• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २१२ - अपताली जग्गावाली

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/३० १५३

अ.द.नं. २१२-१०,

दे न. ६२/१००४

 

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

अ.नं.१००४

मुद्दा अपताली जग्गावाली


अपिलाट पुर्व १ नं का.पु.इ भुंलु हलदे बस्ने सिवलाल सिटौला

विपक्ष पुर्व १ नं का.प. इ भुंलु बस्ने देवलाल सिटौला


इजलास

श्रीमाननिय न्यायाधीश भैरवराज पंतोपाध्याय

फैसला

यस्मा प्रत्येवादीको वाबु स्यामलाललाई र मलाई वाचुन ज्याल साल १ को घां मकै गरी  ५ मुरी बुझाउनु मरेपछि आधा आधा खानु भनी कर्ष्णामायाले ८४ साल्मा कागज गरी दिएकि र ०४ साल्मा मरेकिले म समेतले खर्च लागाई प्रत्येवादीले कृया गरेको र कृष्णा मायाको अंस कोइराला वोटे खेत र वादी प्रत्येवादीलाई कमाउन दिएकोमा ०५˟०६ साल्को वाली दिएन वालीको विगो रु १३६ \६७ कटाई आधा जग्गा चलं चलाई पांउ भन्‍ने देवलालको फेराद।

वादी झुठ्ठा हो वादी ..................... वादी साहीलो मात्र वेगल बसेको हो अरु सगलमै मरेको र यी कान्छी आमा कृष्ण माया पनी सगोल्मै भै ०५ सालमा मरेकोले मैंले कृया गरेको छू ।वादी दावीको जगा कृष्णमाया हो भंने सबुद पनी दिन सक्नु पर्ने भंने सिवलालको प्रत्येवादी रहेछ।

वादी दावी झुट्टा ठहराईको पहिला सुरु अदालतले फैसला गरेको गल्ती ठहराई अपुतालीको जग्गा वादी देवलालले आधा लाग्ने ठहराई अपिल तेश्रा फाटबाट फैसला गरेको रहेछ।

अपिलाट सिवलाललाई र छलफललाई झिकाई आएको देवलाललाई समेत राखी बुझदा ८४ साल्को कागजले हक भएको भंने वादीको भनाइ भएको स्व कागज हेर्दा सेसपछीको वकसपत्र सरह देखिएको तेस्तो वकशपत्र पास नभई अंले सदर नहुने र अपुताली तर्फबाट पाउने हो कि भन्‍नलाई छुटीएको वंडापत्र र साछी समेत वादीले दिन नसकेको प्रत्येवादीले सगै वसेको हो भनी साछी समेत वकाएको र साल्सालै तिरोभरो गरेको रसिद समेत पेश गरेकोले पुर्व १  काभ्रेपलानचोक अदालतले वादी दावी झुठ्ठा ठहराई गरेको इन्साफ मनासिव अपिल तेश्रा फाँट्को इन्साफ गल्ती ठहर्छ तपसिलमा लेखिएका कलममा तपसिल बमोजीं गर्ने गरी मिसिल मिसिल फाँटमा बुझाई दिनु।

                     तपसिल

सुकु काभ्रेपलानचोक अदालतका ०७।१२।१५।४ का फैसलाले वादी देवलालके दंड मोरु २८।८३ गर्ने गरेकोमा अपिल तेश्राका ०८।९।२३।२ का फैसलाले लिने गरेको दन्ड ०८।१२।१६ गते असुल भएको भंने का.प.अ. को पुर्जीबाट देखिएको स्व दन्ड फिर्ता भएको मिसिलबाट नदेखिएकोले सुरु अदालतको लगत कायं राखि अपिलको लगन काटी अैं सावाल बमोजिं गर्नु भनि लगत दिनु -----

सिवलाल सिटौला के अपिल तेश्राका ऐं मितिका फैसलाले लिने गरेको दंड मोरु ९।८३ रुजु हुदा असुल गर्ने भंने फैसलामा लेखिएकोले असुल भए फिर्ता दिने नभए लगतकाटी दिनु भनी तहसिलमा लगत दिनु -------

अपिल तेश्रा फाँटका फैसलाले काभ्रे पलानचोक अदालतका देहायको मानीसके देहाय बमोजिम गर्ने गरेको जरिवाना असुल भए फिर्ता दिनु भनी र नभए हाकीं डि लोकराज उपाध्यायके रु ।६५

वि.काजीबहादुरके रु ।३५

इनुसाफ उल्टीमा हा.का. १५ नं. का अैंले अपिल तेश्रा फांटका देहाय मानिसके देहाय बमोजिं जरिवाना हुन्छ असुल गर्नु भनि तहसिलमा लगत दिनु हाकीं सु. देवप्रसादके रु।५० अ.ख. दीनराजके रु।२५ वि रघुनाथके रु।२५

 

 

भैरवराज पंत

न्यायाधीश

सम्वत् २०१० साल आखाड् ३० गते रोज २ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..