निर्णय नं. २१० - भोजभात हटक
अभिलेख दर्ता नं.२१०/२०१० मु.नं.५६/११२०
नेपाल प्रधान न्यायालय फुलबेञ्च
सा नं.११२०
मुदा –भोजभात हटक
वादी सिध्दीदास तमोट ल.पु.ई.इखा कुट्टुङ्गी
विपक्ष प्रतेवादी आसाकृष्ण तमोटसमेत
ईजलास
श्री माननिय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम.ए.बि.एल.
श्री माननिय न्यायाधिस प्र.मा.ने.ता.ले.ज.प्रकाशसम्सेर जङ्गबहादुर राणा
श्री माननिय न्यायाधिस भैरवराज पंत पाध्या
श्री माननिय न्यायाधिस भगवतीप्रशाद सिंह बी.एस्सी बि.एल
आदेस
यस्मा तारेखमा रहेका वादीका वारेस खड्गबहादुरलाई राखी पेस हुन आएको यो मुदा बुझ्दा भोजभात चलाउने ठहरी २ पटक फैसला भएको तेश्रा पटक नालेस पर्न आयपछी अडाले पनि अैं बमोजिम फैसला गर्नुपर्ने तेश्रा पटक अडाले पैसला गरेको नदेखिएकोले अैं वमोजिम फैसला गर्नु र डंड सजायँका ४९ नं.का अैं बमोजिम मानिस राखी अैं सवालको रित पु-याई चलन चलाई दिनु भनि यो मिसिल ललितपुर अदालतमा पठाईदिनु।
न्यायाधिस न्यायाधिस न्यायाधिस प्रधान न्यायाधीश
ईति सम्वत २०१० साल आषाड २९ गते रोज १ सुभं