निर्णय नं. २७ - जगा बाली
प्रधान न्यायालय डिभिजन बेञ्च
दा.नं.
अपिलाट
वादि लक्ष्मीकान्त चापागाञी तापलेजुं पाचथर नरकोट
विपक्ष
प्रतिवादि रागबहादुर लिम्बुस्मेत
एै. एै. बमोजिं मालताप
मुद्दा: जगा बाली ।
श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए.बि.एल.
श्रीमाननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्रृ
फैसला
यस्मा मेरा बाबु खडानन्दबाट रु २० थैली खाई प्रतिवादीको बाजे मोतिराज लिम्बुले ५१ सालमा गरि दिएका छिन्ति राजीनामा बमोजिं ५० सालका जाचमा मेरा बाबु खडानन्दका नाममा दर्ता गरी भोग चलन गरि आएकोमा पछि ७४ साल पौष ३ गतेमा म बाट रु १३९ खाई सोहि ५१ सालको राजीनामा सकार गरी यै प्रतिवादीकाबाबुहरु ५ जनाले कागज गरि दिए बमोजिं हाम्रो भोग चलं भएको फुंचे नयाँको सल्ले भन्ने रैकर जगामा ०३ साल कार्तिक १६ गतेका दिं प्रतिवादिहरुले ६०×˟८० जवान लार्केहरु ल्याई धान कोदो मास स्मेतको वालि लुटि खाएकोले सजाय विगो रु १८१० भराई पाउ वादि रहेछ।
वादिको जगा देखि दखिं तर्फ मेरो कुमालटार भंने नाप भै वादिले सो जगाको वालि लुटि खाएकोले धनमालमा उजुर गरेको हु वादिले पेस गरेको राजीनामा जालसाजी हो हामिले वादीका जगाको वालि लुटि खाएको छैन भंन्ने प्रतिवादीहरु रहेछन।
प्रतिवादिका वावु वाजेहरुले गरिदिएको ५१ सालको र ७४ सालको राजीनामा बमोजिं ५० सालमा वादिका वावुका नाममा दर्ता भै सकेको र ९५ सालको राजीनामा सो दुवै राजिनामा डोरमा पेस भै पिठमा अड्डाको छाप समेत लागेकोले सो राजीनामाको जगाको वालि प्रतिवादिहरुले लुटेकै ठहर्छ भनि तापलेजुं अमिनीले ०४।१।१८।५ मा फैसला गरेको रहेछ।
५१ सालका राजिनामाबाट हक भएको भन्ने वादिको जिकिर भएकोमा सो भदां अघी ५० सालमै वादिका वावुको नाममा दर्ता भै सकेको र सो राजीनामाको पिठमा पनि ०५० साल जाचको निस्सा छाप लागेको नदेखिएको र ०५१ सालमा राजीनामा गरि लिएको जगा भए सोहि जगामा ०७४ सालमा फेरी १३९ थपि राजीनामा गराई रहनै नपर्ने। ९५ सालको नापि बदर भएको नक्सामा कुलो देखी दखिंको जगा प्रतिवादीको भै वादिले झुठ्ठा उजुर गरेको ठहर्छ भनि धनकुटा अपिलले ७५।५।१८ मा फैसला गरेको रहेछ।
इनसाफ धनकुटा अपिलले छिनेको सदर गरी प्रधान न्यायालय पहिला फाटले ०६।८।२४।६ मा फैसला गरेको रहेछ।
चित्त बुझेन इन्साफ जाँची पाउँ भंन्ने वादि लक्ष्मीकांतको विंतिपत्रमा व्यहोरा साँचो भए यो मुद्दाको झिकि हेरि इनसाफ जाँची ऐन सवाल बमोजिं गर्नु भंने ०८।१ १६ को आदेश रहेछ।
अपिलाट लक्ष्मीकांतलाई राखि बुझ्दा प्रतिवादिको कुमालटार भंने जगा अंत यस ठाउमा छ भनि वादीले नक्सामा देखाउन नसकेको र धेरै सरजमिंले कुलादेखि दाविको जगा प्रतिवादी कै हो भनि लेखि दिएको र ति सरजमिं उपर वादिले उजुर गर्न पनि नसकी चुपलागी बसेका स्मेतबाट पहिला फाटको इनसाफ मनासिव छ।
मुद्दा दोहोराएमा वादि लक्ष्मिकांत चापागाइ सुरु दण्डको रु २६६। हा.का.क. ११ नम्बरको ऐन बमोजिं सैंडा २० ले रु. २६।।।P दण्ड हुन्छ रुजु हुदा असुल गरि मिसील इलाका अमिनी पठाउन् अ.त. मिसिल फाटमा बुझाई दिनू।
महेन्द्रबहादूर हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इती सम्वत २००९ साल फालगूण १३ गते रोज ३ सुभम्।