ने हो बुझी यथासीध्र निरोपण गरी सुचित गर्नु हुनेछ भन्ये प्रधान  मंत्रालय राज्य व्यवस्थावाट लेखी आयेको रहेछ।

काभ्रेडाडा भन्ये काभ्रे राना छापबा६ १।। कफस फरक छ राना छापमा नानीबाबु रानाभाट छेतृ भन्ये मानीस छैनन मोहन बहादुर र नानीबाबु भन्ये यौटै होईन हाल पैरवीमा रहेको मोहन बहादुर रानाभाट छेत्रृ हो काभ्रेमा ६।७ गाउ भयको १०।८ जना  नानीबाबु भन्ये मानीस हुदा यो हो भन्‍न सक्तैनौ भंन्ये र पैरवीवाला मोहन बहादुर छन नानीबाबु होइनन भन्ये स्मेत ५ दफा स्मेत उठी ६५ ज्यान सर्जमीनंको मुचुल्का भयको रहेछ।

साधक द्वारा पेस हुन आयेको निवेदनवाला मोहं बहादुर रानाभाटलाई स्मेत राखी बुझ्दा लेन र कुमारले गरेको कागजमा सु गणेश बहादुरको छोरा नानीबाबु भन्ये र व तर्क बहादुरको कागजमा नानीबाबु भन्ये मोहं बहादुर भन्ये लेखेको देखीयेकोले नानीबाबु भन्ये मोहन बहादुर ठहर्छ भनी पूर्व १ नं दौडाहाले जाहेर गरेकोमा १ छापे तोक सदर भयेको र बुझी आयेको सर्जमी मुचुल्बावाट नानीबाबु भन्ये  मोहन बहादुर यौटै देखीन नआई पैरवीमा रहेन मोहन बहादुर हुन भनी लेखी दी सनाखत गर्न उजुरवालाहरुले म्यादै गुजारेकोले स्मेत ले प्रेम बहादुर समेत संगको घुस मुद्दामा लेखी यको नानीबाबु भन्ये मोहन बहादुर ठहर्दैन तपसिल बमोजिंको लगत दि मिसिल मिसिल फाटमा बुझाई दिनु।

त्पसिल

का.प.ई रानाछाप बस्ने का.त. मोहं बहादुर रानाभाट छेतृके वखत बहादुरको उजुर पूर्व १ नं दौडाहाले २००६।५।२ गते जाहेर गरेकोमा सोही मितिका १ छापे तोक्सदर बमोजिंम चुरोट मुद्दामा रु ५०। घुस लीयकोले वीगो रु ५०। र वीगो बमोजीं दंड रु ५०। नीजको काभ्रे पलाञ्चोक अदालतमा का.त र नरौसींदर जागीर खायको तलब मोरु ३८५।८३ स्मेत ज्मा रु ४८५।८३ चारसय पचासी रुपैया त्रीयासी पैसा २००६ साल भाद्र ३० गते अत. फौज्दारी तहसीलमा बुजाई सकेको हुदा लगत दी न नपर्ने भनी अपिल पैला फटका २००६ साल मार्ग २३ गतेका पर्चामा लेखिएको सो रुपैञा नीज मोहन बहादुर रानाभाटलाई फेर्ता दिनु भनी लगत दिनु ---------------------१

धुलीखेल जंगी परेठकाले प्रेमबहादुरबाट लीने गरी २००३।११।२८ गतेका सजं कोत वाली फैसलाले गरेकोमा सो रुपैया मोहन बाहादुरबाट दाखिल भै सकेकोले लिनु पर्दैन भनी अपीलका ऐ मीतीका पर्चा र २००६।१०।११ का लगतले लगत काट्ने गरेको सो लगत काटीले प्रेम बहादुर वाट लिने गरेको  लगत कायं गर्नु भनी ऐ ----------२

बखत बाहादुरको उजुर परेको पूर्व १ नं. दौडाहाका जाहेरी फेसलामा भयका १ छापे तोक्सटर बमोजिं मोहं बाहादुर राना भाटलाई जनंभर जागीर नदिनु भनी का.त. जागीर खोसीएकोमा घुसमा वात लागेको नठहरेकाले सो सफाई पायेको वेहोरा कितापमा जनाई दिनु भनी कर्म्याच्‍री कितापखाना निजामति दर्ता फाटलाई पुर्जी गर्नु --------------३ स्व वेहोराको जनाउ प्रधान मन्त्रालय राज्य व्यवस्थालाई जनाउ दिनु --------------४  

 

 

                                                           हरिप्रसाद

                                             प्रधान न्यायाधीस

इति संम्वत २०१० साल आषाड् २४ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563