निर्णय नं. २८ - विक्री बदर
प्रधान न्यायालय डिभीजन बेञ्च
अपिलाट वादि जगेश्वरा उपाध्यानी प. ३ नम्बर कास्कि मौजे अर्घा
विपक्ष प्रतिवादि वसन्धरी जैसिनी
तारापति बास्तला जैसि
ऐ.ऐ.सरांकोट पोखरा सांगु बालाकृष्ण क्वैशला जैसि
ऐ.ऐ. छाप
मुदा- विक्री बदर
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए.वि.एल.
श्रीमाननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्रृ
फैसला
यस्मा वाहुन काँसिराम पाध्याका ल्याइता स्वास्नी बसुन्धरा र विवाहिता स्वास्नी म भएकोमा वाहुन काँसिराम मरी अंश जेथा वण्डा गर्दा वाहुन काँसिरामका दर्ताको वास्तला थर घर वारि विजमाना ।।५ मध्य .।.।४को १ किता जगा मलाई र अरु जगा सौता स्मेतका अंसियारलाई भाग लगाई वण्डा गरेकोमा सो मेरा भागको १ किता जगा ९८ साल देखि कागज पत्र केहि नगराई निजै सौता वासन्धरीलाई ठेकमा कमाउन दिई म माइत गएको थीएँ। माइतबाट आई ०६ सालको मकै वालीलाई जगा चलन गर्न जाँदा सो जगा हामिहरुले लिनु दिनु गर्यौ तिमिले भोग चलन गर्न पाउदैनौ भनी हटक गरेकोले मेरा भागको जगा प्रतिवादिहरुले लिनु दिनु गरेको भए बदर गरि सो जगा मेरो हक अंश थामी कसुरदारलाई सजाय गरिपाउँ भंने वादि रहेछ।
वादि र हाम्रो वंडा हुंदा वादिले अंश वापत नगदि ४ खण्डको १ खण्ड मो रु २५०।-लिई भरपाई गरि दिएकोले जगामा वादिको हक नभै हाम्रो हक हुंदा बालकृष्ण समेतलाई राजीनामा गरि दिएका हौं। वादिको दावी झुट्टा हो भन्ने वसन्धरा समेत तिनै जना प्रतिवादि रहेछ।
रितपूर्वक अंश वण्डा भएका सबुद वादी प्रतिवादी दुवै तर्फबाट पेश हुन नआएकोले झगडा परेको जगा मध्य ४ खण्डको १ खण्ड जगा वादिका भागमा पर्ने हुँदा सो ४ खण्डको १ खण्डलाई प्रतिवादिले विक्री गरेको बदर गरि दिने । वाँकी ३ भाग जगा प्रतिवादि वसन्धरी स्मेतको भाग हुदा विक्री गरेको सदर गर्ने गरी श्री ३ स.न. पो.अ. ले ०६।९।३०।४ मा फैसला गरेको रहेछ।
इनसाफ श्री ई स न.पो .अ.ले छिनेको मनासिव गरि अपिल पहिला फाटले ०६।१२।३०।४ मा फैसला गरेको रहेछ।
प्रतिवादिका भागको स्मेत अंश गरिपाऊँ भनि वादिको उजुर गरेका वखत ऐन बमोजिं अंश हुने हुँदा हाल उजुर परे जतिमा अपिल पहिला फाँटको इनसाफ मनासिव गरि प्रतिवादिका अपिलको ०७।८।२७।३ मा र वादिका अपिलको ०७।११।२४ मा प्रधान न्यायालय पहिला फाँटले फैसला गरेको रहेछ।
इनसाफ जाँची पाऊँ भंने स्मेत वादिका विंतिपत्रमा इनसाफ जाँची ऐन सवाल बमोजिं गरिदिनू भंने आदेश भएको रहेछ।
अपिलाटको वा. अनिरुद्रलाई राखि बुझ्दा अरु जगामा वादिले उजुर नपरि ।.।४ चारमाना विज जाने पाखामा मात्र वादिको उजुर परेको र रितपूर्वक वंडा भएको जगा नहुँदा झगडा परेका जगामा वादिको भाग ४ खण्डमा १ खण्ड वादिले पाइ सकेको ।अरु जगामा पनि भाग लागनु पर्ने भन्ने समेत वादिको जीकिरलाई रितपूर्वक वादिले अर्को नालेस गरेका वखत ठहरे बमोजिं हुने हुदा इनसाफ प्रधान न्यायालय पहिला फांटले छिनेको मनासिव छ। मुदा दोहोराएमा अपिलाट जा गेस्वरालाई सुरु ९९।५० को सैक्रा ।१० ले मोरु ।५ पांच पैसा डंड हुन्छ। वारेस हुंदा असुल गर्न अ.त.दे.मा लगत दिने
महेन्द्र बहादूर हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
ईति सम्वत २००९ साल फालगुण १३ गते रोज ३ सुभम्।