• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २१६ - ज्यां

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/३० १०८

अ.द.नं. २१६-१०,

रीट नं. ११९

नेपाल प्रधान न्यायालय फुल बेञ्‍च

नं.११९


फेरादवाला रामप्रसाद थपलिया पुर्व २ नं. ई पवटि पहरिषर्क

विपक्ष मायानाथ थपलिया पूर्व २ नं. इ. पवटी पहरिषर्क


मुद्दा ज्यां


ईजलास

श्रीमाननीय प्रधां न्यायाधीश हरिप्रसाद प्रधां एम.ए. बि.एल

श्रीमाननीय न्यायाधीश प्र.मा.ने. ता. ले.ज. प्रकाशसम्शेर जङ्गबहादुर राणा

श्रीमाननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय

श्रीमाननीय न्यायाधीश भगवतीप्रसाद सिंह बि.एस सि.बि.एल

फैसला

मायानाथले यै २००२ साल श्रावण ४ गते वेहां ३˟४ घडी चढेपछी वाली चरायो भन्ये कुरामा भनाभन भै मायानाथकै घर भित्र मायानाथले षुकुरिले दुर्गा प्रसादलाई हानि ठाउ ठाउमा कटीयेको सो घा मध्ये दाहिने घुडाको माझमा घुडाको पाङ्ग्रो छीनि ५ इन्च लामु घरी षुकुरीले हानी घा चोट परेको सो चोटको पिरबाट मर्न गयेकोले अैं बमोजिं सजाय गरी पाउ भन्ये समेत फेराद

दुर्गाप्रसाद दाजु नाताको निजसंग इवि अदावत थियेन कुटपिट गरेको पनि छैन २ साल भाद्र ८ गते जागीर षान मनिपुरतर्फ गयेको दुर्गाप्रसाद हाल कहाँ छ था छैन निजलाई मैले खुकुरीले काटेको स्मेत छैन । श्रावण ४ गते घरै छु मेरा नाउमा म्याद आएको था छैन चन्द्रबहादुर, विरबहादुर रामप्रसाद स्मेत संग लेंदें वारे भनाभन भएको इविबाट झुट्टा पोले पोलायका सर्जमिंले लेषिदिइका हुं भन्ये समेत मायानाथको वयां।

सरज्मीं मुचुल्का बमोजीं दुर्गा प्रसादलाई मायानाथले कुटेको पिरबाट २ साल भाद्र १९ गते मरेको ठहरायेको छु कुटेको छैन भन्‍ने निजको बयां झुटा हो मैले रुपिया लियेको छैन जाल्साज गरेको पनि छैन झुट्टा उजुर गरेको भन्‍ने समेत गोपि कृष्णाको वयां।

दुर्गा प्रसादलाई मायानाथले २ साल श्रावण ४ गते कुटेको जाच हुदा मर्न बाचनको दोसाधीजन्य भयेको भाद्र १९ गते मरेको ऐं २७ गते लास जाँच भयेको सोही चोटबाट मरेको भंदा सुनेको हु सर्ज्मीं हुदा म नभयेको दार्जलिङंमा हुदा जाल्साज गरी रुपैञ्या षायेको स्मेत छैन भन्ये स्मेत मदंबहादुरको वयां

सरज्मीं भयेको वषत म घरमा नभै जागिरे भयेवाट पल्टं साथ दिनी गयेको २ साल कार्तिक ११ गते मात्र फर्कि आयेको मायानाथले दुर्गाप्रसादलाई कुटि मार्‍यो भन्‍ने सुनेको हुँ मायानाथलाई मैले प्रक्री ल्याएकोमा शिवनाथले मैले पक्री ल्याएको भनि जाल गरी झुट्टा उजुर गरे गरायेको हो भन्‍ने स्मेत विर बहादुरको वयान

म पल्टंमा जागिरे भै हींदुस्थान गयेको २ साल कार्तिकमा मात्र आयेको हुँ जालसाज गरेको भन्ने स्मेत चन्द्रबहादुर भन्‍ने प्रेंबहादुरको वयान

दुर्गाप्रसादलाई मायानाथले वालि षायो भन्ये कुरामा २ साल श्रावण ४ गते षुकुरीले हानी कुट्यो भन्ये थाहा भयेको भोलीपल्ट हेर्न जादा घाऊ खत भएको देषेको फर्कि घर आयेको हुँ मैले जालसाज गरेको छैन भन्ये स्मेत राम प्रसादको वयां।

श्रावण ४ गते मायानाथले दुर्गा प्रसादलाई कुटपिट गरेको कुरा म स्मेत वसी सर्ज्मीं भएको हो लेंदें भनाभन केही छैन मैले जाल गरेको होइन भन्ये समेत डिल्लीनाथको वया रहेछ ।

मर्ने दुर्गाप्रसाद कर्तव्य भै मरेको लास जाँच मुचुल्काबाट देषियको मौकै देषि मायानाथ उपरै उजुर परेको कर्तव्ये नपरी अरु वेहोराबाट मरेको लासलाई यो परिवंदबाट कर्तव्येको अवस्था गराई मिलायो भंन वा अरु कुनै मानिसले कर्तव्य गरी मारि मरेकोमा मलाई पोले पोलायो भन्‍न सबुद दिन नसकेको सरज्मींले मायानाथलाई फसाउनु पर्ने कारं केहि नदेखियेको मायानाथले दुर्गाप्रसादलाई खुकुरीले हानि तेसै घाषतबाट मरेको ठहर्छ जाल साज गरेको ठहर्दैन मायानाथलाई सर्वस्व गरी दामलमा हालि दिने समेत ठहराई ६।१२।२५ मा रा.का. फौ अदालतले जाहेरी फैसला गरेको रहेछ।

करतव्यबाट मरेको लास मुचुल्काबाट देषियेको अरुले कर्तव्य गरी मारेकोमा मलाई पोलायेको भंन नसकेको जालसाजबाट पोलायेको सबुद गुज्रन नआयेको स्मेतबाट इन्साफ दुर्गा प्रसादलाई षुकुरीले मायानाथले हानी घाषत परेकोबाट मरेको भनि सुरुले जाहेर गरेको मनासिव भनि २००९।११।११ मा अपिल दोश्राबाट जाहेरी फैसला गरेको रहेछ।

येष्मा अपिल दोश्रा फाटले जाहेरी फैसला गरेको भै साधक द्वारा पेश हुन आयेको यो मुद्दा बुझ्दा लास जाँच मुचुल्काबाट मर्ने दुर्गाप्रसाद कर्तव्य भै मरेको देखियेको जाल्साजबाट पोलायेको सबुद गुज्रन न आयेको बुझियेका सरज्मीं समेतबाट कर्तव्य भै मरेको मायानाथ उपरको लेषाउ समेतबाट मायानाथले षुकुरीले हानी पारेका घाषतबाट दुर्गा प्रसाद मरेको ठहराएको एन्साफ अपिल दोश्राफाँटको मनासीव छ झेल सुधार योजना बमोजीं निज मायानाथलाई २० वर्ष कैद गर्नु दामल गर्ने हक्मा लालमोहर बक्साइने अैं बमोजिमको नियमावली वनि नसकेकोले सो बनेपछी निकाशालाई उसैबषत जाहेर गर्नु भनि मिसिल रा.का.फौ. अदालतमा पठाईदिनु।

 

 

 

भगवतीप्रसाद सिंह        भैरवराज पंत            प्रकाशशम्सेर       हरिप्रसाद

  न्यायाधीश            न्यायाधीश               न्यायाधीश         प्रधां न्यायाधीश

इति सम्वत् २०१० साल आषाड ३० गते रोज २ शुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563