• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २०५ - कैदको रुपिञ्या तिर्न पाऊ

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/२५ १०८

अ नं 205/2010

नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च

स फौ ठा नं २४


निवेदक- चन्द्रप्रसाद पाध्या पूर्व२ नं सैपु रैकर वषेनी–––––––––––––     

विपक्ष  -लोकहरी पाध्या पूर्व से सै .पु. बिर्ता अमबोटे -------------


मुद्दा - कैदको रुपिञ्या तिर्न पाऊ

इजलास

श्रीमाननिय प्रधां न्यायाधीश हरिप्रसाद प्रधां एम ए बी एल

श्रीमाननीय न्यायाधीश भगवतीप्रसाद सिं बि ए.सि  वि.एल

आदेस

     लोक हरि पाध्याया संगको ज्यां मुद्दामा  कैद वर्ष ६ परेको लाल प्रसाद र अरु छोरा नीजै लोकहरी स्मेत संगको कुटपिट मुदाको डर्ले वेपता भयेकोमा ७३ वर्ष  वुडी वाहुनी अघिनै परलोक भयेकि स्याहार संभार गर्ने छोराहरु कैद परेका र वेपता भएवाट दुःख पाञ्येकोले कैद पर्ने छोरा लाल प्रसाद को १।७  भुक्तां भैसकेको वाकी कैद लाई निघावाट मिन्हा पाऊ हुन सक्तैन भने दोहोरा हात हाल हाला हाल कुटपिट भयेको यसैका चोटले मरेको भन्ने नषुलेकोले लाल प्रसादलाई कैद वर्ष ६ भन्ये फैसेला भयेको भै कुटपिटको सजाय संम गरेको भये पछि कुटपिटको रुपिया तिर्न वुझाउन पाउने भएवाट वाकी कैदको रुपिया वुझाउछु रुपिञ्या वुझी लालप्रसाद लाई छाडिदिनु भन्ने फौजदारी  तहसिल का नाऊमा र अरु वपत्ता भएका छोरा हुतराज प्रें प्रसाद तेजप्रसाद लाई कुटपिट मुद्दामा  लागेको कैदका आदेस वेगर अैं वुझन हुदैनभनि नवुझी दीयकाले स्व कैदको रुपिया  बुझि दिनु भन्य पूर्व २ नं दोलखा अदालतका नाउमा आदेस पाउ भन्येस्मेत वेहोराको चन्द्रप्रसाद ले पठायको निवेदनमा यसमा वेहोरा साँचो हो र झगडिया संगषको फैसला नक्कल र अड्डामा रहेको तोक स्मेत हेरी यो विन्तीपत्र  साथै राषि डिभिजं वेञ्चमा चाडै पेस गर्नु होला भन्ये वेहोराको आदेस भै मिसिल जिल्ला चलां नभै यहि रहेकोले मिसिल स्मेत आदेस वमोजिं पेस हुन आयको यस्मा लाल प्रसाद लाई ज्यान सम्वन्धी का १९ नंम्वर वमोजीं तजविजले सजाय गर्नु पर्ने ठहराई अपिल दोश्राले जाहेर गरेकोमा अनिरुद्रले चोट छोड्यपछी अनिदङलाई पैला चोट लाल प्रसाद ले हानेको र लाल प्रसाद मुनी अनिरुद्र माथी भै आषिर दुवैजना मुर्छा परी वोकाइ घर लगेको हो दोहोरो हात हालाहाल  कुटपिट भएको अइन का म्याद भित्र अनिरुद्र  मरेको यसैका चोटले मरेको भन्य  नखुलेता पनी मर्ने लाई पैल्हा हात चोट छाडैवापत नीज लालप्रसादलाई थुनामा परेको ८/7/-।4-। 2देषी कैद कट्टी हुनेगरी कैद वर्ष ६ गर्न पुर्व २ नं अदालतले कैद वर्ष २० गर्ने गरी राय लगायको सो २० वर्ष र अपिल गरेमा स्मेत केहि गर्नु पर्दैन अरु इन्साफ सुरुको मुनासीव गरी अपिल दोस्राले जाहेर गरेको मनासीव छ भन्य स्मेत वेहोराको 9/10/16/5 मा प्रधां न्यायालय डिभिजन  वेञच वाटफैसला भै 10/2/11/1 मा लगत दीयको देषियकाले नीज लाल प्रसादको हकमा ज्यां संवंधी का १९ नं बमोजीम तजविजले सजाय  तोकिएकोमा कैद गर्ने भन्य पनि नलेषिएको दंड स. का ५२ नं ले  अइन मा  कैद लेषिएका ज्यान सम्वन्धी मुद्दाको  कैदमा सम्भु  रुपिञ्या लिन नहुने यस्तोमा रुपिया नलिनु भन्य सो अइनमा प्रष्ट किटान  पनि नभयेको  हुदा कैदमा वसी सकेको कट्टि गरी वाकी कैदको अै वमोजिं का दरले चाहिने रुपिञ्या वुझाऊछं भने लि निज पूर्व २ नं सै पुरेकस वष्टेनी वस्ने लालप्रसाद पाध्यलाई छाडिदिनु भनि अत फौ फाटमा लगत दिनू लालप्रसाद पाध्यालाई छाडिदिनु भनी अत फौ फाँटमा लगत दिनू लालप्रसाद वाहेक छुट्टै मुद्दाँ वाट कैद लागेका निवेदकका छोराहरुको हकमा अइंले  कैद लाग्ने किटान भयेको कलं जतिमा रुपिञ्ञाया बुझाउन पाउदैंन  अै सवाल वमोजिं छिनियेको सदरै छ ।––––––––––––––

 

भगवतीप्रसाद सिंह                           हरिप्रसाद

      न्यायाधीश                               प्रधां न्यायाधीश

इति सम्वत् २०१० साल आषाड २५ गते रोज ४ शुभम

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563