निर्णय नं. २०८ - मुगलानीञाँलाई जगा दर्ता गरी दीय
अ.द.न.२०८-२०१०, ८६।६९३
प्रधान न्यायालय सिङ्गल बेञ्च
अपिल नं ६९३
जी.म.प्र. कोदारी मौज्ये मं गुली सिरोमंपट्टी बस्ने सौखीलाल ठाकुर मैथील बाहुं वादी अपिलाट१
जि.म.प्र.को मौजे देबरीहा नीकास बस्ने बालसिं राउत ग्वार स्मेत वीपक्ष प्रतेवादी१
मुद्दा- मुगलानीञाँलाई जगा दर्ता गरी दीय
इजलास
श्रीमाननीय न्यायाधीस भगवतीप्रसाद सिं बि.एस्सी बिएल
फैसला
स्रिष्टीधर झा लाई मेरो छोरी गुंजेश्र्वरी कन्यादान दीयेको मौका प्र. बस्न चलाउना नीमीत्त सर्तनामा कागज लेखी ।४s।। जगा पनी दीयेको छोरी गुंजेश्र्वरी आफ्ना कालगतीले मरी सर्तनामा बमोजिं श्र्व जगा मैले फीर्ता पाउनेमा जीमीदार परवारीले मुगलनीञा ल्यायी नीज श्रिष्टीधरका नाउंमा दाखेल दर्ता गराई प्र. बालसिंले लीयेको बदर गरी पाऊ भन्य स्मेत ७।४।३१।२ को सौखीलालको फेराद रहेछ
स्रीष्टीधर मरी सक्येको बादीको छोरी गुंजेश्र्वरी मरी २००१ सालमा स्रीष्टीधरका नाऊमा दर्ता भयेको ६।१०।९ मा स्रहरीया मवा बालसिंले श्रर्ष्टीधरबाट राजीनामा पास गराई येकोकुनै हदम्याद भीत्र उजुर पनी नपरेको कंरु ८१ मा बादीले छोरीलाई लेखी दीयेको षतमा स्रहदै र ११ वर्सको उमेर लेखेकोबाट हकदार साछी नरहेको जगाको हैसीयेत बडेको र मरेको मानीसको जेबनाये पनी हुने हुँदा झुट्टा उजुर गरेको हो भन्यस्मेत प्र. बालसिं प. कुलेश्र्वर स्मेतको ७।७।२९ को प्रतेवादी रहेछ।
छोरी गुंजेश्र्वरीका नाऊमा बीहे भैसकेपछी राजीनामा लेखत गरीदीयेको साचो हो छोरीको लोग्ने मुग्लानीञाँ हुँदा उजुर गरेको हो भन्या ७।९।११।३ को वादी सौखीलालको बयान रहेछ।
गुंजेश्र्वरीलाई लेखत गरीदीदा प्र.को मौज्ये देवदीहा बीर्ता वस्ने भनी गुंजेश्र्वरीको १ नं लेखियेकोले सबुद वेगर नीजको लोग्ने स्रीष्टीधर झा मुगलानीञाँ भन्न नहुने मुगलानीञाँ ठहर्न आयकै खंडमा पनी अपुताली जगा स्रहदीयाका हात वीक्री गर्न पाऊछ भन्य अदलको अैं भयेकै हुदा नीजका नाऊमा जीमिदार पट्वारीले दर्ता गरी दीयेको वेमनासीब भन्न नहुने जगा मीचनेको श्र्व जगा पजनी को ३४ नं. का अैंको म्याद भीत्रको उजुर नभयेको बादीले दाखेल गरेको लेखत पास नभयेको जगा तर्फ म्याद नघाई उजुर गरेको र मुगलानीञाँका नाऊमा जगा दर्ता गरे भन्नेस्मेत झुट्टा उजुर गरेको ठहराई ८।१।३०।१ मा जलेश्वर अमीनीबाट फैसला भयेको रहेछ।
जगा दर्ता गराऊने बारेमा पैल्ये पटकपटक कै विंतीपत्र दीयेकै छु जगाञी स्रीष्टीधर झा जिल्ला दरभङ्गा मौजे हरीहरपुर मन्य सकलै कागज पेस भयेबाट मुगलानीञाका नाऊमा जगा दर्ता गर् नहुने भन्य स्मेत सुरु उप्पर बादीको अपिल रहेछ।
बादीले छोरीबाट रुपैयाँ ली राजीनामा गरी दीयेको जगा छोरी मरेपछी नीज्का लोग्नेका नाऊमा दर्ता भै मात्र स्रहदीयाका हातमा बीक्री राजीनामा पास गरी सकेको कुरामा बादीले उजुर पुग्न नसक्ने हुदा सुरुको ईन्साफ बहाल राखी ८।५।४।२ मा महोत्तरी अपिलबाट फैसला भयेको रहेछ।
जुवाञी श्रीष्टीधर झा स्रहदीया भन्ने कुनै नीस्सा भयेकोल्ये मुगलानीञाँ ठहर्ने र दाखेल दर्ता श्रेस्ता पनी जाल्साँजी हो भन्य स्मेत महोत्तरी अपिल उपर बादी सौखीलालको अपिल रहेछ।
येस्मा नीज स्रीष्टधर मुगलानीञा भये पनी अदलको २१ नं. को ६ दफाका अैंले तेस्तो अपुताली जगा स्रहदीया बालसिंलाई स्रीष्टीधरले वीक्री गरेको सदर हुने र श्रेस्ता सच्याये भन्य जीकीरलाई तेस्ता ई फक्का सवुद प्रमाण केही नभयेको स्मेतबाट सुरुको ईंसाफ बहाल राखी अपिलले छीनेको मनासीब ईंन्साफ पारी छीन्ने हाकीं उपर अपिल गरे वापत अपिलाट बादी सौखीलालके हाका १० नं का अैंले सुरु दण्ड कंरु १ को दोश्रा अपिल हुदा सैकडा ५ ले कंरु s। दण्ड हुन्छ श्र्व हुने दण्ड २००८।७।२२।५।५ मा अदालतमा धरौट रहेको मीसीलबाट देखीयेकोल्ये श्र्व धरौटी सदरस्याहा गर्नु भनी जील्लालाई पुर्जि गर्न तहसिलमा लगत दी धरौटीवाला अपिलाटलाई यो फैसला भयेको जनाऊ दीनस्मेत मीसील मीसील फाट्मा बुझाई दीनू
भगवतीप्रसाद सिंह
न्यायाधीस
ईती सम्वत २०१० साल आखाड् २७ गते रोज ६ सुभं