निर्णय नं. २२० - जगाबाली
अभिलेख दर्ता नं.22०/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.११८/११३२ नि.नं................
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
ठा.नं ११३२
अपीलाट् प्रत्येवादी का इ ज्ञानेश्वर बस्ने मेजर्नी ज्ञानकुमारी थपेनी छेत्रेनी
विपक्ष वादी का ई ज्ञानेश्वर बस्ने नीत्य कुमारी बस्नेत्नी छेत्रेनी
मुदा जगाबाली
इजलास
श्री माननीय न्यायाधीश भगवतीप्रसाद सीङ्ह राजपुत बी.एससी. बी.एल
फैसला
येस्मा वावु जीतवहादुरको छोरा नभै विवाहा नभयको कन्या छोरी मभै ९७ सालमा वावु परलोक हुदा मेरो हक भयेको श्री गोकर्ण काली नारायण शिवालय गुठीको कोदो पाथी ।१० मोरु ।१२ पुजारीलाई तीर्नु पर्ने ज्ञानेश्वर चलां थोरो पर्ति ।। मध्ये रोपनी ।. बुधकुमारीले दर्ता गर्दा झगडा परेका अवस्ता ४।५।६ सालको वाली मैञा ज्ञान कुमारीले आफ्नो घरमा लगेको ६ सालमा मलाई जीतायेको सर्वेको इन्साफ सदर भै प्रधान न्यायालय तेश्रावाट छीनीयेकोले मकै कोदो भटमास सागपात ४।५।६ सालको विगो रु१२९। पाय ऊंनै र नापाये आधी रु६४।५० ज्ञान कुमारीवाट भराई पाऊ भन्ने नीत्य कुमारीको वादीका दावीको जगा मेरा घरमा डेरा गरी वस्ने रीत्त्मा पुर्ण उपाध्यानीले खरीद गरी ली वुध कुमारीलाई मगनीमा कमाउन दी भोगेको छ मैले जालसाज गरेको हैन भन्ने ज्ञान कुमारीको प्रत्यवादी ।
वादीका दावीको जग्गा ज्मै वादीको नभै मेरो हक भै दर्ता भयेकोमा मी.सु. भैरव राज स्मेत मीली ज्मै वादीको हक हुने गरी रशीद गराई मोरु १४००। मा मी.सु. भैरवराजको व्रह्मणी टीका कुमारीलाई वीक्री गरेको छ मि.सु. भैरवराजको धाक रवाफले ज्मै वादीको हक गरी छीनेकोमा वीन्तीपत्र चढायेको नीकसा भयेको छैन आफ्ना भोगको जगा रीत्त्मा पुर्णा उपाध्यानिलाई राजीनामा गरी दीयको हुं तापनी मगनीमा मैलेनै कमाई पुजारीलाई वाली साहुलाई व्याज वुझाई हक भोग गरी आयेको हुनाले बादीले १० कर्म गरेको र हामीले कुटपीट गरेको हैन भन्ने वुध कुमारीको प्रत्येवादी ।
सो जगा वुध कुमारीले म शंग रु ९९। ली ०१।२।५ गते राजीनामा गरी कवुलियत भरी वुध कुमारीले मगनीमा कमाई मलाइ कोदो पाथी ।५ पुजारीलाई कोदो ।५ वुझाई आयेको छ भन्ने रीत्त्मा पुर्णाको वयान ।
नीज रीत्त्मा पुर्णाले पेश गरेको राजीनामा कवुलीयेत जालसाजी हो भन्ने नीत्य कुमारीको वयान जालसाजी हैन सद्दे हो भन्ने रीत्त्मा पुर्णा र वुध कुमारीको वयान ।
इनै वादीको र वुध कुमारीको यो येटै जगामा मुद्दा परी नीत्य कुमारीको जगा ठहरी प्रधान न्यायालय तेश्रा फाटवाट ६।९।२ गते फैसला भयेकोले वुध कुमारीका हकको नदेखीयको सो मुद्दामा रीत्त्मा पुर्णालाई राजीनामा गरी दीयेका कुरा नदेखीयेकोले राजीनामा कवुलीयेत वुध कुमारी रीत्त्मा पुर्णा भै जालसाजी खडा गरेको ठहर्छ वालीको वीगोतर्फ वादीका साक्षीले मकै ।१५ उव्जाग हुने भन्ने र प्रत्यवादीका साछीले भट्मास पनि उव्जनी देखायेकाले मकै र भट्मासको विगो सम्म कायम हुने भै वुध कुमारीले रीत्त्मा पुर्णालाई वुझाई सकें भनेकी र वुध कुमारी जीम्मा वाकी भन्न ज्ञान कुमारी रीत्त्मा पुर्णाले नशकेकाले वुध कुमारी जींमा वाकी भन्न नभयेको लेखत जालसाजी ठहर्न आयेकोले रीत्त्मा पुर्णा संग भराउन नभै ज्ञान कुमारीका घर वाली थन्क्याये भनी वादीले भनेको ज्ञान कुमारीका घर रीत्त्मा पुर्णा डेरा गरी वसेमा सावित देखीयकाले सो वाली ज्ञान कुमारीकै घर भीत्रीयेको ठहर्न आयेको र ज्ञान कुमारीले साछी वकाउन नसकेकीले बालीको वीगो मोरु ५१।वादीले ज्ञान कुमारीवाट भरी पाउने ठहर्छ भनि ७।१२।२० गते स.का. देवानी अदालत दोश्रा फाटवाट फैसला गरेको रहेछ ।
सो ईन्साफ सदर गरी अपिल तेश्रा फाटवाट ८।९।२९ गते फैसला गरेको रहेछ ।
सो इन्साफमा चीत्त वुझेन दोहर्याई इन्साफ जाची पाउ भन्ने ज्ञान कुमारीको वींन्ती पत्रमा मीसील झीकी इन्साफ जाची अैन सवाल वमोजीं गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीश जी का आदेश वमोजीम मीसील झीकी इन्साफ जाच हुन आयेको यो मुद्दा मेजर्नी ज्ञान कुमारीको वा चन्द्र बहादुर मगरलाई राखी बुझ्दा यो झगडा परेका जगा टीका कुमारीलाई राजीनामा गरी दी सकेकोले यो वादी नीत्य कुमारीको उजुर खारेज हुनुपर्ने भन्ने अपिलको जीकीरलाई ७ सालको वालीमा इनै मेजर्नी ज्ञान कुमारीका उपर नीत्या कुमारीले दीयेको वाली मुद्दाको मीसीलवाट सो जगा टीका कुमारीले राजीनामा गरी ली नीत्य कुमारीलाई उस्को अरू जीवीका नभयेकोले मगनीमा कमाउन दीयेको भन्ने देखीयेको र नीज मगनीमा कमाउने नीत्य कुमारीको यो मुद्दामा ४।५।६ सालको बालीको सम्म दावी भयेको हुदा मगनीमा कमाउनेको आफ्नु कमाईको वालीमा हकदैया लागने नै हुनाले अ.वं.१०६ नंवरका अैनले यो वारी नीत्य कुमारीको ४।५।६ सालको वालीमा सरासरै नालेस लाग्ने देखीयकोले खारेज हुनुपर्ने भन्ने अपीलाटको जीकीर मनासीव भन्न भयेन वालीको हक वेहक तर्फलाई पनी देवानी दोश्रावाट नीत्य कुमारीको हकको कमाई ठहरी फैसला भयेकोमा मेरो हो भन्ने कसैको अपिल उजुर नपरेको मुद्दावाट पनी सो जगा नीत्यकुमारीको हक ठहरी सर्वे मामीला फाटवाट भयेको फैसला ६ सालमा प्रधान न्यायालय लगायेतवाट सदर भै छीनी सकेको देखीयेकोवाट यो वादीले आफ्नो हकदैया नलाग्ने कुरामा नालेस दीयाको समझन नहुने सो जगाको झगडा परेको ४।५।६ सालको वाली मैले लीये खायेको होइन रीत्त्मा पुर्णाले खायेको भन्ने अपीलको जीकीर तर्फलाई पनि जगा मुद्दामा वुधकुमारीले पैला वयान गर्दा यस कुराको सवुद म संग केही छैन भये जती मेजर्नि ज्ञान कुमारीसंगै छ भनी लेखेको रीत्त्मा पुर्णा कुमारीको नाउ नदेखायेको अर्को वाली मुद्दावाट वुध कुमारीको जगा ज्ञान कुमारीले लियेको देखीयको देवानी उपर परेको अपीलमा पनी नीजै संगको कागज दी लेखेको मेजर्नी ज्ञान कुमारीले वुध कुमारीको रैकर जगा हामीले कीनी ली ऐं तीरी गुठी रैकर पनी हांरो संधी सर्पन पर्छ हामीलाइ वेच क्याम्पमा मीलाउँछु भनी मागेमा नदीयाकोले वुध कुमारीलाई उठाई यो जगामा मेरो पनि हक छ भनी नीजवाट मुद्दा पारेका र सो पाउन्जेल साल सालको मेरो कमाईको बाली मेजर्नीले लीने गरेकोले भराई पाऊ भन्ने वादीको ऊजुरी दावी भयेकोमा नीज ज्ञान कुमारीले सो जगा मेरो क्यांपमा मील्दैन सन्धी पर्दैन भन्न पनी नसकेको र वुध कुमारीले त्यस ठाउको रैकर कीनी लीयेको होइन भन्न पनी नसकेको लेखीयकै कुराको रीसलीइ वुध कुमारीबाट झगडा गराई सो झगडा चलुंजेल सम्मको ४।५।६ सालको वाली मेजर्नीले ली दीइन भन्ने वादीको यस मुद्दामा जीकीर भयेको वुध कुमारी नीत्य कुमारीको जगडा परेकोमा झगडीया जगाको बाली वीचकी मेजर्नीले आफ्ना घरमा ल्यायेमा कायमै भयेकी मैले होइन मेरा घरमा डेरा गरी बस्ने बाहुनीले ल्यायेको भन्ने तापनी सो कुरा पत्यार लायेकको नदेखीयेको कीन भने मेजर्नीको त्यस ठाउमा घर जगा स्मेत भै क्यांपको संधी सर्पन पर्ने भन्ने स्मेत वादीको लेख भयेको मेजर्नीले सो कुरा हैन भन्न नसकेको त्यस ठाउमा अरू घर जगा केही नभयेकी मेजर्नीका घरमा डेरा गरी बसेकी वाहुनीले मेजर्नीको संधी सर्पन पर्ने त्यती जगा लीने कारण पनी केही नदेअीने र आफ्नो संधी सर्पन पर्ने जगा मेजर्नीले आफना घरमा डेरा गरी वस्ने वाहुनीलाई उनको हक गराई लीन दीइन् होलीन भन्ने कुरा पत्यार पनी नपर्ने नीज रीत्त्मा पुर्णा वाहुनी मेजर्नी ज्ञानकुमारीकै यकै भांसामा भात खाई मान्छे नोकरी गरी वसेकी र नीजैको मान्छे वाहुनी भन्ने सुरूमै उजुर परी देवानी हो सो कुरा स्मेत फैसलामा लेखेकोमा सो कुरा नभये भान्छे नोकर्नी होइन आफ्नो सोतन्त्र रूप संग वा अरू यो रोजगार गरी वसेकी भन्ने पत्यार लायकको कुरा देखाई सो बूदा काट्न सक्नु पर्ने नसकेको र नीज रीत्त्मा पुर्णा कुमारीले राजीनामा गरी लीयको भंने कुरा जालसाजी खडा गरेको ठहरी देवानीले फैसला गरेकोमा नीज रीत्त्मा पुर्णा उपाध्यानीको अपील उजुर पनी नपरेको अधीया मुद्दामा सो कुरा लेखीयेको र त्यस बारेको सबूद कागजहरू पेस भयेको पनी नदेखीयेका आफ्ना उपर वाली भरी पाउ भन्ने नालेस परेपछी मात्र आफ्नु मान्छे नोकरलाई देखाई आफू उम्कने जीकीर लीयाको देखीयेको त्यस माथी यो झगडा परेको जगा वुध कुमारीको हक नठहरी सर्वे मामीलावाट अघीनै फैसला भै सकेको र न्यायालय लगायत वाट समेत जगा नीत्य कुमारी हक ठहरी फैसला भै सकेको कुरामा नीत्य कुमारीको यो जगामा हक दैया नलाग्ने यस्का नालेस खारेज हुनुपर्ने भनी जगा वालीको असुली हकदार नीत्य कुमारीको जगैमा हक छुट्याउने परीवन्ध संग मेजर्नीले यस मुद्दाको अपीलमा जीकीर लीयेको देखीने हुदा लेखीयेका प्रमाण परीवन्धवाट बाली मैले खायेको हैन मेरो घरमा डेरा गरी वस्ने वाहुनीले ल्याय खायेको भन्दै पनी रहने जगामा नीत्य कुमारीको हक टुटाउने अपील उजुर गरी चल्दै पनी रहने नीज नीत्यकुमारीले जीतेका जगामा खीचोला गरी ७ साल सम्मको वाली पनी खादै गर्ने गरेको देखीन आउने भयेवाट इ अपीलाटले बादी नीत्य कुमारीको सो झगडा परेको जगा वालीमा पुरा वाली चलेको देखीन आउने र आफूले जीतेका जगाको वाली सुफत खान पायेको भये वीवाह नभै वावुकै घरमा वसेकी अदना गरीव स्वास्नी मानीसले सालको रु १७। रूपैया वीगोमा मेजर्नी उपर त्यसै झुट्ठा उजुर गरेको होलीन भनी सम्झन पनी नहुने हुनाले सुरू र अपीलका फैसलामा लेखीयेका वूदा प्रमाणवाट स्मेत इन्साफ सुरूको सदर गरी छीनेको अपील तेश्राफाटको मनासीव छ दोहर्यायेमा का इ ज्ञानेश्वर वस्ने मेजर्नी ज्ञान कुमारी थपेनी छत्रैनीके सुरू कोर्ट फि मोरु ६।४५ को हाकीमका नाउमा कराउनेका ११ नं का अैं ले सैकडा १० ले मोहरू ।६५ डण्ड हुन्छ वारेस हुदा असुल गर्न तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसील पाटमा वुझाइ दिनु ।
न्यायाधीश
इती सम्वत् २०१० साल आषाड ३१ गते रोज ३ सुभ्म् ।