निर्णय नं. २२९ - घटी बढी कर्नि
अभिलेख दर्ता नं.२२९/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.८०/८४ नि.नं. ...........
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
साधक नम्बर २६
मुदा घटी बढी कर्नि
वादि टंकप्रसाद ऊपाध्याय चितौन जोगीमारा ७ विसलैनाक
विपक्ष प्रतेवादी लिलादेवि व्राह्मणी ऐ १
एै कंयु तल्लो फुकुरीगाऊ बस्ने देविप्रसाद डल्लाकोटी जैसीको एकाघरको साहीलो भाई नां नजाने डल्लाकोटी जैसी १
ईजलास
श्री माननिय प्रधान न्यायाधिश हरीप्रसाद प्रधान एमए.विएल
फैसला
येस्मा मेरो विधवा छोरी लिलादेवि ०८ साल माघ ४ गते मोरु ५००। लि वेपत्ता भयेकिले द्रषास्त दीयाको एै फागुण १३ गते देविप्रसादको भाई साहीलाको गोठमा फेला पारी निज छोरीलाई किन ञ्याहा वसेको भनि सोध्दा निज देविप्रसादको साहीलो भाई नां नजानेकोसंग ०८।१०।२४ गतेदेषि कर्निमा चुकि ञ्याहा आई वसेको छु भनेकि र निज देविप्रसादको भाई भेला नपरेकोले छोरी लिलादेविलाई मात्र पक्राऊ गरी सौपुवा गर्न ल्यायाको छु घटीवडी जातमा कर्नि गरेमा सजाय गरी भातमा वोरेको भया भो र भातको स्मेत वनिया पाडे भन्ने स्मेत व्यहोराको वादी टंक प्रसाद पाध्यायको फेसाद रहेछ
निज देविप्रसादको भाई नां नजानेको संग तेहि ०८ साल माघ २४ गते माईतिघरको वेसीवाट आऊदा वाटोमा भेट भै ऊ पनी २२x२३ वर्षको म पनि भरषरको ऊमेर अवस्ता देषि मसंग कर्नि ................. ठटा मसकरी गरी फकाऊदा मेरो पनी निज देविप्रसादको माई साहीलोसंग जानामा मंजुर भै भरे वेलुका भनि ऊपनी आफनो घर म माईतीघर आयेको श्वहि दिं रात वावु टंक प्रसाद घर न भै गोठमा रहेको आमा कांछी भाई वैनी लि घरतलामा सुतेकी म भीत्र सुतेको अवस्तामा श्व दिं अंदाजी १०x११ वजेको अवस्तामा निज देविप्रसादको साहीलो भाई वोलाऊदा म पनी ढोका ऊघारी निस्कदा हिड भनी निजले पाषुरामा समाति तान्दा जान मंजुर भै निज्का साथ सोहि दिं निजैको घर्मा गै मंजुरीसाथ कर्नि लिनु दिनु भै पोईल गै लोगने स्वास्नि भै निज्कै घरमा वसेकि छु भातमा वोरे वोरापेको छैन भंने स्मेत व्यहोराको प्र लिलादेविको साविति वञान रहेछ
प्रतेवादि देविप्रसादको साहीलो भाई नां नजानेको नाऊको म्याद निज्को सगोलको दाजु देविप्रसादले ०८।११।२६ मा वुझी लियेको श्व म्यादमा हाजीर न भै गुजारेको रहेछ,
येस मुदामा वुझीयेसम्मका प्रमाणवाट देविप्रसादको भाई साहीलो र सो पुवालालको छोरी लिलादेवि स्मेत भै कर्नि लिनु दिनु गरेको ठहर्छ निज देविप्रसादको साहीलो भाई नां नजानेको डल्लाकोटी जैसीके घटी वडी कर्निको ७ नं ले कैद वर्ष २ र लिलादेविलाई ऊपाध्याय जात पतित गर्ने स्मेत ठहराई २००९।८।२९।१ मा सुरु चितौन अदालतले जाहेरी फैसला गरेको रहेछ
श्वहि इंसाफ सदर गरी २००९।१०।२३।५ मा अपिल पैल्हा फाटवाट जाहेरी फैसला गरेको रहेछ
साधक तहवाट पेश हुन आयाको यो मुदा वुझ्दा २०१०।२।२५ मा फुल वैंचवाट निर्णय भै गै सकेकोले प्र लिलादेविका हक्मा स्वहि वमोजिं गर्नु प्र. देविप्रसादको भाईको हक्मा फेला परे वा हाजिर हुन आयेका वषत अैं सवाल वमोजिं गरी जाहेर गर्नु भनि यो मिसिल सुरुमा पठाऊन अपिल पैल्हा फाटमा पठाईदिनु ।
प्रधान न्यायाधीश
ईति सम्वत २०१० साल श्रावण ४ गते रोज १ सुभं