• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २१८ - कर्णी बगबादी

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/३१ १०६

अ.द.नं. २१८-१०,

दे न. ३६१/३१९

नेपाल प्रधान न्यायालय डिविजं बेञ्‍च

मुद्दा नं.३१९


अपीलाट निवेदक प्र. कोते शंभुलाल झा

का.ई. त्रीपुरेश्वर

विपक्षी वादी बालकुमारी

क्षेत्रीनी का.ई. त्रीपुरेश्वर


मुद्दा कर्णी बगबादी


इजलास

श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम.ए.बी.एल

श्रीमाननीय न्यायाधीश प्रदीप्त मा.ने. ता. ले.ज. प्रकाससम्सेर जं.ब.रा.

फैसला

प्रतेवादीहरुका नाउमा माना चावल दीलाई पाउ भनि मैले देवानीमा नालेस दीयेको सो मा प्रतेवादी दीदा जालसाजी कृते लीखत खडा गरी पेश गरेका र सो लिखतमा ठाऊ ठाऊ बसेकि पोइल गएकि भन्‍ने वगवादी वोली लेखेकाले नालेस गर्न आयेकि छु, लोग्ने कृष्णालाल गाऊमा आई डुली मेरा बाबुसंग मलाई कन्या मागी ७६ सालको फागुं मैनामा दियो कलस पक्री पंच बाजा लगाई वीवाह गरेकोलाई वगवाद लेखेमा निज लोग्ने कृष्णलाल सौनेने छोरो संभुलाललाई सजाय गरीपाउ भन्‍ने स्मेत ९९।८।१०को वालकुमारीको फेरादपत्र रहेछ।

यो वादी मेरा घरमा डेरा गरी बसेको वीरबहादुरको डेरामा आई बसेकि रहिछ। सोध्दा होल खायर पागुमा आइ वसेकी ताहावाट फरपिं सनिखेल गुठी कान्छा भन्‍ने भगत सिं कहा पोइल गई वसेकी सौताको पिरले वस्न नसकी निस्केकी, कहि वस्न पाए वस्छु भनेकिले नीजलाई स्वास्नी तुल्याऊन मं भएबाट विवाहिता छोरो संभुलाललाई भन्दा सौतेनी आमाको चोट सहिवस्न सकिन भनेकोले वालकुमारीले भने बमोजिंको कुरा लेखी म र छोरो संभुलाललाई आधी आधी गरी ७६।२।७ गते वण्डा गरी संभुलालललाई दी ऐं १३ गते वादीलाई स्वास्नी तुल्याई घर ल्याइराखेको हुँ, विवाह गरेको भन्‍ने वादीको उजुर झुट्टा हो भन्‍ने समेत ९९।९।२६।१ को कृष्णालाल झा को प्रतिउतर पत्र रहेछ।

ऐ.ऐ. मीलानको छोरो हरिप्रसादले ऊचाली झुट्टा नालेस गरेको हो भन्‍ने स्मेत कोते संभुलाल को ९९।९।२७।२ को प्रतिऊतर पत्र रहेछ।

वादी वालकुमारी लाई प्रतेवादी हरुले वगवादी वेइजती भने लेखेकै ठहर्छ भन्‍ने २०००।५।२२।३ को रा.का. फौज्दारी अदालतको सुरु फैसला रहेछ।

इन्साफ सुरु मुनासिब गरि ०१।९।१४।५ मा अपिल पैल्हाले गरेको फैसला रहेछ।

इन्साफ सुरु अपिलको मनासीब गरी ०२।४।२८।१ मा भारदारी तेश्राले गरेको फैसला रहेछ।

दोहर्‍याउने प्रमांगी बमोजिम दायेर भै इन्साफ सुरु अपिल भारदारीको सदर गरी प्र.न्या. दोश्रोबाट श्री मे.ज. वसन्त सम्सेरले ०३।११।२१ मा गरेको फैसला रहेछ।

प्रमाङ्गिबाट दोहोरीई इन्साफ प्रधान न्यायलय दोश्राको मनासीब भन्‍ने ०७।३।१९ मा खड्ग निसान भएको रहेछ।

प्र.कोते संभुलालका निवेदन पत्रमा मिसील झीकी दोहोर्‍याई हेरी अैं सवाल बमोजिं गर्नु भन्ने श्री का.मु. न्यायधीशको ०७।१२।१५।४ को आदेश रहेछ।

यस्मा सो आदेश बमोजिं दायर भै तारेखमा रहेका कोते संभुलाल स्मेत र वालकुमारी वा. हरीप्रसाद स्मेत राखी पेश हुन  आएको येस मुद्दामा आदेश बमोजिं न्यायलयबाट म्याद दी झीकायेको भगत सिंले बालकुमारीलाई मैले चिने जानेकै नहुदा निजलाई मैले स्वास्नी तुल्याई राखेको मकहाँ पोइल आएको बसेको समेत होइन भनि वयां गरेको र प्रतेवादी हरुका भनाई लेखाई बमोजिं निज कान्छा भन्‍ने भगत सिं कहा पोइल गएको भए तेस्तो वयां गर्नु नपर्ने हुनाले वादीलाई वगवादी लेखेकै देखिन आई जालसाजी मुद्दा पनि जालसाजी गरेकै ठहरी आजै फैसला भएकोले स्मेत इन्साफ तह तहको मनासिब ठहराई ०७।३।१९।२ मा खड्ग निसाना फैसला भएको मनासीब ठहर्छ।

दोहोर्‍यायेमा प्र. कोते संभुलाल का.ई. त्रीपुरेश्र्वरके सुरु दण्ड मोरु १०।– को हाकींका नाउमा कराउनेको १० नं. का अैं बमोजिक दसौद मोरु १। येक रुपैया दण्ड हुन्छ रुजु हुदा अैं बमोजिं लगत दी मिसिल मिसिल फाट्मा बुझाई दिनु।

प्रकाशशसम्सेर                                               हरिप्रसाद

न्यायाधीस                                               प्रधान न्यायाधीस

ईति सम्वत २०१० साल आषाड ३१ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563