निर्णय नं. २०७ - चोरी
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
फौ ठा नं.१००९
मुदा चोरी
निवेदक प्र. पुर्व २ नं चरीकोट् जपे रैकरको हाल स.जेल्मा थुनीयको सनमान कार्की
विपक्ष वादी जगमाया छेत्रृनी
इजलाश
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए.बि.एल्
आदेश
येस्मा २००९ साल जेष्ट २१ गते फैसला गरेकोमा फैसला बाची नसुनाई अपीलको म्याद स्मेत नदीयको र अपील दीन सक्दीन लुट्पीट्मा बयान गराई तारेखमा छुटाई पाउ मलाई दियको थुनुवा पुर्जिमा सार्की लेखेका छन के मुदाबाट सार्की तुल्यायको रहेछ जेल्मा पानी बाहेक भै बसेको छु मीसीलस्मेत झीकी बुझी पाउ भंनेस्मेत सनमान कार्कीको निवेदन पत्रमा बेहोरा साचो भया उजुरीमा कार्की र कैद म्याद पत्रमा सार्की लेखीयकोले दुवै कुरा देखाई लेखोट् गरी मीसील झीकाई जाहेर गर्नु भंने आदेश रहेछ ।
फैसला र श्रेस्तामा स्मेत कार्कीनै लेखीयको छ थुनुवा पुर्जिमा सार्की भय भुल होला भंन्येस्मेत पुर्व २ नं अदालतको ज्वाफसाथ मीसील आयेको रहेछ।
लगत उतारमा कार्की लेखीएको छ भनी उतार पठायको र सनमानसंग भयको सकल थुनुवा पुर्जि हरायो भनी दाखील नगरेको भंन्ये स.नं जेल अपीलको ज्वाफ रहेछ।
आदेसबमोजिं पेस हुन आयको बुझ्दा फैसला लगत उतारस्मेतका कागजमा कार्कीनै लेखीयको र सार्की लेखीयको थुनुवा पुर्जि भनेको सकल दाखील गर्न नसकेकोले अैं सवाल बमोजिं गर्नु आदेश भयको बेहोराको जनाउ सनमानलाई दि पुर्व २ नं अदालतको जाहेरी फैसला हुदा मीसील अपील दोश्रा फाट्मा पठाईदिनु
प्रधान न्यायाधीश
इति सम्वत २०१० साल आषाड् २७ गते रोज ६ सुभं