निर्णय नं. २१९ - जालसाजी कृत्ये
अ.द.नं. २१९-१०,
दे न. ३६२/३५९
नेपाल प्रधान न्यायालय डिविजं बेञ्च
मुद्दा नं.३५९
अपिलाट नीवेदक प्रत्येवादी संभुलाल झा का.ई. त्रिपुरेश्वर
विपक्ष वादी बालकुमारी छेत्र्येनी का.ई. त्रीपुरेश्वर।
मुद्दा जालसाजी कृत्ये
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम.ए. बी.एल.
श्रीमाननीय न्यायाधीश प्रदीप्त मा.ने. ता. ले.ज. प्रकाशसम्सेर जं.ब.रा.
फैसला
लोग्ने कृष्णलाल झाले मलाई कन्या मागी जातको रीतसंग घरमा ल्याई स्वास्नी तुल्याई राखी छोरा छोरी जन्मेपछि सौतने छोरो संभुलालको जाल पेचबाट खान लाउन नदीयेमा माना चामल दिलाई पाउ भनि मैले देवानीमा नालेस दिएकोमा ७६ साल जेष्ठ ७ गतेको मीती पारी जालसाज लिखत खडा गरी प्रतेवादी साथ पेश गरेको सो लिखत जालसाज भन्ने देखीने ९७ सालमा अंस गर्नु पर्यो भनी खसंर नीज सौतेने छोराले खेस्रा मस्यौदा गरेको कागज मसंग छ तेसबाट समेत सो ७६ सालको लीखत जालसाज खडा गरेको नभने पछि सो खेश्रा हुनु नपर्ने हुनाले सो जालसाजी लिखत खडा गर्ने गराउने कोते संभुलाल खसं कृष्णलालालाई र सो जालसाज लीखतमा साछी बस्ने चन्द्रमणी समेतका ४ जनालाई स्मेत सजाय गरी वदर गरी पाउ भन्ने २०००।२।५।३ को वालकुमारीको फेरादपत्र रहेछ।
९७ सालमा जग्गा खोली अरको कागज गरी दीयेको सो कागजको अर्थ नबुझी वादीले झुट्टा नालेस गरेको हो वादीलाई ल्याउन छोरो शंभुलाललाई भन्दा मलाई केही बन्दोवस्त गरिदीनु भए ल्याउन सहमती दीन्छु भनेकोले आधी आधी गरी कोते शंभुलाललाई लेखिदिएकोले ०७६ सालको लीखत सद्दे हो भन्ने समेत २०००।३।२८।२ को कृष्णलाल झा को प्रतेवादी रहेछ।
०७६ सालको जेष्ठ मैनामा हो गते वारको संझना भयेन कृष्णलालको घरमा जादा वादीलाई स्वास्नी तुल्याउन छोरा संग सल्लाह गर्दा अंश छुट्याई दिनुस भनेकोले मैले वण्डा पत्र लेखि दिया भनि लेखि तयार गरी राखेको वण्डापत्र पढी सुनाई हामी साछी बसेका हौं कृते जालसाज होइन भन्ने स्मेत प्र चन्द्रमणी समेत लिखत साछी जवान ४ को प्रतिउतर पत्र रहेछ
सो ७६।२।७ गते वण्डा भै सकेपछी मात्र जेष्ठ १३ गते वादी वालकुमारीलाई वावा कृष्णलालले टीपुवा गरी ल्याउनु भएको हो सो वण्डापत्र जालसाजबाट पछी कृते खडा गरेको होइन भन्ने समेत २०००।२।२७।४ को कोते शंभुलालको प्रतिउत्तर पत्र रहेछ।
कृष्णलाल शंभुलाल समेत मीली ७६।२।७ गतेको वण्डापत्र कृते जालसाज गरेकै ठहर्छ भंने २०००।३।२२।३ को रा.का. फौज्दारी अदालतको सुरु फैसला रहेछ
इन्साफ सुरुको मनासिब गरी ०१।९।१४।५ अपिल पैल्हा फाटले फैसला गरेको रहेछ।
इन्साफ सो सुरु अपिलको मनासीव गरी ०२।४।२८।१ मा भारदारी तेश्राले फैसला गरेको रहेछ, प्रमांगीबाट इन्साफ जाचीन दायर भै इन्साफ सुरु अपिल भारदारी को सदर गरी प्र.न्या. दोश्रा फाटका श्री मे.ज. वसन्त सम्सेर जं.ब.रा. ले ०३।११।२१ मा फैसला गरेको रहेछ।
प्रमांगीबाट दोहोरिई इन्साफ प्रधान न्यायलय दोश्राको मनासीव भन्ने ०७।३।१९।२ मा खड्गनिसान भएको रहेछ।
प्र. कोते शंभुलालका निवेदन पत्रमा मिसिल झिकि दोहोर्याई हेरी अैं सवाल बमोजिम गर्नु भन्ने श्री का.मु. न्यायाधीशको ०७।१२।१५।४ को आदेश ईनै वादी प्रतेवादीहरुको वगवादी मुद्दाको मिसिलमा रहेछ।
येस्मा तारेखमा रहेका कोते शंभुलाल स्मेत र वा. हरीप्रसाद स्मेत राखि पेश हुन आएको यो मुद्दा बुझदा ९७ लमा खेश्रा मस्यौदा गरेको भन्ने वादीले पेश गरेको खेश्रा प्रतेवादीहरुले श्र्वीकार गरेको देखियेको ७६ सालमा वण्डा भै सकेको भयेपछी यो ९७ सालमा लीखत हुदा ७६ सालमा वण्डा भएको भन्ने बोली लेखियेको हुनुपर्ने नदेखियेको र ईनै वादी प्रतिवादीहरुको वगवादी मुद्दा पनी वगवादी गरेकै ठहरी इसाफ सदर भै आजै छिनियेकोले वण्डा पत्रको लिखतमा ठाउ ठाउ पोइल गएको भन्ने समेत तेस्तो वेहोरा लेख्नु नपर्ने हुनाले समेत इन्साफ तहतहको मनासिव ठहराई ०७।३।१९।२ मा खड्ग निसाना भएको मनासिव ठहर्छ।
दोहोर्याएमा प्र कोते शंभुलाल झा का.ई. त्रीपुरेश्र्वरके सुरु दण्ड मोरु १०। को हाकींका नाउमा कराउनेको १० नं का ऐ. बमोजिम दसौद मोरु १ येक रुपैया दण्ड हुन्छ रुजु हुदा अैं बमोजिं लगत दि मिसिल मिसील फाँटमा बुझाइदीनु
प्रकाश समसेर हरिप्रसाद
न्यायाधीस प्रधान न्यायाधीस
ईति सम्वत २०१० साल आखाड ३१ गते रोज ३ सुभं