निर्णय नं. २०४ - गुठी बाली
अ.द.नं.२०४ -१०,
दे न. ९१/५५
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
मुद्दा नं.५५
मुद्दा गुठी बाली
का.ई. ढोकाटोल बस्ने निवेदक प्रतेवादी कृष्णप्रसाद श्रेष्ट
विपक्ष काई कीलागल बस्ने वादी जमानी मैया श्रेष्टीनी
ईजलास
श्रीमाननीय न्यायाधीश प्रदीप्तमान्यवर नेपालतारा ले.ज. प्रकाशशम्सेर ज.बा.रा.
फैसला
येस्मा म स्मेतका ५ जनाले चलाउनु पर्ने तँढ गुठीको ५ सालको गु७ पालो मेरो भै मोहीले ल्यायेको घां मुरी ९।१५ गोपाल सुन्दरले लगे काले माग्दा यो वाली म लीन्छु आर्को सालको तिमीलाई दीउला भनी सु. मणीकलालले एउटा कागज लेखी मलाई स्ही गारई दोहर भनी मलाई यौटा कागज दीयेका जान्नेसँग गै देषाउदा ६ सालको बाली मोहीले नदीये हामी दीलाई दीउला भनी लेषेको रहेछ ६ सालको वाली अर्काका पालाको भै मैले षान नपाउने भयेबाट सो कुरा नीजहरुसंग भंदा कागज च्याती पनी नदीयेका र वाली पनी नदीयेकाले ५ सालको बाली भराई दीनु भंने प्रमांगी पाउ भंने वादी नानीमायाको बिंती पत्रमा येस्मा के भयेको हो सु.मणीकलाल बुझी जाहेर गर्नु भन्ने ५।१०।।४ को तोक प्रमांगी रहेछ
कृष्णप्रसाद सुर्यलालले पटकपटक उजुर गर्दा सबै गुठीयारको पालो हटेकाले झगडा नगरुन भंना नीमीत्त नानीमायालाई संझाई तेस्तो कागज गरी दीयेको हो भन्ने सु. मणीकलाल वुझेको रीपोट कागज रहेछ
५ सालको गुठी पालो कृष्णप्रसादको भन्ने देषीयेकाले र सो ५ सालको पालो नानीमायाले चलाई सकेकाले नीज कृष्णप्रसादको उजुर परेमा गुठी षर्च कटाई नानीमायाबाट कृष्णप्रसादले पाउने गरी ५ सालको वाली गोपाल सुन्दरवाट नानीमायालाई दीलाई दीनु भन्ने अ.त. वीगो फाटका नाउमा भयेको ६।५।१२।१ को १ छापे रहेछ
५ सालको गुठी मैले नै चलाएकोमा वाली गोपाल सुन्दरले लीएको नानीमायाले मुद्दा उजुर गरेकाले सजाय गरी सो वाली मलाई दीलाई दीनु भन्ने अ.त. वीगो फाटका नाउमा प्रमांगी पाउ भन्ने प्र. कृष्णप्रसादको विंतीपत्रमा अैंसवाल बमोजीं गर्नु भन्ने प्रमांगी रहेछ
५ सालको वालीमा गुठी षर्च कटाई कृष्णप्रसादले पाउने गरी गोपालसुन्दरबाट नानीमायालाई दीलाई दीनु भन्ने १ छापेमा लेषीयेकाले र वालीको वीगो गोपालसुन्दरबाट दाषील भै सकेकाले १ छापे बमोजीं सो वाली वीगो नानीमायालाई भराई दीने र कृष्णप्रसादलाई उजुर गरी लीनु भनी सुनाई दीने भन्ने ६।९।५ को अ.त. वीगो फाटको पर्चा रहेछ
५ सालको वाली गोपाल सुन्दरले लीएको नानीमायालाई दीलाई दीने भनी तोक फैसलामा लेषियकाले अपीलाटलाई दीलाई दीन मनासीव नपर्ने नीज अपीलाटले नानीमाया उपर उजुर गरी लीनु भन्ने ईनसाफ अ.त. वीगो फाँटको मनासीव छ हद मुनी हुदा अपील लाग्दैन भन्ने ७।६।१९ को अपील पैलाको फैसला रहेछ
अपील पैलाले हदमुनी गरी छीनेकाले ईन्साफ जाँची पाउ नभये नालेस गर्ने म्याद थामी पाउ भन्ने वींती पत्रमा मीसील झीकी ईन्साफ जाँची अैंसवाल बमोजीं गर्नु भन्ने ८।२।२७ को आदेस रहेछ
येस्मा निवेदक कृष्णप्रसादलाई स्मेत राषी पेस हुन आयेको वुझ्दा ५ सालको वालीमा कृष्ण प्रसादको उजुर परे गुठी षर्च कटाई नानीमायाबाट कृष्णप्रसादले पाउने गरी गोपाल सुन्दरबाट नानीमायालाई दीलाई दीनु भन्ने तोक फैसलामा लेखियेको सुरु र अपीलबाट स्मेत सो बमोजीं नै गरेको देषिनाले इन्साफ अपील पैला फाटको मनासीब छ ईन्साफ दोहोरायेमा उजुरवाला कृष्णप्रसादके सुरुबाट केही दण्ड सजाय नगरेकोमा अपीलबाट गर्ने गरेको दंड मोरु १। को हाकींका नाउमा कराउनेका ११ नं वमोजीं सैक्रा १० ले मोरु।१० दु पैसा थप दंड हुन्छ रुजु हुदा असुल गर्न तहसीलमा लगत दी मिसील मिसील फाटमा बुजाई दीने
प्रकाशशम्सेर
न्यायाधीश
इती सम्वत २०१० साल आषाढ २५ गते रोज ४ सुभम्