• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २०३ - कुटपीट गरे घुस मागी खान खोजे

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/२४ १११

अभिलेख दर्ता नं. २०३।२०१०

दे नं. ५१/५३

नेपाल प्रधान न्यायालये सींगल बेञ्‍च

फै.सा.नं. १६४


उजुरवाला ख मेघराज पाध्या का.ई. डील्लीबजार

बीरुद्द- प्र.का.ई ठमेल बस्ने क.प. सार नरसीं राणास्मेत

 

  


मुदा कुटपीट गरे घुस मागी खान खोजे

ईजलास

 


श्री माननीय न्यायाधीश  हरि प्रसाद प्रधान ऐम.ए  वी. एल

फैसला

     येस्मा अकर्ण पोली बेहिसाव गरेको जाहेर गरेको था पाइ ५।१०।२१ गते श्री पंचमीलाई ठेकीयेको डर घटाघट गर्न सो दीं वा तहरीट खटाई भनी माघ २० गते अगाडी सकेपछी गौडाबाट पूर्जी आये पीठमा तहरिर खटाएको छ भन्‍ने ज्वाफ नगयेपछी मालको तहरीर स्मेत ४।५ सी वडा हाकीं आये म जप गर्न लागेको उठी आयेका देखनासाथ हातले २ थपड दी पाखुरा समाती लछार पछार गरी  घीस्याई ल्याई  जथाभावी गाली बेइज्जत गरे ईन्साफ पाएँ भंने स्मेत सल्यान मालका ख. मेघराजको जाहेरीमा प्युठान गौडाके सल्याना अदालत स्मेत भै यो उजुरीको कुरा पनी के कसो भयेको रहेछ चाडो बुझी अैं सवाल बमोजीं ठहर्‍याई जाहेंर गर्नु भंने ५।११।१८ को हुकुम प्रमांगी स्मेत रहेछ।

अडडा जाच वेहीसाव गरेमा जाहेर गरेको तहरीरले फरेंले थाहा पाई वडाहाकीं उठाइ घुसमा जबरजस्ती पक्राउनेस्मेत मसंग टी बिन्तीपत्र  बमोजीम कुटपीट वेइज्जती गरे भंने स्मेत मेघराजको बयान रहेछ।

 

वडा हाकीं हाकींले कुटपीट वेइज्जत गरे भंने विंतीपत्र झुट्ठा कुटपिट वेइज्जतीतर्फ दावी वेगर ज्वाफदेही हुन नपर्ने भंने स्मेत म कालीबहादुरको प्रतेवादी रहेछ।

ऐ.ऐ. वेहोराको ले.ज. जीत बहादुरको ऐ रहेछ।

५।१०।२१ गते । पंचमीलाई चाही पुजा खर्च घटाघट गर्न ऐ. २० गते खटी आयेको कालीबहादुर साछी रा.खि.का.मे तामेल हुनासाथ मुचुल्का बमोजींको रु ८।८५ वारा रु छविर हस्ते खर्च ल्याई पुजा चलेको उजुर मुताविक कुटपीट भये घा खट हुं पर्ने ऊजुर नकरा भन्‍नेस्मेत क. प सांव नर सीं को प्रतेवादी रहेछ।

बुझीयेका प्रमाणबाट क.प. सांव नरसीं राणाले कुटपीट गरेको ठहराई कुटपीटका १४ नंम्बरका अैंले मोरु ५। जरिवाना गर्ने गरी ६।७।१७ गते फाल्गुण ता गौडाले फैसला गरी प्रमांगी बमोजीं जाहेर गरेको रहेछ चश्मदीद साक्षी सबुद बेगर कोही जांने भंने कोही कुटपीट गरे भंने सुने भंनेका भरले हराई दीयेमा चीत्त बुझेन भन्‍ने क.प.सांव नरसींको अपील रहेछ।

ले.ज. जीत बहादुर मु.का. जीतबहादुरलाई केही गर्न नपर्ने क.प.सांव नरसिंले कुटपीट गरेको देखिदा सुरु प्यठान गौडाले जाहेर गरेको मुनासीव गरी पालपा अपिलले ६।१२।३०।६ मा जाहेरी फैसला गरेको रहेछ।

साधक द्वारा पेस हुन आयेको यो मुद्दा बुझदा क.प. सांव नरसींले कुटपीट गरेको ७हराई प्रमांगी प्युठान गौडाले जाहेर गरेको सदर गरी पाल्पा अपीलले जाहेर गरेको मुनासीव

 

                                                           हरिप्रसाद

                                             प्रधान न्यायाधीस

सं २०१० साल आषाड २४ गते रोज ३ शुभ्म्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563