निर्णय नं. २०६ - फैसलावमोजीं वण्डा छुट्टाई पाउ
अ नं 206/2010
नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च
दा.न 1055
निवेदक जी.भ .पु को मौ सपही बीर्ता बस्ने खतरी ग्वारनी–––––––––––
विपक्षी – जी भ.प्र.को मौ सपही बीर्ता बस्ने गजु राउत ग्वार –––––––––––
मुद्दाः- फैसलावमोजीं वण्डा छुट्टाई पाउ
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम. ए .बी एल
श्रीमाननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय
आदेश
यसमा गजु राउत ग्वार संगको अंस मुद्दा सुरु देखी न्यायालय लगायत बाट मैले जीती पाएको आखीरी फैसला को नक्कल लीयेका ३ मैना भीत्र द्रखास्त गरेको छु फैसला वमोजीं जगा घर स्मेत चलं दर्ता गराई पाउ भंने स्मेत खतरी ग्वानींको दरखास्त परेको ले दसौद आम्दानी. वाधी जगा घर दाखील दर्ता गर्न चलं चलाइ कित्तै पिच्छे छुट्टाइदिने पुर्जी गरी दीने भंने 09/1/12 गतेमा जलेश्वर अमीनी तहसील ले पर्चा गरी वंडा चलन छुट्याइ सकेपछि ०६ सालमा फैसला भएकोले म्याद नघाइ दरखास्त दीयेको सो द्रखास्त वमोजीं कारवाई हुनै नसक्ने हुदा अैं सवाल वमोजीं गरीपाउ भन्नेस्मेत गजु राउतको विंती पत्रमा आखीरी फैसला भयेका मीतीले ३ मैना भित्र दर्खास्त पर्न आय ली वण्डा छुट्टाउने कारवाहि गर्नु पर्ने सो वमोजीम नगरेमा तहसील लाई रु १ जरीवाना गरी कारवाईका हकमा वंडा छुट्याइ चलं चलाइ सकेको भय पनि अंसवाल वमोजीं वदर गरी दीनु भन्ने महोत्तरी अपीलवाट तोक गरेकोमा सो तोक दरखास्तवाला खतरी ग्वारनी लाई सुनाई फैसला भएको जनाउ नपायेको नक्कल लीयेका मीतीले म्याद भीत्रै द्रखास्त दीयेकोले तहसीलले चलं दर्ता गरेको थामीदीनु भंने आदेश गरी पाउ भन्ने स्मेत खतरी ग्वार्नीको नीवेदन पत्रमा न्यायालय वाट डीसमीस फैसला भयेको जनाउ झगडीयाले पाये नपायेकोस्मेत वीचार केही नगरी कीन त्यस्तो तोक गरेको भनी अपिलको कैफियत ली मीसील दुवै थर झगडिया समेत राखी जाहेर गर्नु भंने आदेस वमोजीं दुवै थरलाई तारेखमा राखेकोमा गजु राउत ग्वारले १० साल जेष्ठ १० गतेको तारेख मा हाजीर नभै गुजारी वसेकोले द्र्खास्तवाला खतरी ग्वार्नी लाई राखी वुझ्दा नीजैहरुको अंस मुद्दा सुरु देखी प्रधान न्यायालय लगायतवाट खतरी ग्वार्नीले २००६ साल मार्ग १४ गतेमा जीतेको र आखीरी प्रधान न्यायालयवाट जनाउ पायको नदेखी फैसलाको नक्कल लीयेमा ३ मैना भित्रै दर्खास्त परेको हुदा दण्ड सजायका 4२ नं को अैं बमोजीं जगा घर छुट्टाई चलं चलाउने 9/1/12 मा जलेश्वर अमीनी तहसीलको पर्चा मुनसीव ठहर्छ । झगडीयाले जनाउ पाये नपायेको वीचार नपुर्र्याइ तहसीलको कारवाई बदर गर्ने तोक गर्नु महोत्तरी अमीन को गल्ती देखीनाले आइन्दा यस्तो हुन नपाओस भनि स्व वारेको मीसील र प्रमाण को मीसील स्मेत जीला अमिनीमा पठाउन मीसील फाँटमा वुझाई दीनु आखीरी फैसला भएको जनाउ जीत्ने झगडीया लाई आखीरी फैसला भएको मीती थाहा नहुने दण्ड सजायका ४२ नं ले आखिरी फैसला भएको ३ मैना म्याद भीत्र द्रखास्त दीनुपर्ने पिदेखीएकोले अव उप्रान्त जीत्ने झगडीयालाई स्मेत अैन सवालको रीत पुर्र्याई अपिल तहका अडा अडावाट जनाउ दीन लाउने विषयलाई फुलकोर्टमा पेश गर्नु ।
भैरवराज पंत हरिप्रसाद
न्यायाधिस प्रधान न्यायाधिस
सम्वत २०१० साल आखाड २६ गते रोज ५ शुभम–––––––––––––––