• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २२५ - लेंदें

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/०२ ९८

अभिलेख दर्ता नं.2२५/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.८९/4७6 नि.नं.......

 

नेपाल प्रधान् न्यायालय सीङ्गल बेञ्च

दे.नं. ४७६

 


अपीलाट प्रतेवादी डेडीया थरुनी मो.प्र. मान गड् मौजे भौडाहा १


वीपक्ष वादी नवीऊला मिञा मोरं वीराट्नगर बजार १


मुदा लेंदें

 

ईजलास

श्री माननीय न्यायाधीस प्रदीप्तमानेबर नेपालतारा ले.ज.प्रकाससम्सेर जं.ब.रा.

 

फैसला

येस्मा अंन्यायवालाको लगत चुवालालले मसंग ९९ साल जेष्ट २८ गते कंरु १६ कर्जाली सोही साल कार्तीक मैना भरमा बुझाउला सकीन भने सनपाक मं १ को कंरु २।। कादर्ले असल सनपाक मं ६। बुझाऊला भनी लेखत गरीडीयाको तेस्को भाका नपुग्दै सोही साल आषाड १९ गते नीज चुवालालले ढाका पटुका सं मं २ सापट ली भाद्र मैना भरमा बुझाउला नबुझाये चलेका दर्ले मोल लगाई बुझाउला भनी सो तमसुकको सीरमा लेषीडीयाको भाका पुग्दा पनी नदी नीज चुवालाल मरेको हक खाने प्रतेवादी स्वास्नी भयेकीले मागन जाडा नदी आलटाल गरेकीले नालेस नालेस गर्न आयेको छु दुवै कलंको सं मं ८। को मं १ को कं रु ७५ ले हुने कंरु ६१८।।। र पाऊछ भने सवै कोर पाइदैन भने सनमन २ को कंरु १५० को फैसला भयेको मीतीतकको सावा व्याज समेत दीलाई पाऊ भंने वादी रहेछ ।

मेरा लोगने चुवालाल ९८ सालमा परलोक भैसकेकोले ९९ सालमा कसोरी कर्जा षायो होला तेस्मा पनी १ तमसुकमा २ वेवहारर हुनै नसकने कानुं वीरुद्धको काम गरेको र वादीबाट षुद कंरु १६ मात्र लीयेको देषीयेको षाचो कुरा छोडी बेबारै नभयाको सनमन ८। को दावीली फेराद गरेको तमसुक देषे सडे भनेमा नालेस गर्नछु भंने प्रतेवादी रहेछ ।

बादीवाट दाषील भयाको ९९ साल जेष्ट २८ गतेको तमसुक प्रतेवादीलाई सनाखत गराउदा मेरा लोगने चुवालालले गरी दीयाको हो कंरु १६ र तेस्को व्याज वुझाउछु भंने प्रतेवादीको वयां रहेछ ।

सुरु लेषतमा व्याज लिने षाने लीषत् नभयाको लीषत् सउ बमोजिम भाकामा लीन नसकेकाले भाका नागना साथको सं मं १ को कंरु ६।। दरभाउ थीयो भंने मुचुल्का बमोजिं सनमन ८।को वीगो कंरु ५३।।/ सनमन २ को व्याज कंरु ११।।।/।।२ समेत् व्याज कंरु ६५ भराई दीने भनी ८ साल कार्तिक २० गतेको विराट्नगर अमीनीको फैसला रहेछ बादी दाबी बमोजिंको बिगो कंरु ६१८।।। भराई दिने भनी ८ साल चैत्र २९ गतेको मोरं बिराटनगर अपिलको फैसला रहेछ सो फैसला उपर चित्त बुझेन भन्ने प्रतेवादीको अपिल रहेछ

यस्मा बादीको वा बासुदेब प्र. को वा बुधलाल स्मेत राषी निर्णय गर्दा खाका संमन २ का हकमा लीषत्‌मा भाद्र मैना भरमा बुझाउन नसकेको बजारमा चलेका दर्ले मोल कायं गरी ब्याज समेत् बुझाउला भंने लेषीयाको देषीयाको र कंरु १६ को लीषत्‌मा पनी कार्तीक मैना भरमा रुपया नवुझाये सन डीउला भनी लेषीयेको देषीयेतापनी लीषत सर्त बमोजिं भाकामा सन लीन नलेखेकाले कंरु १६ को पनि तमसुकका मीतीदेषीको र टाका सनभन २ को समेत् उसबषत्‌को डर भाऊ वुझी आयेको सरजमिं मुचुलका बमोजिं वीगो कंरु १३ समेत् दुबै लेषत्‌को सावाँ कंरु २९ को वर्ष १० को अैं वमोजिं दसोद व्याज कंरु २९ समेत् ज्मा कंरु ५८ वादीले प्रतेवादीबाट भराई पाउने ठहर्छ तपसीलका मानीसलाई तपसीलमा लेषीया बमोजिं गरी तहसीलमा लगत् दी मीसील मीसील फाटमा बुझाई दीनु ।

तपसील

बीराट्‌नगर बजार बस्ने बादी नवीऊला मीञाके देहाय बमोजिं हुंछ वारेस हुदा देहाय बमोजिं गर्नु ।

बिगो कंरु ५८ पाउनेमा वडी ५६०।।। दावी गरेमा साहु आसामीका ५० नं ले सैक्रा १५ ले करु ८१। येकासी रुपया चार आना डंड लागनेमा मोरं वीराटनगर अमीनीका फैसलालले कंरु ८४।।।.। लीने गरेकोमा मोरं वीराटनगर अपिलका फैसलाले सो नलागने भनी फीर्ता दीने गरेको देषीयेको हाल कंरु ८१।– मात्र लागने ठहरेकाले सो फीर्ता दीने गरेको डंड कंरु ८४।।।.। को लगत काटी बढी लीने गरेको कंरु ३।।.। असुल भै सकेको देषीनाले अैं सवालको रीत पुर्‍याई फीर्ता दीनु भनी जीलालाई पुर्जि गरीदीनु -------

प्रतेवादी रेदीया थरुनीलाई सजाय गर्नु पर्छ की भंनलाई तीर्न बुझाउन मासासादीन हुनाले केही गर्न पर्दैन ------

माथी ईंसाफ षंडमा लेषीया बमोजिं प्रतेवादी रेदीया थरुनीबाट बादीले भराई पाउने ठहरेको वीगो कंरु ५८ भराई पाऊँ भंने वादी नदीउलाको डंड सजायका ३६ नं का म्याद ५ वर्ष भीत्र दर्षास्त परे बादीवाट दसौंद र प्रतेवादीबाट बीसौंद ली भराई दीनु भनी बीगो फाट्मा लगत् दीनु ---

देहायका अदालतहरूके इन्साफ उल्टी भयेकाले अडै पिचे कंरु २। का दर्ले जरिवाना हुन्छ बीराट्‌नगर अमीनीलाई कंरु १ मोरं अपिलले गरी सकेकाले सो ठहराई देहाय बमोजिं असुल गर्नु

मोरं वीराट्‌नगर अपीलका हाकिं सुवा सारदा प्रसाद रीजाल उदैपुर के कंरु --------१।

ऐ का अ.ष. गेरुप्रसाद कोइराला वीराट्नगर बजारके कंरु ------------।।

ऐ का वीचारी दीनानाथ उपाध्या वीरगंज माईथान के कंरु ---------।

बीराट्‌नगर अमीनीका हाकीं ना.सु. चंदन थापा प. २ नं गोर्षा बोरलाङके कंरु ----।।

ऐ.का.ख. गजेन्द्रलाल वैद्य का.ई.कीलागड् के कंरु ---------।/

ऐ का बीचारी वामन मनी ऊपाध्या पूर्व ४ नं. भुल्के के कंरु ---------------

 

                           न्यायाधीस

ईती सम्वत् २०१० साल श्रावण २ गते रोज ६ सुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..