निर्णय नं. २१३ - घटि बडी कर्णि
अ.द.नं. २१३-१०,
दे न. ५१९/१०
नेपाल प्रधां न्यायालय फुल बेञ्च
प्र.न्या.फौ.सा. नं.१०
फेरादवाला लिलानाथ लुईटेल जैसि पूर्व ४ नं भोजपुर सिकतेल
विपक्ष कमलि सर्केनि ऐ सीकतेल लेषर्क ऐ ललबहादुर षत्रृ क्षेत्रृ ऐ
मुद्दा घटि बडी कर्णि
ईजलास
श्रीमाननिय प्रधां न्यायाधीश हरिप्रसाद प्रधां एमए बिएल
श्रीमाननिय न्यायाधीश प्र.मा. ने.ता. ले.ज. प्रकासशम्सेर जङ्गबहादुर राणा
श्री माननिय न्यायाधीश भैरवराज पन्तोपाध्याय
श्रीमाननिय न्यायाधीश भगवतिप्रसाद सिंह बिए सि.बिएल
फैसला
म तालुकदार कहाँ येहि कार्तिक १ गते कमलिको आमा छत्रे सर्किनिले मेरो बिवाह नभयेकी छोरि कमलिले गर्भ बोकेकि रहिछ येही आश्र्वीं २८ गते जातक पैदा गरी कस्को गर्भ भनि सोध्दा लालबहादुरको भनेकी जंमेको जातक करेको भनेकिले पानि संवंधिको कुरा हुदा षर षेर गरि सोध्दा गर्भ लालबहादुरको हुदै नचेपि जातक कालले मरेको भनेकीले लालबहादुर फेला परेकोले निज र मरेको जातकस्मेत संपुवा साथ दाषित गर्न ल्यायेको छ् भात पनि बोर्नु बराऊनू गरे नगरेकोस्मेत अैं बमोजिं हवस भन्ने स्मेत संयक्त फेराद,
७ साल फाल्गुण ७ गते बेलुका गोठमा सुतेकी लालबहादुर पनि नजिकै गोठमा सुतने गरेको आधारात हुदा निज लालबहादुर आई छुई पाखुरामा समाई कर्नि गर्ने सुरु गरेबाट म सर्किनि तिमि क्षेत्रृ हुदैन भंदा नमानेको मलाई पनि कर्णि गर्ने मंसाय भयेबाट कर्णि लिनूदिनू भयेको भोलिपल्ट पनि कर्णि लिनूदिनू भयेको स्वही कर्णिबाट गर्भ रहेको कसैलाई नभनेकी दलेको स्वास्नीलाई भनेको संम थीये निजले कसैलाई नभने भनेकीले कसैलाई केही नभनि पटुका बादी बसीरहने गरेकी आञ्वुं २८ गते जातक जंमेको जंमेको जातक जुदै जन्मेयि आपै मरेको सो बालष स्मेत लि जानुपर्छ भनेकोले लि आयेको हुँ भन्येस्मेत कमलिको वयां,
७ साल फाल्गुण ७ गते म गोठमा सुतेको आधा रातमा मेरो गोठ नेर कमलि पनि गोठमा सुतने गरेकीले स्वरातमा कमलि भयेको ठाउँमा गै समाऊदा कर्णि गर्न भनेकिले कर्णि भयेको भोलिपल्ट पनि कर्णि भयेको हो दाजुलाई र घरका जाहाँलाई बारेको छु जातक कर्तव्यले मरेको संषा लागदैन मेरो स्वास्नी सो कर्णि हुनुभंदा अगावै माईत गयेकी घरमै नआई पोईल गै भंदा सुनेको छु भन्नेस्मेत लालबहादुरको बयां,
मैले थापाई भात पनि षायेको छैन पीरमा परेकी छु भाईको पतिया पाउं भन्ने स्मेत लालबहादुरकी आमा संतमायाको बयां,
मैले थापाई अन्न पानि षायेकि छैन भोरेमा परेकि छु पतिया पाऊ भन्ये स्मेत वेहोराको लालबहादुरकि दिदि अन्नपूर्णको वयां रहेछ।
७ साल फाल्गुण ७।८ गते कर्णि भयेको भनि लालबहादुर कमलि सावितै भयेका र स्व कर्नि बिर्जेबाट छोरो जातक जंमेको मर्यो भन्ये लेषाई देषिदा सावित हुदा अरु संषा लि रहनु नपरेको ञै कमलि सर्किनि लालबहादुर षत्रृ कर्णिमा विग्रेकै र संतमाया स्मेत भीरमा परेको र दलेकी स्वास्नी नाऊ नजानेकी कमेनिले दावायेको ठहर्छ दलेकि स्वास्नीलाई रु ५। दंड गर्ने कमलिलाई २ वर्ष कैद लालबहादुरलाई १।। वर्ष कैद गरी जात पतित गरि सामन्ये १ अक्षेर षोपि सार्कि जात्मा मिलाई छाडिदिने स्मेत ठहराई पूर्व ४ नं. भोजपुर अदालतले गरेको जाहेरि फैसला रहेछ।
सावित भै कर्णिमा बीग्रेको देषियेको जंमेको जातक कर्तव्ये गरी मारेको संखा लाग्दैन भन्येस्मेत सरजमिंको लेषाई भयेको अदालतले गरेको इन्साफमा चित्त वुझाई अपिलस्मेत नगरेको हुदा ईन्साफ सुरुको मनासिव भन्येस्मेत ठहराई धंकुटा अपिलले गरेको जाहेरि फैसला रहेछ।
येस्मा धंकुटा अपिलले जाहेरि फैसला गरेको भै साधकद्वारा पेस हुन आयेको यो मुद्दा बुझदा लालबहादुर कमलि कर्णिमा साबितै र वुझियेका सरज्मींबाट जंमेको कर्तव्ये गरी मरेको भन्येस्मेत नदेखिदा लालबहादुर कमलि कर्णिमा विग्रेको स्मेत ठहरायेको ईन्साफ धंकुटा अपिलको मनासिब छ सा भन्ये १ अक्षर षोपि सार्कि जातमा मिलाउनलाई २०१० साल ज्येष्ट २५ गतेमा प्रधां न्यायालय फुल बेचबाट भयेका निर्णय गैसकेकोले सोहि निर्णय बमोजिं गर्नू भनि यो साधक धनकुटा अपिलमा पठाई दिनु।
भैरवराज पंत भगवतीप्रसाद सिंह प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधीश न्यायाधीश न्यायाधीश प्रधां न्यायाधीश
इति सम्वत् २०१० साल आषाड ३० गते रोज २ शुभम्