• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २२१ - जगा

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/३२ १०१

अभिलेख दर्ता नं. २२१।२०१०

मुद्दा नं. ५३४।६५५

नेपाल प्रधान न्यायालय डिविजन बेञ्‍च

दे.नं


अपिलाट प्रतिवादि पू ६ नम्बर  चैनपुर तिंखोप्रे बस्ने पदमकेशर अधीकारी

 

विपक्षी वादि ऐ चैनपूर बजार बस्ने भोलामान श्रेष्ट


मुद्दा: जगा

इजलाश

श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम. ए.बि.एल.

श्रीमाननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय

फैसला

यस्मा ५० सालका जाचमा जङ्गविर गुम्वलसिं का नाममा दर्ता भएको रु. २०।– तिराको जगा मध्य रु. ६ तिराको जगा र अरु जगाहरु समेत मेरा बाबु र मैले र श्रीदल र श्री दलका छोरा भतिजाहरु सङ्ग पटक पटक गरि भोग बन्धकीमा लीई भोग गरी आएकोमा यी प्रतिवादिहरु मिली ५६ x ५७ सालको राजीनामा भोग बन्धकि भनी जालसाजी लिखत खडा गरि पदमकेसर उजुर गर्ने अ.द.मु. मकरध्वज स्मेतले प्रतिउत्तरै नदि एकतर्फी फैसला गराउका गराएका रहेछन् सो थाहा पाएकाले उजुर गरेको छु। जालसाजी लिखत गरी मिलोमतोवाट एका तर्फि फैसला गराएको बदर गरि पाऊँ भन्‍ने वादि रहेछ।

जङ्गविर दर्ताको जगा निज जङ्ग वीरवाट मेरो वावु वौध्दमानले ५६ सालमा राजिनामा गरि लिई सो राजीनामाको रु ११ तिराको जगा मध्ये र ६ तिराको जगा रु ९० मा श्री दललाई र रु ५ तिराको जगा रु ६० मा चहकमानलाई ५७ सालमा भोग बन्धकिमा दिएकोमा पछि मेरो वावुको परलोक भएपछि चहकमानबाट मेरा बाबुले खाएको थैली श्रीदल चहकमान मरि सकेकोले हकदार मनविर मेहरमानलाई बुझाई भोग बन्धकि लीखत फट्टा गरी ली तालुकदारलाई तिरो बुजाउन जाँदा  नबुझेकाले उजुर गरी फैस्ला भएको हो। जंगवीरको दर्ताको जगा श्रीदलबाट वादिले भोग बन्धकिमा लीएको सदर हुने हैन भन्‍ने पदमकेसरको अघी म स्मेतका नाममा पदमकेशरको उजुर परि म्याद गुज्रेपनी वींतीपत्र दिई म्याद थमाएकोमा म्याद थामीएको जनाउ नआउँदै फैस्ला भएको हो भंने मु मकरध्वजको र पदमकेशरको वावु वौध्दमान सङ्ग हाम्रा काका वावुहरुले ५७ सालमा भोग बन्धकि लीएका अवस्थामा सो जगा हामीहरुले वादिलाई भोग बन्धकिमा दिएका हौं । पछि पदमकेसरले थैली वुझाएकोले लिखत पट्टागरि दिएको र जगा पदमकेसर कै हुँदा पदमकेसरले हामीहरुका नाममा उजुर गर्दा प्रतिउत्तर स्मेत नदि वसेका हौं भन्‍ने स्मेत व्यहोराको मनवीर मेहरमानको प्रत्युत्तर रहेछ।

प्रतिवादीवाट पेश भएको ५६ सालको राजीनामा र ५७ सालको भोग बन्धकि लीखत हेर्दा तिनौटै लिखत एकै बन्दाको जस्तो देखिएको । यो जगा ९१ सालका नापीमा जङ्गवीर कै हकदार मेहरमान स्मेतका नाममा द्रता भएको देखीएको। प्र. पदमकेसरको जगा भए ९१ सालमा पदमकेसर कै नाममा दर्ता हुनु पर्ने । अथवा ९४ सालमा वीजामी वीदुत मुद्दा पर्दा प्र. पदमकेसरले दर्ता उपर उजुर गरी बदर गराउन पर्ने नगराएको स्मेत वाट ५६ x ५७ सालको लीखत प्रतिवादीहरुले जाल साजी खडा गरेकै ठहर्छ भनी ०३।६।२४ मा पु ६ नम्बर अदालतले फैसला गरेको रहेछ।

जङ्गवीरका नाममा द्रता भएको जगा श्रीदलले वादिलाई भोग बन्धकि गरि दिंदा निज जङ्गवीर वाट हक छुटाई लिएको हुनु पर्ने सो लिएको नदेखिएको। अंश हुँदा वंडामा परेको भन्‍नालाई ०५० सालको तेरिज हेर्दा श्रीदलका नाममा वेगले जगा दर्ता भएको देखिएकोवाट श्रीदल जङ्ग वीरध्वको ५० साल भन्दा अघिनै वण्डा भएको रहेछ भन्‍ने देखिने। ९१ सालको द्रता भनेकोमा द्रतावाला ध्वले नै जगा पदमकेसर को हो भनी प्रतिवादि दिएको स्मेतवाट जगा प्र. पदमकेसर कै हकको ठहर्छ वादिको थैलीको हकमा थैलीतर्फ हाल उजुर नपरेकोले उजुर परेका वखत ठेकान लागेको थैली प्र. पदमकेसरले वादिलाई नवुझाए सम्म जगा वादिले चलन गर्न पाउँछ भनी ०३।९।२२।२ मा धनकुटा अपिलले फैसला गरेको रहेछ।

इनसाफ सुरु पूर्व ६ नम्वर अदालतको मनासिव ठहराई ०६।१०।३।२ मा प्रधान न्यायालय तेश्रा फाटले फैस्ला गरेको रहेछ।

यही मुद्दा दोहोरिएकामा वारेसले तारेख छाडी दिएकोले डिसमिस भएछ। मुद्दा दोहराई पाऊँ भन्‍ने पदमकेसरको विन्तिपत्रमा यो मिसिल जाहेर गर्दा होला भन्‍ने ०८।०८।१९ मा आदेश भएको रहेछ।

यस्मा प्रतिवादी पदमकेशरलाई र झिकाई आएको वादि भोलामानको वा. गणेश कुमारलाई राखि बुझ्दा पदमकेसरले सो जग्गा ९१ सालमा आफ्ना नाममा द्रता गर्न नसकेपछी म्याद भित्र उजुर गरि दर्ता वदर गराउनु पर्नेमा उजुर गर्दा पनी भोलामानका नाममा स्मेत उजुर गर्नु पर्नेमा भोलामानका नाममा उजुर गरेको नदेखिएको स्मेतबाट इनसाफ प्रधान न्यायालय तेश्रा फाटको मनसिव छ।

मुद्दा दोहोराएमा प्रतिवादी पदमकेसर अधिकारी क्षेत्रृ के सुरु दण्ड मो रु २२।५० को हा.का. ११ नम्बरका ऐनले सैक्रा १० ले मो रु २।२५ दण्ड हुन्छ। रुजु हुँदा असूल गरि मिसिल इलाका अदालतमा पठाउन अ.त. मिसिल फाटमा बुझाई दिनू। 

 

भैरवराज पतं                                  हरिप्रसाद प्रधान

न्यायाधीश                                   प्रधान न्यायाधीश   

 इत सम्वत २०१० साल आषाढ ३२ गते रोज ४ सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563