निर्णय नं. २९ - जगा चलं चलाई पाउ भंने
अभिलेख नं.२९/20०९
संवत् २००९ को दे/फौ.पु./रीट न्.२/८९५
नेपाल प्रधां न्यालये डीभीजं वेन्च
मु.नं.८९५
अपीलाट प्रतेवादी : मोरं वीराट नगर वस्ने वीजै प्रसाद
एै. वस्ने सुजे मां मीञा सकर मीया भालु मिञा अकलु
एै. अजीज माषुर मीञा हाजी मकनी मीञा जागदेव मीञा स्मेत
विपक्ष वादी : मोरं वीराट नगर वजार वस्ने जेठु वंसी मीयाईनी
मुदा जगा चलं चलाई पाउ भंने
इजलास
श्री माननीय प्रधां न्यायाधीस हरी प्रसाद प्रधां एम ऐ वीयल
श्री माननीय न्यायाधीस महेन्द्र वहादुर महत छेत्री
फैसला
यसमा प्रतेवादी वीजै प्रसाद लाई भारामा दीयेको जगा वीगाहा ।।।२।२ तेस्मा रहेको घर स्मेत नीज वीजै प्रसादले आफ्नो नाउमा दर्ता गरेकोमा मुदा परी ४ सालमा न्यालये वाट जीतेकोमा चलं गर्न जादा वीजै प्रसादले साहेव मीञा स्मेतका १९ जनालाई घर वनाउन लगाई वस्न दीयेकोले सो घर वदर गरी सो घर जगाको सालको रु७५ ले भाडामा दीयेको भाडा वाकी रु५०० स्मेत भराई चलं चलाई पाउ भंने जेठु वंसी मीञाईनीको वादी रहेछ ।
वादी मेरो जेठी आमा नीजको छोरा सीयालाल हुदा वावुको घर जगा लिद्यां हुदा नीज सीवलालको नाउवाट सकार गरनु लगाई वनायेकोमा एकलौटी पाउला भनी झुटा उजुर गरेको हो भंने वीजै प्रसादको प्रतेवादी रहेछ । वादीले दावी गरेको जगा भन्दा वढी भयेको जगामा हामी सुकुंवासी हुदा वीजै प्रसादलाई कढा १ को रु ५ का दर्ले तीरो तीर्ने गरी हामीले जगा ली घर वास गरी वसेको छु तीरो वुझाउनामा मंजुर छौ घरवास थामी पाउ भंने साहेव मिञास्मेतको प्रतेवादी रहेछ ।
वुझिये सम्मका प्रमाणवाट प्रतेवादी साहेव मीञा स्मेतका १९ जना रैतीले कठ्ठा १ को ५ रु का दर्ले वादीलाई तिरो वुझाई वस्न पाउने ठहराई सुरु वीराटनगर अमीनीले फैसला गरेको रहेछ ।
प्रतेवादीहरू भोग लागने हुदा घर जगावाट उठाई दीने र घर जगाको भारा वीगो रु२२५ वीजै प्रसादवाट वादीलाई दीने स्मेत ठहराई सुरुको इन्साफ केही उल्टी गरी मोरं वीराटनगर अपीलले फैसला गरेको रहेछ ।
प्रतेवादीको अपील परी आएको मुदा तारेषमा रहेको वादीको वारेस सीवधारी प्रतेवादीको वारेस स्मेतको साहेव मिञा समेतलाई राषी वुझ्दा साहेव मियास्मेतका प्रतेवादीहरले कठ्ठा १ को कं रु५ का दर्ले तीरो तिर्ने गरी अघीको भोग दर्ता वाला वीजै प्रसादवाट ली घर वनाई वसेको देषीनाले उठाई दीदा मर्का पर्न जाने हुदा वीजै प्रसादलाई वुझाये सरह तीरो यो वादीलाई तीरी वस्न पाउने गरेको ईन्साफ वीराटनगर अमीनीको मुनासीव झगडा परेको घर वीजै प्रसादले चलं गरेको अघी परी छीनीयेको प्रधां न्यालये चौथा फाटले गरेको ४ साल फागुं २९ गतेको फैसलाको नकल वाट देखीयेको वादीले घरको भाडा दावी गर्दा हचुवा कीसींवाट दावी कं रु५०० भराई पाउ भनी लेषेकोले वाली झगडाका २० नं का अैं वमोजिम वर्ष १ को कं रु ७५ का दर्ले नालेस परेका अघील्ला साल तक वर्ष ३ को घर भाडा वीगो कं रु २२५ दुई सये पचीस रुपैञा वादीले प्रतेवादी वीजै प्रसादवाट भरी पाउछ अव उप्रान्त पांढा सं मा तीरो वुझाई आफुले वुझायाको तीराको रसीद लीन भनी प्रतेवादीहरूलाई र वुझेका तीरोको रसीद दीन भनी वादी स्मेत दुवै घर लाई सुनाई दिनु अरु कुरामा तपसील वमोजीं गर्नु ।
तपसील
वादी जेठु वंसी मीञाईनीके घरवाट उठाई पाउ भने वापत सजाय गर्नु पर्छ की भंनालाई वीराट नगर अमीनीले सजान्ने दीयेको अपीलले सो लगत कटा गरेको नै देखीयेकोले हाल केही गर्नु पर्दैन ।
प्रतेवादी देहायेका मानीसहरूके वीराटनगर अपीलका ६।१९।१३ का फैसलाले गर्ने गरेको जमा दंढ कं रु ५ नलाग्ने हुदा असुल भये फीर्ता नभये वेहोरा जनाई लगत काढी दीनु भनी वीराटनगर अपीललाई पुर्जी गर्न तहसीलमा लगत दीनु ।
वीराटनगर वजार वस्ने
साहेव मीञा -१ नुर धुनीया मीञा -१ सुलेमां एै. -१
रसुल एै. -१ सदीक एै. -१ जवहुज एै. -१
हवीव एै. -१ आलं एै. -१ आजीं एै. -१
भालो मिञा -१ सफीक एै. -१ अवदुल एै. -१
हाजी मिञा -१ सवुर एै. -१ आजीज एै. -१
जीमल मिञां -१ तकदीर एै. -१ महमद एै. ज्यो
वादीको घर जगाको मोल वीगो रु ४३४ को सैक्रा १० ले कं रु ४३।३ ली प्रतेवादी वीजै प्रसाद वाट चलं चलाई दिने भनी वीराटनगर अपीलका फैसलामा लेषीयाकोले सो वमोजिं चलं चलाई दीनु भनी मीसील अपीलमा पठाई दीनू :
उस वषत वीराटनगर अमीनीका देहायेका मानीसहरूके मोरं वीराटनगर अपीलका ६।१२।१३ का फैसलाले गर्ने गरेको दामासाही जरीवाना कं रु १ येक नलाग्ने हुदा असुल भये फिर्ता नभये वेहोरा जनाई लगत काटी दीनु भनी अपीललाई पुर्जी गर्न तहसीलमा लगत दीनु ।
उस वषतको ले फाट हाल सुव्वा कृष्ण प्रसाद --------१
ष षगेन्द्र लाल ----------------१
वी. येज्ञ वहादुर ------------------१
मोरं वीराटनगर अपीलका देहायका मानीसहरूके उल्टीमा केही गर्नु पर्दैन
सुब्बा वेनु वहादुर ----------१ ष राम वहादुर ------१
वादीले प्रतिवादी वीजै प्रसाद वाट पाउने वीगोको लगत अपीलका फैसला वाट कसी सकेकोले लगत दीनु पर्दैन ।
न्यायाधीस प्रधां न्यायाधीस
इती संवत २००९ साल फागुं १३ गते रोज ३ सुभं ..।