निर्णय नं. २१७ - गूठि बेहिसाब
अ.द.नं. २१७-२०१०,
दे न. ३६९/८७०
नेपाल प्रधान न्यायालय डिबीजन बेञ्च
दा.नं.
बादि
अपिलाट- पालपा तानसेन नारानथानटोल बस्ने पं. शिवकुमार उपाध्यास्मेत
प्रतिबादि
बिपक्ष-ऐ.ऐ बस्ने पद्मराज उपाध्या धनेश्वरा उपाध्यानी
मुदा गूठि बेहिसाब
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए.बि.एल.
श्रीमाननिय न्यायाधीश प्रदिप्तमान्यवर नेपालतारा ले.ज. प्रकासशंशेर जङ्गबहादुर राणा
फैसला
यस्मा पालपा विस्नु फाँटका गुठीमा अघी मुदा पर्दा ०४ सालदेखी २ वर्षसम्मको शिवकुमारले गुठी चलाउने सो २ वर्षमा गुठि विषयमा उजूर गर्ने काम नगरे तेसपछी २ वर्ष पद्मराजलाई पालो दिई अनि २˟२ वर्षको आलोपालो गर्ने स्मेत व्यहोराको तोक सदर भए बमोजिं ४ सालमा मैले बालि उठाउनु पर्नेमा मु. दलबहादुरबाट प्र पद्मराजले रु २४।७५ उठाई भरपाई गरि दिएका रहेछन् मैले उठाउनु पर्ने बालि उठाई गर्न नहुने काम गरेकाले निज पद्मराजलाई गुठि पालोबाट झिक्ने र धनेश्र्वराहरुले पनी मलाई थाहै नदि बालि उठाएकोले सजाय गरि पाऊ भंने मेरो बीन्तीपत्र परी प्रमांगी बमाजिं पालपा गौडाबाट बुझदा सो रु २४।७५ को भरपाई कृते खडा गरेको भन्नेस्मेत वेहोराको पद्मराजले र बालि उठाएकोमा सावीत भै धनेश्र्वरास्मेतले कागज गरि दिएपछी भरपाईमा सदेकृते छुटयाउनु पर्ने हुँदा चित्त नबुझनेले अदालतमा गै उजुर गर्नू भनी पालपा गौडाबाट पर्चा गरेकोले अपिल सरहको विंतिपत्र दिएको छु निज प्रतिबादि पद्मराजले गर्नू नहुने काम गरेकोले पुजा चलाउने एकलौटि पालो मैले पाई बालि जथाभावी उठाएमा धनेश्र्वरालाई सजाय गरि पाऊ भंने बादिको विंतिपत्र वयान रहेछ।
यो बादिले अघी देखी मलाई गुठी पालोबाट हटाऊनलाई पटक मुदावाला हुँदा पनी हटाउन नसकेकोले मैले अघी सहिछाप गरि राखेको कागजमा अर्को कागज खप्टाई मेरो सहिछापको नकल उतारेको र मेरो छाप जस्तै छाप कटाई क्रृते भरपाई खडा गरेको हो मैले ०४ सालको बालि मोरु २४।७५ उठाएको र भरपाई गरि दिएकोस्मेत हैन । मलाई बालि बुझाउने भनेको दलबहादुर पनी मेरो अघी देखीको झगडिया हुँदा कृते कागज खडा गरि झुट्टा उजुर गरेकोले बादिलाई नै पुजाको पालोबाट हटाई एकलौटि पालो मैले नै पाउनु पर्छ भंने प्रतिबादि रहेछ।
प्र. पद्मराजले मबाट मोरु २४।७५ बुझी लिई आफ्नै हस्ताक्षरले भरपाई लेखी सहिछाप गरि दिएकोले हामीहरुले रृते खडा गरेको हैन भंने दलबहादुरको बयान रहेछ।
भरपाईको ब्यहोरा र सहिछापस्मेत पद्मराजकै हो भनी दलबहादुरले बयान गरेकोमा व्यहोराको हस्ताक्षर र सहिछापको हस्ताक्षर मसीस्मेत फरक परेको देखीएको र दलबहादुरको र पद्मराजको पनी अघीदेखी मुदा परि रहेको देखीएको त्यस्तो झगडीयाबाट आफूले उठाउन नहुने बाली उठाई प्रतिवादिले भरपाई गरिदियो होला भंने कुरा पनी पत्यार नपर्नेस्मेतबाट बादि शिवकुमार दलबहादुरले नै क्रृते भरपाई खडा गरेको ठहर्छ भनी पालपा अपिलले ०८।५।२५ मा फैस्ला गरेको रहेछ।
इनसाप पाल्पा अपिलको मनासिब ठहराई प्रधान न्यायालय तेश्रा फाटले ०८।१२।२६ मा फैस्ला गरेको रहेछ।
प्रधान न्यायालय तेश्रा फाटले गरेको इनसाफ चीत्त बुझेन भन्ने बादि वा स्मेतको पं शिबकुमारको बिंतिपत्रमा मिसिल झिकि लेखत माष्टरलाई जँचाई जाहेर गर्नू भंने ०९।३।६ मा आदेश भएको रहेछ।
बादिबाट पेश भएको रु २४।७५ को भरपाईको हस्ताक्षरको सहिछाप जाचन पठाउनप्र. पद्मराजलाई झिकाउने आदेश बमोजिम झिकाई हाजीर भएपछी सो भरपाई जाँचन नपठाई इनसाफ भए पनी चित्त बुझछ भन्ने व्यहोराको दुबैथर झगडियाको द्रखास्त रहेछ।
यस्मा बादिको वा गणेशकुमारलाई र पद्मराजलाई राखि बुझदा प्रतिबादी पद्मराजलाई बालि बुझाउने भनेको दलबहादुरले लिन नहुने बालि लिएकोमा पद्मराजका नाममा उजूर गरि बालि फिर्ता लीन सक्नु पर्ने अथवा यै वादीले पनि वालि बुज्ने पद्मराजकाको र बुजाउने दलबहादुरको नाममा स्मेत उजूर गर्नु पर्नेमा नगरि बालि बुझे बुझाएको भरपाई लीई धर्म लोप गरे सरह पुजाको पालोबाटै हटाई पाउ भनी पद्मराजका नाममा मात्र उजूर गरेको देखिएको त्यस्तो बाली बुझे बुझाएको भरपाईबाट पुजाको पालोतर्फ इनसाफ गर्न मनासिब नपर्ने हुंदा यो मुदा खारेज हुन्छ। तपसिल बमोजिम गरि मिसिल इलाका अदालतमा पठाउन अ.त मिसिल फांटमा बुझाई दिनू ।
तपसिल
बादि देहाएका मानिसके पालपा अपिलका ०८।५।२५ का फैसलाले गर्ने गरेको देहाय बमोजिमको दण्ड हाल मुदा खारेज भै नलाग्ने हुंदा असुल भएको फिर्ता दिनु भनी र असुल नभएको भए लगत कट्टा गरि दिनु भनी अ.त.दे.मा लगत दिनु ----------------
पालपा तानसेन मेहेलधरा बस्ने पं शिवकुमार पाध्याके मोरु ६।१८।३ ऐ इलाका मोडंडी बस्ने मु.दलबहादुर मगरके मोरु --------------------------------६।१८।३
प्रधान न्यायलय तेश्रा फाडका ०८।१२२६ गतेका फैसलाले निजै पं शिवकुमारलाई लागेको डंड मोरु १।२४ को लगत कट्टा गर्न ऐ.ऐ--------------------------------
मुदा खारेज भएकोले उजुरवाला बादि निज पं शिवकुमार उपाध्याके तजबिजी मोरु १। दण्ड हुछ वारेस हुंदा असुल गर्नु भनी ऐ.ऐ-----------------------------------------
खारेज गर्नु पर्ने मुदा खारेज नगरि भरपाई सदेक्रृतेमा सुनाई इनसाफ गरेमा देहाएका अडाका देहाएका मानिसलाई केहि गर्नु पर्दैन -------------------------------------
प्रधान न्यायलय तेश्रा फाटका हाकिं मिर सधा महेन्द्रबहादुर महत क्षत्रृ -----१
अ सुधा बेनु बहादुर खत्री क्षत्रृ ------------------------------------------१
बी. आनन्दविलास उप्रेति ------------------------------------------------१
पालपा अपिलका
सुब्बा सेरमान गुभाजु -------------------------------१
अ.ना.सु. हरिबहादुर श्रेष्ठ----------------------------१
ता.डि. लिलामणि अधीकारि--------------------------१
प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधीश प्रधां न्यायाधीश
इति सम्वत् २०१० साल आषाड ३१ गते रोज २ सुभम्।